The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

डा. केसीको दिमाग ठीक छैन


कला साहित्य पटक पढिएको सुवास खनाल


डा. केसीको दिमाग ठीक छैन


श्रावन २९ आइतवार, हेटौंडा । २०४३ चैत २१ गते मकवानपुर, छतिवन ८ पावस मा जन्मनुभएका युवा कवि सुवास खनाल नेपाली गजल कथा निबन्ध लेखनमा समेत रुचि राख्नुहुन्छ ।

२०५५ सालबाट नियमित साहित्य लेखनआरम्भ गर्नुभएका खनालको नेपाली साहित्य बजारमा प्रकाशितकृतिको रुपमा विचारको उल्टो नदी नामक कविता सङ्ग्रह सवै पाठक माझ मन जित्त्दै छ । विशेषत कविता विधामा कलम चलाउने खनाल साहित्य सङ्गम मकवानपुरको अध्यक्ष हुनुहुन्छ । उहाँका कवितामा पाठकले पढ्न मूलत सामाजिक विषयमाथिको सहज उठान पाउँछन् । समकालीन साहित्य पाठकका निमित खनाल प्रेरणा र समाजमा हेपिएका, थिचोमिचोमा परेकाहरुको आवाज मुखरित हुनुपर्ने विचार पाईन्छ । शेषजङ्ग स्मृति कथा पुरस्कार प्राप्त खनालले धेरै कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल हुनुभएको छ ।

कविता: डा. केसीको दिमाग ठीक छैन


डा. केसी सङ्लो हुनुपर्छ भन्छ सबैको मन

डा. केसी भन्छ बाँच्न पाउनुपर्छ सबैले

डा. केसी कात्रोमा गोजी सिउने हिसाब गर्दैन

डा. केसी उपल्लो र तल्लो निसाब गर्दैन

साँचोमा डा. केसीको दिमाग ठीक छैन 


अरे ओ

यो संसारमा सत्य बोलेर साध्य लाग्छ र ?

अरे ओ 

यो दुनियाँमा एक्लै हिँडेर कहीँ पुगिन्छ र ?

डा. केसी सत्य बोल्छु भन्छ

डा. केसी क‍ोही हिँड्न सकेनन् म एक्लै हिँड्छु भन्छ 


डा. केसी सूर्य हो र एक्लै उदाउनु ? 

डा. केसी पृथ्वी हो र एक्लै बिउँझिनु ?


साँचोमा डा. केसीक‍ो दिमाग ठीक छैन


डा. केसी ठूलो विरासतबाट आर्जेको कुर्सीलाई ख्यालख्याल ठान्छ

डा. केसी कुर्सीका नियतिहरू बुझ्दैन

अरे ओ

यो पुँजीबादी युगमा पैसो केही होइन भन्छ

इमान , इज्जत , स्वाभिमान र सेवाको कुरा गर्छ


साँचोमा डा. केसीको दिमाग ठीक छैन


डा. केसी गरिबलाई नि रोग लाग्छ भन्छ 

डा. केसी गरिबले नि पढ्न पाउनुपर्छ भन्छ

अरे ओ 

प्रधानमन्त्रीको फिलाको पिलोको उपचार देशमै सम्भव छ प‍ो भन्छ

अरे ओ 

दुखीका दुखका दाग एक्सरेहरूमा देखिन्छ भन्छ

अरे ओ

यो डाक्टर अमूर्त अमूर्त कुरा गर्छ


साँचोमा 

डा. केसीको दिमाग ठीक छैन


आजको समयमा नि

कमिसनजत्तिको मामुली कुरामा असन्तोष पोख्छ

बिचौलियाहरूको उछित्तो काढ्छ

माफियाले सत्ता चलाए भन्छ

अरे ओ 

यो युगमा नि असल असल कुरा गर्छ

अरे ओ 

लोकतन्त्रमा विभेद हुँदैन पो भन्छ


साँचोमा

डा. केसीको दिमाग ठीक छैन


डा.केसी गाउँ डुल्छ बिमारी खोज्छ 

सहरमा जस्तै गाउँमा नि रोग हुन्छ भन्छ 


यो डाक्टर अनेक अनेक सनकी कुरा गर्छ

साँचोमा डा. केसीको दिमाग ठीक छैन ।

साभारः: नव साहित्य 




सम्बन्धित तस्विरहरु

युवा कवि: राजा पुनियानी कविता बाचनगर्दै / फोटो: राजा पुनियानी फेसबुक

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


कविता: नेपाल एक्सप्रेस - 2017-05-20

जेष्ठ ०६ शनिवार, काठमाडौँ । समकालिन नेपाली साहित्य लेखनका परिचित हस्ताक्षर हुन् कृष्ण प्रसाई । समाजका जातीय,बर्गीय, लैंगिक असमानता, बर्जितहरुमथिको एउटा अंकुश उहाँका हरेक साहित्य सृजनाहरुका खुराक हुन्छन साथै उहाँका कृतिहरुमा पाठकले मान्छे,समाज,संस्कार र संस्कृति पढ्न पाउँछन् ।

शृंखला कविता: संङ्कल्प - 2017-05-10

बैशाख २७ बुधवार, इटहरी । नेपाली साहित्यलेखनको थुप्रै धार र शैली छ । यिनै फरक शैलीबिचको एउटा पृथक शैली हो, शृंखला कविता लेखन युवाकवि निर बहादुर भण्डारी यस्तै फरक शैलीको अभ्यासकर्ता हुनुहुन्छ ।

लघुकथा: कर्मको खेल - 2017-05-09

गोमा सिटौला डाँफे, कोकिल, स्याल र हुच्चिलको ,भाकाको तालमा, उकाली–ओरालि र मेलापातमा भ्याइनभ्याई पसिना चुहाउन बिबश गाँउलेहरुलाई, यसपालि चुनावको माहोलले गर्दा,बाटोघाटो, चौतारा र कान्छिको चिया पसलमा निकै फुर्सदिलो र प्रसन्नताका साथ, झुन्ड–झुन्ड बसेर, ठूल्ठूला राजनीति गफ हाँकेको देख्दा, नेताहरुले “हाम्रो उद्देश्य नै तपाईंहरुको मुहारमा खुशी झल्काउनु हो भन्थे” सायद ‘खुशी’ भनेको यहि होला, मेरो सुस्त मनस्थितिले बुझ्थ्यो।

कविता: फूललाई माली-जीवनलाई काली - 2017-05-06

देवराज जाेशी

कथा : लज्जा - 2017-05-06

मीरा प्रसाईं अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए ।

कविता: त्यो भ्रमको पाटो - 2017-05-06

मिरा प्रसाई कला र साहित्य समाजको दर्पण हो । मान्छेका दैनिकीसंगै घट्ने बिकृति प्रतिको तिब्र असन्तोष जसरी ऎनाले सुन्दरलाई बिम्बलाई सुन्दर र कुरुप बिम्बलाई कुरुप देखाउछ ठ्याकै समकालिन समाजको खबरदारीमा साहित्यको पनि अतुलनिय भूमिका रहन्छ ।

गीत: म कमारो - 2017-04-28

कृष्ण प्रसाईं म भन्छु दाजै यो उच नीच, मेटेर मेटिन्न, हीराको जून आकाश माथि, भेटेर भेटिन्न ।

PREV 1 2 3 4

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12865232 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top