The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


स्थानीय समाचार पटक पढिएको हेटौँडा अनलाइन


सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न सांसद मोक्तानको सुझाव


हेटौंडा,५ बैशाखः आफूले सिकेको सीपलाई निरन्तरता दिई व्यवसायिक बन्न ३ नं. प्रदेश सभा सदस्य कुमारी मोक्तानले सुझाव दिनुभएको छ । आज निबुवाटारमा क्रिष्टलको गहना तथा डल, कुशन बनाउने तालिमको समापन कार्यक्रममा मन्तव्य दिँदै सांसद मोक्तानले आफूले सिकेको सीपलाई व्यवसायिक बनेर निरन्तरता दिन आग्रह गर्नुभएको हो ।

युवा महिलाहरुलाई सीप प्रदान गरि स्वदेशमै आयआर्जनमा लाग्न सकिने उदाहरण दिँदै सांसद मोक्तानले सीप भएका महिलाहरु सक्षम बन्न सक्ने बताउनुभयो । आफूसँग सीप भएका महिलाहरु हिंसामा पर्ने सम्भावना पनि कम हुने भन्दै सांसद मोक्तानले महिलाहरुले राजनीति पनि बुझ्नुपर्नेमा जोड दिनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


बेतिनी स्वाथ्यचौकीमा एम्बुलेन्स नहुदा बिरामीलाई सास्ती - 2018-02-01

हेटौडा, १८ माघ मकवानपुरको पुर्वीक्षेत्र बागमति गाउँपालिका वडा न. ८ मा रहेको बेतिनी स्वाथ्य चौकीमा एम्बुलेन्स नहुँदा विरामीहरुले अप्ठ्यारो व्यहोर्न बाध्य भएका छन् । दिनहु ३ देखि ५ जनासम्म बिरामी आउने गरेको उक्त स्वास्थ्य चौकीमा उपचार हुन नसकेकाहरुलाई हेटौडा लैजान समस्या परेको सो स्वाथ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर वाइबाले बताए ।

भाञ्जाहरुलाई वाणिज्य बैंकको सहयोग - 2018-01-24

हेटौंडा, १० माघः विगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मामाघर नेपाल मकवानपुरमा रहेका भाञ्जाहरुका लागि राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाले खाद्यन्न सहयोग गरेको छ ।

राक्सीराङका युनिसा र प्रमिला हराए - 2018-01-24

हेटौंडा,१० माघः मकवानपुरको राक्सीराङ गाउँपालिका–३ पलासेबाट आज (बुधबार) बिहानदेखि दुई किशोरी हराएका छन् । राक्सीराङ पलासेस्थित शिबराम रिजाल र लक्ष्मी रिजालकी १५ वर्षीय छोरी प्रमिला रिजाल र राक्सीराङ गाउँपालिका–३, कुडुलेमा बसोवास गर्दै आएकी पातली माया नेपालीकी १५ वर्षीय छोरी युनिसा नेपाली हराएका हुन् ।

नवोदयका विद्यार्थीहरु ‘कफी हाउस’ मा सुनिए - 2018-01-24

हेटौंडा, १० माघः एक महिनाको लेखन कार्यशाला पश्चात हेटौँडा–४ स्थित नवोदय शिशु सदनका विद्यार्थीहरुले ‘कफी हाउस’ कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । विद्यार्थीले साहित्य वाचन मार्फत सबैलाई मन्त्रमुग्ध परेका थिए ।

जवाफदेहिता बढाउन संस्थाको सामाजिक परीक्षण - 2018-01-23

हेटौंडा,९ माघः नागरिक समाज संस्थाहरुको आन्तरिक सुशासनमा सुधार ल्याउँदै जवाफदेहिता बृद्धि गर्ने उद्देश्यका साथ आज (मंगलबार) दुई संस्थाहरुको सामाजिक परीक्षण कार्यक्रम भएको छ । विगत लामो समयदेखि दलित महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आईरहेको दलित महिला संघ (फेडो) मकवानपुर र अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील आपाङ्ग सरोकार केन्द्र मकवानपुरको सामाजिक परीक्षण कार्यक्रम भएको हो ।

केसीको स्मृतिमा सरस्वतीको मन्दीर हस्तान्तरण - 2018-01-22

हेटौडा, ८ माघ मनहरी–९ स्थित केही समय अघि दुर्घट्नामा परि निधन हुनुभएका स्थानीय समाजसेवी तथा नेता काशीराम केसीको स्मृतिमा सरस्वतीको मन्दीर निर्माण पछि आज हस्तान्तरण गरिएको छ ।

काँग्रेस मकवानपुरद्धारा प्रदेस सभा सदस्यलाई स्वागत - 2018-01-21

हेटौंडा, ७ माघ नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई आईतबार स्वागत एवं सम्मान गरेको छ ।

३ न. प्रदेशको सपथ ग्रहण सम्पन्न - 2018-01-21

हेटौंडा, ७ माघ मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । आज जेष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेशसभा ख का सांसद डोरमणी पौडेललाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउनुभएको हो भने सांसद पौडेलले १ सय १० सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभामा सपथ गराउनुभयो ।

हेटौंडामा प्रदेश प्रमुखको स्वागत र पदभार ग्रहण - 2018-01-20

हेटौँडा,६ माघः ३ नम्बर प्रदेशको प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा स्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले आज साँझ करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

तामाङ पत्रकारहरुलाई पदमपोखरीमा सम्मान

हेटौडा अनलाइन
चैत्र २८ बुधवार, मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरका कार्य समिति सदस्य तथा केन्द्रीय सदस्यहरुलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज सम्मान गरिएको छ । पदमपोखरी युवा समूहले ‘शिक्षाको लागि संगीत’ भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा आज आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा तामाङ पत्रकारहरुलाई सम्मान गरिएको हो ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


13159330 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top