The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दलहरुको घरदैलो आज अन्तिम: ब्यक्तीगत भेटघाटमा जोड - 2017-05-09

हेटौंडा अनलाईन स्थानिय तहको निर्वाचन आउन ५ दिनमात्र बाँकी रहँदा हेटौंडा उपमहानगरपालिकामा दलहरुले मतदाताको घरमा घरदैलो कार्यक्रम सकाएका छन् । दलहरुको अनुसार अबको समयमा ब्यक्तीगत भेटघाटमा जोड दिंदै मुख्य दलहरुले घरदैलो कार्यक्रमको समापन गरेका हुन् ।

हामी जितको नजिक छौ । नेता बल - 2017-05-07

हेटौंडा अनलाईन चौकीटोलमा माओवादीको घरदैलो र चुनावी सभा, माओवादीको जितलाइै कसैले रोक्न नसक्ने नेता बलको दाबी नेकपा माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले अब माओवादीको जीतलाई कसैले रोेक्न नसक्ने दाबी गर्नुभएको छ ।

हामी ल्याउछौं सु-शासन नगरमा - 2017-05-07

हेटौंडा अनलाईन भ्रष्टाचारको अन्त्य र नगरको विकासका लागि संयुक्त प्यानललाई जिताउन नेता बलको आग्रह माओवादी केन्द्रका नेता तथा हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार बलराम बलले हेटौंडा उप-महानगरपालिकालाई भ्रष्टाचारमुक्त र समुन्नत बनाउनका लागि संयुक्त प्यानललाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

यो जित आर्थिक समृद्धिको निम्ति: नेता पोखरेल - 2017-05-07

हेटौंडा अनलाईन हेटौंडा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य लिलामणि पोखरेलले माओवादी केन्द्रले जिते देश लोडसेडिङमुक्त मात्र हैन विद्यूत निर्यात गरेर नेपालको अर्थ समृद्धि गर्दै समुन्नत नेपाल हुने बताउनुभयो ।

मकवानपुरमा पहिलोपटक नेत्रहीनलाई आयमूलक तालिम - 2017-05-07

हेटौंडा अनलाईन नेपाल नेत्रहीन संघ मकवानपुरको आयोजना जिल्ला पशु सेवा तथा कृषिविकास कार्यालयको प्राबिधिक सहयोगमा ४ दिने आयमूलक सिप तालिम सम्पन्न भएको छ।

संघको अन्तक्र्रिया सम्पन्न - 2017-05-06

हेटौंडा अनलाईन मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा उपमहानगरका मेयर तथा उपमेयरका प्रत्यासीहरुसँग आर्थिक समृद्धिमा भावी कार्ययोजनाको विषयमा आज अन्तक्र्रिया तथा छलफल सम्पन्न गरेको छ ।

नमुना वडा बनाउछु: उम्मेदवार तिमल्सिना - 2017-05-05

हेटौंडा अनलाईन बाग्मती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष ईन्द्रमणी तिमल्सिना(केशब)ले नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ शुक्रवार भएको चुनाबी सभामा प्रतिबद्धता मनतब्य दिंदै उहाँले यस्तो बताउनुभएको हो ।

माओबादीको अभियान ८० प्रतिशत सकियो - 2017-05-05

हेटौंडा अनलाईन माओबादी केन्द्रले मकवानपुरको एक सय दूई वटै वडाहरुमा घरदैलो अधियान ८० प्रतिशत सम्पन्न गरेको छ ।

मकवानपुरको तीन तहमा कांग्रेस माओवादी तालमेल - 2017-05-05

हेटौंडा अनलाईन स्थानीय चुनावकोदिन नजिकिदै गर्दा देशैभर चुनावी तालमेलको चटारो बढ्दै छ । बिहीवार दिनभर हेटौडा उप-महानगरपालिकामा पनि कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरी चुनावी तालमेलभएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159321 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top