Hetauda Online - किसानलाई व्यवसायि बनाउन अनुदान
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

विदेश होइन कृषिमा रमाउछन् युवा


स्थानीय समाचार पटक पढिएको


विदेश होइन कृषिमा रमाउछन् युवा

हेटौंडा अनलाईन हेटौडा । हाम्रो वरिपरिका युवापुस्ताहरु आजभोली कि त राहादानी बुझाउन कन्सनटेन्सीमा भेटिन्छ कि त राहादानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भेटिन्छ।

तर मकवानपुरको साविक गाविस बुढीचौरका युवाहरु बैदेशिक रोजगारमा गएर पनि पुन केहि गर्ने अभिलासा लिएर नेपाल फर्किएको मध्ये साविक गाविस बुढीचौर वडा नम्बर १ का गुन्जरत्न लुङवा एक हुन । उनी बैदेशिक रोजगारी का लागि दुबईमा गएका र त्यहाँँ दुई बर्ष काम गरेर पछि उनि नेपाल फर्किएका हुन् ।

बिदेशबाट फर्किए पछि उनले तरकारी खेती सुरुवात गरेकोे बर्षदिन नपुग्दै राम्रो आम्दानी गर्न सफल भएको उनि बताउछन्। उनि कहिले व्यवसायिकरुपमा गोलभेडा खेती गरिरहेका छन् । ६ बटा टनेलबाट बर्षमा दुई लाख सम्मको गोलभेडामात्र बिक्रि गर्ने गरेको उनि बताउछ । उनी भन्छन अरुको देशमा दश घण्टा काम गर्दा नि राम्रोसँग तलब नपाईने हेलाको दृष्टिले हेर्ने आफ्नो देशमा जम्मा तिन घण्टा काम गर्दा हुने, आफ्नो परिवारसंगै पनि हुने उनिबताउछन् । 

यस्तै गरि सुर्य बहादुरको गोलेको पनि यस्तै अनुभब रहेको छ । गोलभेडा खेती सुरुवात गर्नु अघि उनी नखुमा व्यसायिक रुपमा गोलभेडा खेती गर्ने डाक्टर केदार बुढाथोकीकोमा गोलभेडा खेतीका लागि टनेल बनाउने काम गर्ने गरेको र यस पछि आफ्नो गाउमा आएर आफुले  गाोलभेडा खेती गर्ने थालेको उनी बताउछन्।गोलभेडा व्यबसायबाट राम्रो आम्दानी भएको र पारिवारिक खर्च यसैले पुराउने  गरेका छन्  र कामको लागि अन्य स्थानहरु जानु नपरेको उनी बताउछन्। अहिले उनले खेतीमा अन्नबाली भन्दा नगदेबाली लगाउने गरेको उनी बताउछन्। करीब चार पाच रोपनीमा तरकारी खेतीगदै आएका छन् । आफुले सुरुवात गरेको पेशाबाट अरुले पनि त्यही अंगालेको उनी बताउन्। उनी गोलभेडासंगै साग, काउली लगायत खेती गरीरहेका छन्। गोलभेडा खेतीमा धेरै जस्तो सिर्जना नामक जातका गोलभेडा खेती गर्ने गरेको छन् ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


विदेश होइन कृषिमा रमाउछन् युवा - 2017-05-22

हेटौंडा अनलाईनहेटौडा । हाम्रो वरिपरिका युवापुस्ताहरु आजभोली कि त राहादानी बुझाउन कन्सनटेन्सीमा भेटिन्छ कि त राहादानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा भेटिन्छ।

सिंचाई नहुँदा उत्पादनमा समस्या - 2017-05-21

हेटौडा अनलाईन राक्सिराङ । चेपाङ बस्तिमा सिचाईले छुन नसक्दा कृषिमा अगाडी बढ्न नसकेको राक्सिराङ चैनपुरका चेपाङहरु बताउछन। अन्नबालीबाट मात्र खाद्यन्न नपुग्ने अवस्था भएको राक्सिराङका–९ चैनपुरकी राजकुमारी प्रजा बताउछिन।

मकवानपुरमा पहिलोपटक नेत्रहीनलाई आयमूलक तालिम - 2017-05-07

हेटौंडा अनलाईननेपाल नेत्रहीन संघ मकवानपुरको आयोजना जिल्ला पशु सेवा तथा कृषिविकास कार्यालयको प्राबिधिक सहयोगमा ४ दिने आयमूलक सिप तालिम सम्पन्न भएको छ।

किसानलाई व्यवसायि बनाउन अनुदान - 2017-04-20

मकवानपुरको विभिन्न स्थानमा रहेर व्यवसायिक रुपमा पशुपालन गर्ने किसानलाई सहजता प्रदान गर्न अनुदान प्रदान गरिएको छ ।

मकैको विउ उत्पादन गर्दै विक्री गर्छन् किसान - 2017-04-20

हेटौंडा अनलाईनहेटौडा उप-महानगरपालिका १३, पान्तलेमा रहेको गुप्तेस्वरी कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरु मार्फत मकैको बिउ उत्पादन गरी विक्रीवितरण गर्दै आएको छ ।



12415710 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाईन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057 526557
http://www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top