The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अलमलमा बेपत्ता छानबिन आयोग - 2017-06-20

आषाढ ०६ मंगलवार, हेटौंडा । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले विस्तृत छानबिनको काम सुरु गरेको छ । तर यति नै बेला ७५ जिल्लामा रहेका स्थानीय शान्ति समिति खारेज गर्ने सरकारको निर्णयका कारण छानबिन नै अन्योलमा परेको छ ।

प्रधानन्यायाधीशको नाम सिफारिसमा जुटेन सहमति बैठक विना निष्कर्ष - 2017-06-20

आषाढ ०६ मंगलवार,काठमाडौं । सोमबार बसेको संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन ।

नाम सिफारिसमा विवाद उमेर बाधक बन्यो ओली - 2017-06-19

आषाढ ०५ सोमबार, काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण जेठ २४ गते अवकास पाइन् ।

नवलपरासीमा बिस्फोटक पदार्थ फेला सेनाद्धारा डिस्पोज स्थानीय त्रसित - 2017-06-19

आषाढ ०५ सोमबार, नवलपरासी। नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ४ हरपुरमा राखिएको बिस्फोटक पदार्थ सेनाको टोलीले आज बिहान ८ बजे डिस्पोज गरेको छ ।

१४ जिल्लाको १८ अर्ब बैंकमै थन्कियो - 2017-06-19

आषाढ ०५ सोमबार, काठमाडौं । पहिलो किस्ता लिएका पीडितले घर नबनाउँदा दोस्रो किस्ताको रकम वितरण हुन नसकेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रधानमन्त्री आज बालुवाटार सर्दै - 2017-06-19

आषाढ ०५ सोमबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुबाटार सर्ने भएका छन् ।

आजपनि नवलपरासी मा राजापा कार्यकता पक्राउ मनोयन दर्ता जारी - 2017-06-18

आषाढ ०४ आइतवार, नवलपरासी । नलवपरासीमा राजपाका नेताहरुलाई धमाधम पक्राउ गर्ने कार्य जारी रहेको छ । हिजो देखि पक्राउ गर्दै आएको प्रहरीले आज पनि एक दर्जन भन्दा बढि राजपा नेपालका नेताहरु लाई पक्राउ गरेको छ ।

बारामा एमालेको दुवै पक्षबिच असन्तुष्टि - 2017-06-18

आषाढ ०४ आइतवार, बार । प्रदेस नं दुईको निर्वाचन धकेलिएपछि बारामा एमाले को दुई पक्षबिचको जुहारिले उग्ररुपलिदै छ ।

नयाँ स्वास्थ्य प्रणाली सुचारु - 2017-06-18

आषाढ ०४ आइतवार, हेटौंडा । गगन थापा स्वास्थ्य मन्त्री भएका बेला तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि प्रदेश वा केन्द्र धाउनु पर्ने छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159360 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top