The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

डा. केसीको दिमाग ठीक छैन


कला साहित्य पटक पढिएको सुवास खनाल


डा. केसीको दिमाग ठीक छैन


श्रावन २९ आइतवार, हेटौंडा । २०४३ चैत २१ गते मकवानपुर, छतिवन ८ पावस मा जन्मनुभएका युवा कवि सुवास खनाल नेपाली गजल कथा निबन्ध लेखनमा समेत रुचि राख्नुहुन्छ ।

२०५५ सालबाट नियमित साहित्य लेखनआरम्भ गर्नुभएका खनालको नेपाली साहित्य बजारमा प्रकाशितकृतिको रुपमा विचारको उल्टो नदी नामक कविता सङ्ग्रह सवै पाठक माझ मन जित्त्दै छ । विशेषत कविता विधामा कलम चलाउने खनाल साहित्य सङ्गम मकवानपुरको अध्यक्ष हुनुहुन्छ । उहाँका कवितामा पाठकले पढ्न मूलत सामाजिक विषयमाथिको सहज उठान पाउँछन् । समकालीन साहित्य पाठकका निमित खनाल प्रेरणा र समाजमा हेपिएका, थिचोमिचोमा परेकाहरुको आवाज मुखरित हुनुपर्ने विचार पाईन्छ । शेषजङ्ग स्मृति कथा पुरस्कार प्राप्त खनालले धेरै कविता प्रतियोगितामा उत्कृष्ट हुन सफल हुनुभएको छ ।

कविता: डा. केसीको दिमाग ठीक छैन


डा. केसी सङ्लो हुनुपर्छ भन्छ सबैको मन

डा. केसी भन्छ बाँच्न पाउनुपर्छ सबैले

डा. केसी कात्रोमा गोजी सिउने हिसाब गर्दैन

डा. केसी उपल्लो र तल्लो निसाब गर्दैन

साँचोमा डा. केसीको दिमाग ठीक छैन 


अरे ओ

यो संसारमा सत्य बोलेर साध्य लाग्छ र ?

अरे ओ 

यो दुनियाँमा एक्लै हिँडेर कहीँ पुगिन्छ र ?

डा. केसी सत्य बोल्छु भन्छ

डा. केसी क‍ोही हिँड्न सकेनन् म एक्लै हिँड्छु भन्छ 


डा. केसी सूर्य हो र एक्लै उदाउनु ? 

डा. केसी पृथ्वी हो र एक्लै बिउँझिनु ?


