The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

११ बुँदे माग सहित हेटौडा अस्पतालमा नर्सहरुको धर्ना


स्थानीय समाचार पटक पढिएको


११ बुँदे माग सहित  हेटौडा अस्पतालमा नर्सहरुको धर्ना

हेटौड, ३० पुस नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् ।


नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् । 

सुरुको ३ दिन कालोपट्टी बाधेर उनीहरुले काम सुचारु राखेका थिए । तर  मागप्रति वेवास्ता गरिएपछि दोस्रो चरणको अन्तिम दिन आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका छन् । ‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको तलव, भत्ता, सेवा सुविधा नेपाल सरकारका नर्स सरह उपलब्ध गराइनुपर्ने, भोलेन्टिएरको नाममा श्रम शोषण बन्द गर्नुपर्ने,दुर्गम क्षेत्रमा कार्यरत नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको व्यवस्था गरिनुपर्ने, तलवी अध्ययन विदाको व्यवस्था गर्नुपर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्किासित नर्सिङ कर्मचारीलाई पुर्नवहाली गरिनुपर्ने’ लगायतका ११ वटा माग सहित हेटौडामा पनि धर्ना सहितको विरोध कार्यक्रमको आयोजना गरिएको नेपाल नर्सिङ संघ मकवानपुरका उपाध्यक्ष गंगा दाहाल जानकारी दिनुभएको छ ।  

नेपाल नर्सिङ संघको आव्हानमा देशभर नै जिल्लामा कार्यरत नर्सहरुले माग सहित विरोध कार्यक्रम गरिरहेको संघका उपाध्यक्ष दाहालको भनाई छ। पहिलो चरणको कार्यक्रम अन्र्तगत ३ दिन कालोपट्टी बाधेर काम गरेको र दोस्रो चरण विहान १० बजेदेखि ११ बजेसम्म कालो पट्टी बाधेर धर्ना कार्यक्रम आज सकिएको संघका सचिव निर्मला ब्लोनले जानकारी दिनुभयो । उहाँको अनुसार तेस्रो चरणमा ३ दिन विहान १० बजेदेखि १  बजेसम्म, चौथो चरण अन्तर्गत विहान ८ बजेदेखि ४ बजेसम्म काम ठप्प र पाचौ चरणमा २४ सै घण्टा ड्युटी छाडी स्वास्थ्य मन्त्रालयमा धर्ना बस्ने कार्यक्रम तय भएको सचिव व्लोनले बताउनुभयो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


११ बुँदे माग सहित हेटौडा अस्पतालमा नर्सहरुको धर्ना - 2018-01-14

हेटौड, ३० पुस नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे माग सहित आज १ घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौडा अस्पतालमा हातमा कालो पट्टी बाधेर उनीहरुले एक घण्टा धर्ना कार्यक्रम सम्पन्न गरेका हुन् ।

वनमा खोटो संकलन गर्न पाइने निर्णय - 2018-01-14

भीमफेदी, ३० पुस मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित मण्डलीदेवी सामुदायिक वन उपभोक्ता समूहले यस वर्ष पनि खोटो संकलन गर्ने निर्णय गरेको छ । त्यसै गरी समूहले आन्तरिक खपतको लागि काठ संकलन गर्ने, भकम्प पीडितलाई आवश्यकता र प्राथमिकता अनुसार सहुलियत दरमा काठ उपलब्ध गराउने तथा सामुदायिक भवनको क्षमता बढाउने निर्णय गरेको छ ।

‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी - 2018-01-11

हेटौडा, २७ पुस प्रगतिशील लेखक संघ मकवानपुर र नेपाल प्रज्ञा प्रतिष्ठानले आज ‘नेपाली कथा र समय चेतना’ विषयमा गोष्ठी सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको प्रमुख मातृका पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार अभय श्रेष्ठले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

पदमपोखरीमा सुरक्षित गर्भपतन सेवा - 2018-01-07

हेटौडा, २३ पुसमकवानपुरको १२ वटा प्राथमिक स्वाथ्य केन्द्रले मात्र सेवा दिँदै आएको सुरक्षित गर्भपतन सेवा अब पदमपोखरीले पनि प्रदान गर्ने भएको छ। सो स्वास्थ्य केन्द्रबाट निर्मला व्लोनले तालिम लिएर आएपछि सो क्षेत्रका महिलाहरुले सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने भएका हुन्।

विजयी सभामा लालपूर्जा मागे - 2018-01-01

बकैया गाउँपालिका वडा न. २ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। लामो समयदेखि लालपूर्जा प्राप्तिको निम्ति संघर्ष गर्दै आइरहेका त्यस ठाउँका बासिन्दाहरुले निर्वाचित दुबै सभाका सदस्यहरुको स्वागत तथा विजयसभामा सो माग राखेका हुन् ।

मतदान अधिकृतको अनुभवमा मतदान व्यवस्थापनका समस्या र चुनौतीहरु - 2017-12-25

२०७४ पौष १० सोमबार, हेटौंडा अन्ततः राजनीतिक संक्रमणलाई सजीलै पार लाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले गणतन्त्रात्मक संविधान घोषणा पश्चातको पहिलो ऐतिहासिक प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेको छ । दुई चरणमा संचालित सो निर्वाचनमा पहिलो चरणमा ३२ जिल्लामा २०७४ साल मंसिर १० गते र दोश्रो चरणमा ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते मतदान भएको थियो ।

मतदान अधिकृतको अनुभवमा मतदान व्यवस्थापनका समस्या र चुनौतीहरु - 2017-12-25

मतदान अधिकृत

मतदातासँग नव निर्वाचित प्रतिनिधिहरु - 2017-12-15

मंसिर २९ शुक्रवार हेटौडा ।मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुले आ–आफ्नो मतदाता कहाँ पुग्ने क्रम जारी रहेको छ ।

नवलपरासीमा त्रिपाठी र कलवारले मतदान गरे ( भिडियो सहित ) - 2017-12-07

मंसिर २१ बिहीवार, हेटौंडा ।नवलपरासी, बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहका निर्वाचन क्षेत्र नं १ बाट जिल्लाको प्रतापपुर गाउपालिका–६ केवलवुर स्थित जन जागृति मावि केन्द्रबाट मतदान हृदयेश त्रिपाठी गर्नुभएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा उहाँले मतदान गर्नुभएको हो ।

अव छतिवनलाइ बालविवाह मुक्त गाउँ बनाइने - 2017-12-06

२०७४ मंसिर २० बुधवार, हेटौंडा वकैया गाउँपािलका वार्ड न ३, छतिवनको वसनमा अभिभावकहरुले बालविवाह मुक्त गाउँ बनाउने अभियान सुरु गर्ने एक कार्यक्रममा प्रतिवद्धता जनाएका छन् ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 NEXT

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12958855 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top