The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ? - 2017-05-26

यज्ञश जेष्ठ १३, २०७४ आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन् ।

तीर्थालुको निधन - 2017-05-26

हेटौडा अनलाईन रसुवा, १२ जेठ । गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ । प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो ।

७६६ स्थानीय तह - 2017-05-25

हेटौडा अनलाईन जेष्ठ १२,२०७४-संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नतिसहितको विवरण बिहीबार निर्वाचन आयोगलाई बुझाएको छ ।

यसरी विदा भए सिंहदरबारबाट प्रचण्ड - 2017-05-24

करिब १० महिना सरकारको नेतृत्व गरेर प्रधानमन्त्री प्रचण्ड सिंहदरबारबाट विदा भएका छन् । उनले बुधबार राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री पद त्यागेको घोषणा गरे ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण - 2017-05-22

एजेन्सी, प्योङयाङ उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

बसले किचेर छात्राको मृत्यु - 2017-05-22

सुरेश बिडारी, वीरगञ्ज वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

प्रहरिको कुटाईबाट एक म्यादि प्रहरि घाईते - 2017-05-21

रबिन्द्र यादव / जेष्ठ ६, परासी । नवलपरासी प्रहरिको कुटाईबाट नवलपरासीका एक म्यादि प्रहरि घाईते भएका छन । जिल्लाको महेशपुर सिमा प्रहरि चौकिमा म्यादि प्रहरिा भर्ति आएका सद्धाम अलि प्रहरि जवान लक्ष्मण श्रेष्ठ कुटाईबाट घाईते हुनुभएको हो ।

अध्यक्ष तथा वडा कार्यालयका काम,कर्तव्य र अधिकारहरु । - 2017-05-20

हेटौडा अनलाईन निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर, प्रत्येक गाउँपालिका बाट १/१ जना प्रमुख तथा उपप्रमुख र प्रत्येक वडाहरुबाट १ जना अध्यक्ष सहित अन्य ४ जना सदस्य चयन हुने छन् जसमध्ये प्रत्येक वडाबाट एक दलित महीला सहित अनिवार्य दुई महिला निर्वाचित हुनेछन ।

निर्वाचन पछी स्थानीय तहमा कति बजेट जाँदैछ - 2017-05-20

हेटौडा अनलाईन सरकारले यस वर्ष स्थानीय तहका लागि कुनै ठोस योजनाहरु नतोकी केन्द्रीय बजेटको करिब २३ प्रतिशत बजेट पठाउने गृहकार्य थालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159363 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top