साँचोमा डा. केसीक‍ो दिमाग ठीक छैन


डा. केसी ठूलो विरासतबाट आर्जेको कुर्सीलाई ख्यालख्याल ठान्छ

डा. केसी कुर्सीका नियतिहरू बुझ्दैन

अरे ओ

यो पुँजीबादी युगमा पैसो केही होइन भन्छ

इमान , इज्जत , स्वाभिमान र सेवाको कुरा गर्छ


साँचोमा डा. केसीको दिमाग ठीक छैन


डा. केसी गरिबलाई नि रोग लाग्छ भन्छ 

डा. केसी गरिबले नि पढ्न पाउनुपर्छ भन्छ

अरे ओ 

प्रधानमन्त्रीको फिलाको पिलोको उपचार देशमै सम्भव छ प‍ो भन्छ

अरे ओ 

दुखीका दुखका दाग एक्सरेहरूमा देखिन्छ भन्छ

अरे ओ

यो डाक्टर अमूर्त अमूर्त कुरा गर्छ


साँचोमा 

डा. केसीको दिमाग ठीक छैन


आजको समयमा नि

कमिसनजत्तिको मामुली कुरामा असन्तोष पोख्छ

बिचौलियाहरूको उछित्तो काढ्छ

माफियाले सत्ता चलाए भन्छ

अरे ओ 

यो युगमा नि असल असल कुरा गर्छ

अरे ओ 

लोकतन्त्रमा विभेद हुँदैन पो भन्छ


साँचोमा

डा. केसीको दिमाग ठीक छैन


डा.केसी गाउँ डुल्छ बिमारी खोज्छ 

सहरमा जस्तै गाउँमा नि रोग हुन्छ भन्छ 


यो डाक्टर अनेक अनेक सनकी कुरा गर्छ

साँचोमा डा. केसीको दिमाग ठीक छैन ।

साभारः: नव साहित्य 




सम्बन्धित तस्विरहरु

युवा कवि: राजा पुनियानी कविता बाचनगर्दै / फोटो: राजा पुनियानी फेसबुक

कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


आज भानु जयन्ती: नेपाली साहित्य र संस्कृतिमा आदिकविको महत्वो - 2017-07-12

आषाढ २९ बिहीवार, हेटौंडा । नेपाली साहित्य र संस्कृति मार्फत एउटा नवीन एकीकरण भित्र्याएका व्यक्ति हुनुहुन्छ भानुभक्त आचार्य एक सामान्य घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रुपान्तरण गर्न प्रेरित भएका थिए । आषाढ २९ अर्थात् भानु जयन्ती आज विश्वभर भानु जयन्ती मनाईंदै छ ।

साब्लाबुङ र पुस्तकालय अभियानको घोषणा - 2017-07-10

आषाढ २६ सोमबार, हङकङ । साब्लाबुङ शब्द पुष्प प्रकाशनको साहित्यिक पत्रिका साब्लाबुङको ७औं अंक लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हिजो सम्पन्न भएको छ ।

युग पाठकको नयाँ कृति माङ्गेनाको विमोचन सम्पन्न - 2017-07-02

आषाढ १८ आइतबार, हेटौंडा । युवा पुस्तामा अति रुचाईएका उपन्यासकार तथा स्तम्भकार युग पाठकको नयाँ कृति माङ्गेना: नेपाल मन्थनको शनिवार एक कार्यक्रम बिच नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन गरिएको छ ।

यो बर्षको छिन्नलता पुरस्कार बरिष्ठ सङ्गीतकार मणिकमल क्षेत्रीलाई - 2017-07-01

आषाढ १७ शनिवार, हेटौंडा । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को स्मृतिमा २०३९ मा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको हो ।

यहि आषाढ १७ गते युग पाठकको दोस्रो पुस्तक सार्वजनिक हुँदै - 2017-06-28

आषाढ १४ बुधवार, हेटौंडा । युग पाठकको दोस्रो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’ यही असार १७ गते विमोचित हुने भएको छ । पुस्तक एक दर्जन बढी विषयमा पाठकले लेखेका वैकल्पिक चिन्तनहरु सहितको गैरआख्यान हो ।

हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” सम्पन्न - 2017-06-26

आषाढ १२ सोमबार, हङकङ । विगत ५ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार विशेषतः हङकङबासी नेपाली हरुले साहित्यिक माहोलमा रमाउने वातवरण बनाउनु भएको छ ।

कविता: जय जय नारी - 2017-06-22

आषाढ ०८ बिहीवार, हेटौंडा । सामाजिक बिषयबस्तु माथिको मिठो अभिव्यक्ति अनि यथार्थ प्रतिको सचेतना जगाउन सफल सर्जक राजबाबु श्रेष्ठ । युवापुस्तालाई र समग्र समाजलाई सचेतनाको पाठ आफ्ना सृजनामार्फत बाँढनु हुन्छ ।

कविता: गुमनाम ताराहरू - 2017-06-15

बैशाख ०९ शनिवार, हेटौंडा । युवा कवि राजु स्याङ्तान प्रगतिशिल विचारधारा बोकेका अभियानी कवि हुनुहुन्छ । समाजमा बिध्यमान विकृति हरुलाई चिर्दै सम्मुन्नत समाजको परिकल्पनालाई आधार बनाएर लेखिएका उहाका कविताहरु मान्छे, मान्छेविचको दुरी मेट्न अटुट उर्जा बन्न सफल छन ।

संस्मरण: मैले केही भुलेको छैन - 2017-06-15

आषाढ ०१ बिहीवार, हङकङ। निकै लामो समय देखी म जिजिबिसाको लागि बिरानो प्रवासमा बस्दै आएको छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु ।

PREV 1 2 3 4 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12864029 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top