The first website dedicated to the people of clean and green city Hetauda.
राष्ट्रिय समाचार

आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


राष्ट्रिय समाचार पटक पढिएको हेटौंडा अनलाइन


आग्राका भूकम्प पीडितले पाएनन् दोस्रो किस्ता


चैत्र १९ सोमबार, हेटौडा । चर्को व्याजदरमा ऋण लिएर घर बनाएका भूकम्प पीडितहरुले पाँच महिना बितिसक्दा पनि नियमानुसार पाउनुपर्ने किस्ता रकम नपाएका पछि पीडितहरु आक्रोसित भएका छन् ।

घर निर्माण गरिसकेर पटक–पटक प्राविधिकहरुलाई सम्पर्क गर्दा निरिक्षणमा नआएकोले आफैले फोटो खिचेर प्राविधिक कहाँ पुग्नुपर्ने बाध्यता रहेको आग्रा–१ दामगाडेका राम बहादुर पाख्रिनले बताए । आफूहरुले सयकडा तीनको दरले ऋण खोजेर घर बनाएको यत्तिका महिना हुँदासम्म दोस्रो किस्ताको रकम दिनेबारे कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । 

प्राविधिकहरुले चरम लापरवाही गरेको उदाहरण थुप्रै छन् । जसमध्ये साविक आग्रा–५ निवासी शुभराज गोलेले हालसम्म आफ्नो घर डि.वि.सी. नै नगरी दोस्रो किस्ताको रकम लिएकोले पनि प्रष्ट हुन्छ । सर्वसाधरणलाई व्याजमा डुबाएर टाठोबाठोले काम मिलाउने गरेको आग्रा–५ डाँडाबासका दिल बहादुर वाइवाले बताए । 

प्राविधिकलाई खोज्दा खोज्दै महिना बितिसक्यो, जसलाई भने पनि कुरा सुनिदिने कोही नभएको आग्रा–५ का सुब्बराज मोक्तानले आक्रोस पोखे । 

प्राविधिकहरु भने आफूलाई त्यस्तो कुरा थाहा नभएको बताउछन् । प्राविधिकहरु सिमित संख्यामा भएका कारणले पनि काम छिटो नभएको भन्दै काम सकिएको ठाउँमा छिटै नै दोस्रो किस्ताको रकमको लागि काम थालिने एक प्राविधिकले जानकारी दिए ।  





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अध्यागमन अधिकृत माथि छानवीन - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । अनियमितताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयमा कार्यरत तीन जना अध्यागमन अधिकृत माथि छानवीन थालिएको छ ।

रुपन्देहीमा महिला हिंसाको घटना: पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा - 2017-07-21

श्रावन ०६ शुक्रवार, रुपन्देही । यहाँस्थित मर्चवारमा भएको महिला हिंसाको एक गम्भीर घटनालाई प्रहरीले भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिएको रहस्य खुलासा भएको छ ।

१७ हजारको लेनदेनमा विवाद भएपछि घाँटी थिचेर हत्या - 2017-07-20

श्रावन ०५ बिहीवार, वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरवा गाँउका एक युवकको हत्या भएको छ । बरवा गाँउका रामसुरत साहका २५ वर्षिय छोरा सत्रुधन साह कानुको गएराति हत्या भएको हो ।

ठुला पार्टी जनताका चाहना विपरित सता र भत्ताको लागी मात्र हुन्: नेता सुन्दर कुर्मि - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीमा आज संघीय समाजवादी फोरम नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

कसरी पुग्छ: भारतीय जालीनोट नेपालकै विमानस्थलबाट ? - 2017-07-20

श्रावन ०५ बिहीवार, हेटौंडा । भारतीय जाली नोटको कारोबार गर्ने गिरोहले पर्सालाइ ट्रान्जिट प्वाइन्ट बनाएको छ । पाकिस्तानबाट काठमाण्डौ स्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएका दुइ हजार र पाच सय दरका जाली भारु नोट, कारोबारीहरुले पर्साको वीरगन्ज र ग्रामीणा भेगका नाका प्रयोग गरेर भारतको रक्सौल, बेतिया, मोतिहारी, पटना र गोरखपुर शहरमा पुरयाउने गरेका छन् ।

कर्मचारीमा कनिष्ट र वरिष्ठको विवाद हुँदा सेवा प्रवाहमा अन्योल - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र सामान्य प्रशासन मन्त्रालयबीच उचित समन्वय नहुँदा प्रदेशमा खटाइने कर्मचारीमा कनिष्ट र वरिष्ठको विवाद हुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ ।

हैरान कमल थापा: असन्तुष्ट पक्षले आज पनि गरे बहिष्कार - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । विवाद र बहिष्कारकाबीच सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकस्थल परिवर्तन भएको छ । बुधबार नयाँ बानेश्वरको एक व्याङकेटमा सुरु भएको बैठक आज भने बालुवाटारको आम्रपाली व्याङकेटमा राखेको हो ।

१०० सिट जित्ने कांग्रेसको टार्गेट: दुई नम्बर प्रदेशमा मुख्य प्रतिस्पर्धी को ? - 2017-07-20

श्रावन ०५ बिहीवार, काठमाडौँ । चुनावको तयारीका सन्दर्भमा बिहिबार राजधानीमा आयोजित २ नम्बर प्रदेशको भेलामा कांग्रेसले १०० सिट जित्ने टार्गेट प्रस्तुत गरेको हो ।

गायक पंगेनी अझै प्रहरी हिरासतमा - 2017-07-19

श्रावन ०४ बुधवार, काठमाडौं । लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष तथा बरिष्ठ लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् । पंगेनी मंगलबार राती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159381 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top