The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन: पूर्वप्रधानन्यायाधीश कार्की - 2017-08-06

२०७४ श्रावन २२ आइतवार, काठमाडौं अवकाशप्राप्त भइसकेपछि पूर्वप्रधान्यायाधीशको हैसियत एक आमनागरिकसरह पनि हुन्छ। त्यसकारण व्यक्तिगत तवरमा आफ्ना कुरा राख्न पाउने स्वतन्त्रता जो कसैलाई हुन्छ।

गृहमन्त्रीको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी शाह - 2017-08-04

श्रावन २० शुक्रवार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका पूर्वएआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् ।

एलडीओ कट्टेललाई नागरिक समाजको सम्मान - 2017-08-03

२०७४ श्रावन १९ बिहीवार, नवलपरासी । नगरिक समाज समन्वय समिति परासीले आज स्थानिय विकास अधिकारी युवराज कट्टेललाई सम्मान गरेको छ । जिल्लामा ७ महिना बसी राम्रो काम गरेको भनेर नागरिक समाजले जिससको हलमा कट्टेललाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

सुनवलमा नवनिर्वाचित जनप्रतिनिध एवं जेष्ठनागरिकलाई सम्मान - 2017-08-02

श्रावन १८ बुधवार, नवलपरासी । सुनवल नगरपालिकाको नव निर्वाचति मेयर भरत थापा सहित विभिन्न निर्वाचित जनप्रतिनिध एवं जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

वीरगन्जमा चीन विरोधी नाराबाजी गर्दा: ७ राजपा कार्यकर्ता पक्राउ - 2017-08-02

श्रावन १८ बुधवार, बारा । छिमेकि मुलुक चिन र भारतको सित युद्ध चलिरेको बेला वीरगन्जमा चीन विरोधी नाराबाजी गर्दै प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जना युवकलाइ पक्राउ गरेको छ ।

नेपाल प्रहरीका ७० एसपीको सरुवा, मकवानपुरमा खनाल - 2017-08-01

श्रावन १७ मंगलवार, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७० जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।

बाराका चमार समुदाय: आफु छाप्रोमा बसेर समुदायलाई पक्की भवन - 2017-08-01

श्रावन १७ मंगलवार, बारा । हालकलैया उपमहानगरपालिका साविक मनहर्वा गाविस श्रीपुरका चमार जातका दलित समुदाय आफु छाप्रोमा बसेर समुदायलाई पक्की भवन बनाउँदैछन् । सामाजिक हितमा प्रयोग गर्ने उदेश्यले सामुदायिक भवन निर्माण सुरु गरेको स्थानिय दलित अगुवा को भनाई छ ।

राजपा पर्साको नेतृत्व विवाद सतहमा - 2017-07-31

श्रावन १६ सोमबार, वीरगंज । पर्सामा नेतृत्वको विषयलाइ लिएर राष्ट्रिय जनता पार्टी भित्र चर्को विवाद देखिएको छ । जिल्ला अध्यक्षको विषयमा राजपाका नेताहरु बिच विवाद भएको हो ।

वडा सचिव माथि स्थानीयवासी खनिय - 2017-07-31

श्रावन १६ सोमबार, वीरगंज । पर्साको सुवर्णपुर गाउँपालिका वडा नम्बर ६ महादेवपट्टीका वडा सचिव कृष्ण प्रसाद रेग्मी र सहायक सचिव प्रभु यादव माथि स्थानीयवासीले हातपात गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159380 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top