The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


भ्रष्टाचार मुक्त समाजको परिकल्पनामा: अन्तरक्रिया कार्यक्रम सम्पन्न - 2017-07-21

श्रावन ०६ शुक्रवार, बिरगंज । रास्ट्रीय जनता पार्टी नेपाल बिरगंज महानगर कमिटीले आज भ्रष्टाचार मुक्त समाज बिषयक अन्तरक्रिया कार्यक्रम आज बार एसोसिएसन पर्साको सभाहलमा सम्पन्न गरेको छ।

छुवाछुतका मुद्दा: मिलापत्रमै सीमित हुन्छ - 2017-07-21

श्रावन ०६ शुक्रवार, लहान । पानी छोएको निहुँमा सिरहाको मिर्चैया नगरपालिका– ९ अँधेरीकी २६ वर्षीया शोभा विश्वकर्मा गत वैशाख २६ गते गैर दलित महिलाको कुटपिटबाट पीडित भइन् ।

केन्द्रको बैठकमा: ठूलै नेताले गरे एक आपसमा घोँचपेच - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । चार दिन देखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी माओवादी केन्द्रको केन्द्रीय सचिवालयका वैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।

ट्रेडयुनियनमा फेरी अखिलकै पकड: प्रतिदोन्द्धी एमाले र काग्रेस निकटको थोरै मत अन्तर - 2017-07-21

श्रावन ०६ शुक्रवार, बारा । बाराको नितनपुर स्थीत त्रिवेणी टेक्सटाईको आधिकारिक ट्रेडयुनियनको निर्वाचनमा मावोबादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघले बिजय हँसिल गरेको छ ।

राप्रपाको यस्तो छ निर्णय (पूर्णपाठसहित) - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पुनःस्थापनालाई पार्टीको मुख्य एजेण्डा बनाउने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले हिन्दु राष्ट्रको पुनःस्थापनासहित मुख्य तीन एजेण्डा पारित गरेको छ ।

घरेलु मदिरा नष्टगर्दै प्रहरी - 2017-07-21

श्रावन ०६ शुक्रवार, वीरगंज । वीरगंज महानगरपालिकाको विभिन्न ठाउँहरुबाट बरामद भएको ३ सय लिटर घरेलु मदिरा नष्ट गरिएको छ । वडा प्रहरी कार्यालय बिर्ताले बिरगंजको बसपार्क, नागवा, भन्सार क्षेत्र लगायतका ठाउँहरुबाट बरामद भएको घरेलु मदिरा नष्ट गरेको हो ।

देउवा लाई मन्त्रिमण्डल विस्तारमा सकस: रामचन्द्रले मागे मालदार मन्त्रालय - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । एकपछि अर्को मिलाउदै गएपनि मन्त्रिपरिषद विस्तारमा ढिलाई गरेपछि सर्वत्र आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रकै गुटको व्यवस्थापन गर्न नसक्दा डेढ महिना बितिसक्दा पनि आफ्नो मन्त्रिमण्डललाई पुर्णता दिन नसकेका हुन् ।

युवती कुट्ने ५ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दायर: इन्सपेक्टर पनि कारवाहीमा - 2017-07-21

श्रावन ०६ शुक्रवार, भैरहवा । असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । ‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाए यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ शुक्रबार समाचार संकलनको लागी गएका उनको गाउँ पुगेका संचारकर्मीसँग उनले गरेको अनुरोध हो यो ।

कर्मचारी खटाउन मन्त्रालयद्वारा आनाकानी: स्थानीय तहमा कामहरु नराम्ररी प्रभावित - 2017-07-21

श्रावन ०६ शुक्रवार, हेटौंडा । सरकारले असार मसान्तसम्म सबै स्थानीय तहमा बिभिन्न श्रेणिका कर्मचारी पठाएर सेवा प्रवाह गर्न बिभिन्न मन्त्रालय र निकायलाई निर्देशन दिएपनि अधिकांश मन्त्रालयले आफु मातहतका कर्मचारीहरु स्थानीय तहमा पठाएका छैनन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159382 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top