Hetauda Online - सवाल उठाउने महिलाको सतह
The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

नन्द भाउजुको निचोड


विचार/दृष्टिकोण पटक पढिएको


नन्द भाउजुको निचोड

जेष्ठ २३ मंगलवार, हेटौंडा । पुरुष आवाज आउनासाथ दिक्षा झसङ्ग भई । भाउजुले भनेको एउटै वाक्य उसको मस्तिष्कमा घुमिरहेको थियो, केटा मान्छेको भर हुदैन ।

हुन पनि कोठामा एक्लै थिई उ बाहिर जो पनि आएको हुनसक्थ्यो।  मान्छे एकिन नहुँदै उ कसरी ढुक्क हुन सक्थीर ? परिचित झैं लाग्ने स्वरले दिक्षा नामबाटै बोलाइएपछि भने उ ढुक्क भई ।दाजुलाई सादार सत्कार गर्दै उसले दाजुको स्वभाविक जिज्ञासा मेटाउन थाली।अझ भनौं, उसले डेराको बसाई र आफ्नो हालखबर बताउन सुरुगरी।दिक्षाको कामप्रति सन्तुष्टी जनाउंदै दाई किरणले अरुउन्नतीकालागि प्रेरणा दिए । दाजु बहिनीको कुराकानीको विषय घर, परिवारबन्न थाल्यो । दिक्षाका जिज्ञासा घरतर्फ बढ्यो ।  दाजुदिक्षाकोहर जिज्ञासाका जवाफ स्वभाविक रुपमा दिन थाले । तीन महिना पुग्नेलाग्दा बल्ल डेरामै भेट्न आएका दाजुलाई दिक्षाका प्रश्नको ओईरो लाग्ने निश्चितथियो । सामान्यतया फोनमा कुराकानी भइरहने भएपनि प्रत्यक्ष भेटमा हुने गफको बेग्लैमहत्व ।  उसले बुढी आमा र बाबुको बारेमाजिज्ञासा केन्द्रित राख्ने आशंका थियो, दाजुको । तर,त्यसो भएन । महिला जागरण अभियानमा लागेकी दिक्षाको जिज्ञासाकोकेन्द्रविन्दु भाउजुसाबित्री नैरहिन् । ९ वर्षअघि साबित्री माझघरमा किरणकी दुलहीभएर भित्त्रिदा दिक्षा किशोरावस्थाकी थिई । विद्यालय जानुउसको मुख्य दायित्व थियो । बाबा सामाजिक काममा रुचीराख्ने भएकाले दिक्षले उचित शिक्षा (छोरा सरह) पाउने व्यवस्था थियो, घरमा।  सामान्यतः विद्यालयमा पढ्ने किताब नैज्ञानको मुख्य स्रोत भएपनि दिक्षा अन्य पुस्तकहरुमासमेत रुचीराख्थी ।  पाएसम्म पढ्ने गर्थी ।  जीवनी र महिलाका बारेमा लेखिएका पुस्तकहरुउसको पहिलो रोजाईमा पर्ने गथ्र्यो ।  “हाम्रा दाज’ विहेभएपछि किन भाउजुको घरमा लगिएनन् ? किन भाउजुलाई नै बिहे गरी दाजुसँग यहाँल्याईयो ?” भन्नेजस्ता बुझाईबाट सुरु भएको उसको जिज्ञासासमय र भोगाईले नै मेटाउंदै लगे ।  विस्तारैपढाई र उमेरले समेत परिपक्व बन्दै गएकी दिक्षा भाउजुको निकै प्रिय पात्र बनिन् । भाउजुपनि दिक्षासंग हरेक विषय खुलस्त र स्पष्ट रुपमाराख्थिन् ।  दुईको निकै सामिप्यता थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नन्द भाउजुको निचोड - 2017-06-06

जेष्ठ २३ मंगलवार, हेटौंडा । पुरुष आवाज आउनासाथ दिक्षा झसङ्ग भई । भाउजुले भनेको एउटै वाक्य उसको मस्तिष्कमा घुमिरहेको थियो, केटा मान्छेको भर हुदैन ।

कस्ले राख्ने महिला हिंसाका घटनाहरुको तथ्याङक - 2017-06-04

२०७४ जेष्ठ २२ सोमबार, हेटौंडा हिंसा भन्ने बितीकै पिडीत र पिडकको पनि कुरा आउछ । त्यहा अधिकारको कुराहरु उठ्न सक्छ । त्यहाँ संरक्षणका कुराहरु आउन सक्छ । साँच्चै भन्ने हो हाम्रो समाज हिंसाका घटनाहरु धेरै हुने गर्दछ ।

शासन र सत्तामा महिलाको अवस्था - 2017-05-05

हेटौंडा अनलाईनमहिलामाथि विभेद र अन्याय हुने क्षेत्रको रूपमा परिचित दक्षिण एशियामा राजनीति, सत्ता र शक्तिमा महिलाहरुको पहुँच बढ्दै गएको देखिएको छ ।

सवाल उठाउने महिलाको सतह - 2017-04-20

हेटौंडा अनलाईनसमुन्नत र समृद्ध समाजको परिकल्पना गर्दा हामीले अधिकार र कर्तव्यलाई सँगै जोडेर हेर्ने गर्दछौं । लैंगिक उत्पीडनको विरोधमा लामो समयदेखि आन्दोलनमा सहभागी भएका महिलाहरुले पनि आफूलाई सशक्त रुपमा सामाजिक र आर्थिक भूमिकामा प्रस्तुत गरेर सरकार तथा राज्यप्रतिको आफ्नो दायित्वलाई विस्तार गर्दै महिला सशक्तीकरणको वकालत गरिरहेको पाईन्छ ।

लोकप्रिय



12811695 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top