The first website dedicated to the people of clean and green city Hetauda.
logo
कला साहित्य

झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान



कला साहित्य    142 पटक पढिएको   हेटौडा अनलाइन     

हेटाैँडा, २४ चैत । झरना साहित्यिक परिवार मकवानपुरकाे अायाेजनामा अाज हेटाैँडामा शिव - सावित्री मुक्तक साहित्य सम्मान एवम् मुक्तक साँझ -२०७४ सम्पन्न भएकाे छ । झरनाका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता एवम् वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कैलालीका मुक्तककार निर्दाेष डेविटलाई नगद रु. ५५५५/- राशिसहितकाे शिव- सावित्री मुक्तक साहित्य सम्मान -२०७४ बाट सम्मानित गरिएकाे छ ।

झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान

उक्त सम्मान रमेशमाेहन अधिकारीले अाफ्ना मातापिताको स्मृतिमा स्थापना गर्नुभएको हाे । त्यस्तै मुक्तक साँझकै अवसरमा अायाेजित खुला मुक्तक प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई  पछि पार्दै मुक्तककार विधान अाचार्य उत्कृष्ट मुक्तककार -२०७४ का रूपमा नगद रू. ११११/- सहित पुरष्कृत भए । प्रतियोगितामा पुरुषाेत्तम अाचार्य,भावना सापकोटा र मनाेज पाेखरेलले निर्णायककाे भूमिका निर्वाह गर्नुभएकाे थियो । 

कार्यक्रममा साहित्यकारहरू निमेष निखिल, रमेशमाेहन अधिकारी, देवराज खरेल, देवराज तिवारी,  सुवास खनाल, उमेश तिमल्सिना, केशव समर्पण, शान्तिप्रिय वन्दना, विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने लगायतले मन्तव्य तथा  रचना वाचन गर्नुभएको थियाे । साथै समीक्षक घनश्याम घिमिरेले मुक्तक लेखन परम्परा तथा वाचित रचनाबारे समीक्षात्मक टिप्पणी गर्नुभयाे ।

 राजनीतिकर्मी अणराज जर्घामगर र शिक्षासेवी पुरनबहादुर जाेशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा साहित्यकार अार. सी. रिजाल, पूर्णकला घिमिरे, साहित्यसेवी मुक्तिगाेविन्द वैद्य, अर्पण पराजुली, हरिवंश भेटवाल लगायतकाे उपस्थिति थियाे । झरनाले हरेक महिना विधाविशेष साहित्य गाेष्ठी गर्नुका साथै चैतकाे चाैथाे शनिबार "टिकटमा मुक्तक" का रूपमा मुक्तक साँझ अायाेजना गर्दै अाएकाे छ ।







सम्बन्धित शिर्षक समाचारहरु


झरनाले कैलालीका डेविटलाई गर्यो सम्मान - 2018-04-07

हेटाैँडा, २४ चैत । झरना साहित्यिक परिवार मकवानपुरकाे अायाेजनामा अाज हेटाैँडामा शिव - सावित्री मुक्तक साहित्य सम्मान एवम् मुक्तक साँझ -२०७४ सम्पन्न भएकाे छ । झरनाका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षता एवम् वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कैलालीका मुक्तककार निर्दाेष डेविटलाई नगद रु. ५५५५/- राशिसहितकाे शिव- सावित्री मुक्तक साहित्य सम्मान -२०७४ बाट सम्मानित गरिएकाे छ ।

वाताबरण प्रदुषणमा बिद्यालयको चासो - 2018-04-01

चैत्र १८ आइतवार, हेटौंडा । नेपाली लेखक संघको आयोजनामा वाताबरणीय प्रदुषण र जिवन भोगाइका चुनौतीहरु विषयक बकृत्वकला प्रतियोगिता शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

रमेशमोहन अधिकारीको घुम्तीहरु छेलिएपछि बजारमा - 2018-03-24

चैत्र १० शनिवार । साहित्यकार रमेशमोहन अधिकारीको संस्मरण तथा नियात्रा संग्रह “घुम्तीहरु छेलिएपछि” विमोचन भएको छ ।

आँचलमा सविताका पाँच कविता - 2018-02-03

हेटौंडा,२० माघः आँचल साहित्य कला पुञ्जको मासिक भेटघाट तथा रचना वाचनमा आज शनिबार कवि सविता तिमल्सिनाका ५ वटा कविता प्रस्तुत भएका छन् । कवि तिमल्सिनाले निद्रा, आमा भोट उहाँलाई दिनुस्, हुरी चलिरह्यो, बाल्यकाल र काँडा शिर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।

लघुकथा : श्रमको मूल्य - 2017-11-30

मंसिर १४ बिहीवार, हेटौंडा । तीन वर्षपछी अध्ययन पुरा गरी काठमाडौंबाट घर फककेको रुपकले आमाबुवाकको रीस र घृणा मिश्रित स्वरमा सबै गरगहना र लुगाफाटा कुम्ल्याएर उजेली अर्कैसँग हिडी, अब गरगहना र लुगाफाटा जति सबै फिर्ता ल्याउन पर्र्यो भनेको सुन्दा रुपकको मन झसंङ्ग भयो । उसका सारा सपनाहरु बालुवाको महलझै ढले अनायासै ।

पाँच हाइकु : डा.घनश्याम परिश्रमी - 2017-11-21

२०७४ मंसिर ०५, हेटौंडा । डा.घनश्याम न्यौपाने परिश्रमी नेपाली गजलकार हुन् । उहाँको जन्म २०१५ साल असार १४ गते गण्डकी अञ्चलको स्याङ्जा जिल्ला अन्तर्गत श्रीकृष्ण गण्डकी गाविस २ बलाम नित्यडाँडामा भएको हो ।

डा. केसीको दिमाग ठीक छैन - 2017-08-13

श्रावन २९ आइतवार, हेटौंडा । २०४३ चैत २१ गते मकवानपुर, छतिवन ८ पावस मा जन्मनुभएका युवा कवि सुवास खनाल नेपाली गजल कथा निबन्ध लेखनमा समेत रुचि राख्नुहुन्छ ।

कविता: कामरेड - 2017-08-08

श्रावन २४ मंगलवार, हेटौंडा । समयले जायज आवाज नसुनेपछि विद्रोह जन्मिन्छ ! आजका लेखकले समय, समाज विचार, कलालाई बोक्नुपर्छ यसै विषयमा केन्द्रित हुनुपर्छ दिशानिर्देश पनि यही हो ! डा.झमक घिमिरे

अनुभूति: नयाँ जीवन नयाँ कुरा - 2017-07-28

श्रावन १३ शुक्रवार, हेटौंडा जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो ।

यथार्थवादी एक गजलमा: युवा गजलकार कविन्द्र - 2017-07-28

श्रावन १३ शुक्रवार, हेटौंडा । युवा गजलकार कविन्द्र घिमिरे बिशेषत सामाजिक र यथार्थवादी गजल लेख्ने सशक्त गजलकार हुन । उनको गजलमा जीवन र जगतका भोगाईलाई वास्तविक चित्रण गरिएको पाईन्छ ।

कविता: स्पर्श - 2017-07-23

श्रावन ०८ आइतवार, हेटौंडा । जीवनलाई मैले सृष्टिको सबैभन्दा सुन्दर फूलको रूपमा बुझेकी छु यसलाई सार्थक र उपलब्धिमुलक बनाउन मान्छेले मान्छेको मुल्य बुझेर आम मान्छेको हितमा काम गर्न आबस्यक छ । डा.झमक घिमिरे

भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13218451   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top