The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


३७ प्रतिशत मधेसी समुदायबाट मन्त्री: २७ सदस्यीयमा १० को पकड - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । मधेशले केहि पाएन राज्यले सौतेनी व्यवहार गर्यो भनेर कुर्लने राजपा नेपालका नेतालाई वर्तमान सरकारले गतिलो चाबुक लगाईदिएको छ।

माओवादीको महाधिवेशन: प्रदेश र केन्द्रको चुनावपछि/ प्रवक्ता पम्फा भुसाल - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा माओवादी केन्द्रको महाधिवेशन प्रदेश र केन्द्रको निर्वाचन पछि मात्र आफ्नो पार्टीको महाधिबेशन हुने बताएकि छिन् ।

म्यानपावर र दलाललाई रोक्न गृहमन्त्रीको नयाँ नीति: मानब तस्करको निद हराम - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले विदेशमा रोजगारी दिने बाहानामा ठग्ने क्रम बढेको भन्दै त्यस्तालाई तह लगाउन विदशेमा अलपत्र परेकाको उद्धाका लागि पहल गर्न प्रहरीको विशेष फोर्स परिचालन गरिने बताएका छन् ।

सप्तरी बाढि पीडितलाई: नगद सहयोग - 2017-07-27

श्रावन १२ बिहीवार, सप्तरी । डुवानको निम्ति पत्रकार धनराज वास्तविकद्धारा संकलन गरिएको नगद राहत प्रदान गरिएको छ । रिपोर्टर्स क्लब नेपाल साखा रौतहतका अध्यक्ष अभिमनु कुमार पटेलको नाममा २६ हजार नगद पठाएर उनि मार्फत वितरण गरिएको छ ।

एआईजी बिरुद्व अख्तियारमा उजुरी - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । सुरक्षा फौजको अड्डा सशस्त्र प्रहरी बल घोटला गर्नेहरुको संगठनका रुपमा बिकशित हुदै गएको छ।उक्त बलका प्रमुख हरु सबै भ्रस्टाचार काण्डमा जाकिएका छन।

२० लाख घुस नखाए पछि: उपसचिवलाइ ठाडै सरुवा - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले २० लाख घुस नखाइदिएको भन्दै एक उपसचिवको सरुवा गरेका छन। नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ ।

सरकार विस्तार पछिको पहिलो मन्त्रीपरिषद बैठक अवको केहि बेरमा बस्दै - 2017-07-27

श्रावन १२ बिहीवार, काठमाडौँ । सरकार विस्तार पछिको पहिलो मन्त्रीपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री कार्यालयमा आज दिउँसो ३:३० बजे बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

किन रुचाए प्रहरीले गृहमन्त्री लाई: यस्ता छन् कारण - 2017-07-26

श्रावन ११ बुधवार, काठमाडौँ । सरकार फेरिने बित्तिकै प्रहरी अधिकारीमा निकै चर्चाको विषय बन्यो, अब गृह मन्त्री को बन्छ ? गृह मन्त्रीले अबको प्रहरी संगठन, लामो समयदेखि रोकिएको बढुवा जाम, चुनाव, संघीयतामा प्रहरीको ढाँचा लगायत विषय कसरी सम्बोधन गर्लान् ? चुनौती र अवसर बराबरीजसो रहेको गृहमन्त्री पदको जिम्मेवारी सम्हाल्न गएको जेठ २४ गते जनार्दन शर्मा नियुक्त हुनुभयो ।

कोरिया भाषा परिक्षा नतिजा आयो १२ हजार १ सय ८ जना उत्तीर्ण: नामावली सहित - 2017-07-25

श्रावन १० मंगलवार, हेटौडा । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् २०१८ का लागि लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159375 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top