The first website dedicated to the people of clean and green city Hetauda.
कला साहित्य

साब्लाबुङ र पुस्तकालय अभियानको घोषणा


कला साहित्य पटक पढिएको


साब्लाबुङ र पुस्तकालय अभियानको घोषणा

आषाढ २६ सोमबार, हङकङ । साब्लाबुङ शब्द पुष्प प्रकाशनको साहित्यिक पत्रिका साब्लाबुङको ७औं अंक लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हिजो सम्पन्न भएको छ ।

प्रकाशनका प्रमुख राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हेमकुमार लावतीको बाहुलीबाट सो पत्रिकाको लोकार्पण गरिएको थियो । कार्यक्रम याउमा तेइ स्थित कम्यूनिटी भवनको एक सभाहलमा सम्पन्न गरिएको थियो। साब्लाबुङ्का प्रबन्ध ब्यवस्थापक नरेन्द्र गुरुङले उपस्थित सबैलाइ स्वागत मन्तब्य दिनु भएको थियो भने, साब्लाबुङका उपसम्पादक डिवी पालुङ्वाले सञ्चालन गरेको कार्यक्रममा हङकङ स्थित नेपाली समाजका नेत्रित्वदायी व्यक्ति  व्यक्तित्वहरु र साहित्यकार साहित्य अनुरागिहरुको आतिथ्यपूर्ण उपस्थिति रहेको थियो ।

यसै कार्यक्रममा सब्लाबुङले स्वदेश (नेपाल) कालागि पुस्तकालय अभियान घोषणा पत्र पुस्तकालय अभियान समन्वय समितीका सदस्य हर्क रानाले गर्नु भयो । यहि क्रममा घोषणापत्र प्रस्तुत गर्दै ''एक व्यक्ति एक पुस्तक'' अन्तर्गत (क) घरमा पुस्तकालय (ख) गाउँटोलमा पुस्तकालय (ग) शैक्षिक संस्थामा पुस्तकालय निर्माण अभियान तिव्रताकासाथ गर्ने सब्लाबुङ प्रकाशनले जानकारी गरायो ।  

हङकङ बाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ बारे सहित्यकार तथा कवि बज्र कुमार थुलुङले समिक्षा गर्नु भएको थियो । समिक्षा गर्ने क्रममा उहाँले विभिन्न तहका साहित्यकारदेखि डायस्पोरिक कवि/लेखकहरुको बिभिन्न साहित्यिक विधाका लेख/रचनाहरु समेटिएको १७६ पेजको यो अंक विशेष खुराकपूर्ण छ । र साब्लाबुङको आजीवन सदस्यको हैसियतले "पुस्तकालय अभियान" ले मूर्त लियोस् । सफलताको शुभकामनासहित सहयोगी सबैलाई धन्यवाद दिनु भयो । सोहि कार्यक्रममा प्रकाशन संस्था साब्लाबुङले आफ्ना आजीवन सदस्यहरुलाई मायाको चिनोस्वरुप करुवा प्रदान गर्नुकासाथै हङकङमा पुस्तकालय सञ्चालक गरि रहनु भएका तथा सहयोगीहरुलाई कदरपत्र प्रदान गर्यो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


साब्लाबुङ र पुस्तकालय अभियानको घोषणा - 2017-07-10

आषाढ २६ सोमबार, हङकङ ।साब्लाबुङ शब्द पुष्प प्रकाशनको साहित्यिक पत्रिका साब्लाबुङको ७औं अंक लोकार्पण तथा पुस्तकालय अभियान घोषणासभा कार्यक्रम हङकङमा हिजो सम्पन्न भएको छ ।

नेपाली सफल खेलाडीहरुलाई युएईमा सम्मान - 2017-06-27

आषाढ १३ मंगलवार, दुबई, युएई ।एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको सक्रियतामा हालै मात्र २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जेकेएस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यूएई – दुबई) खेल सम्पन्न भएको छ ।

हङकङ साहित्यिक साझा श्रृंखलाको “छैठौं वार्षिक उत्सव-२०१७” सम्पन्न - 2017-06-26

आषाढ १२ सोमबार, हङकङ ।विगत ५ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार विशेषतः हङकङबासी नेपाली हरुले साहित्यिक माहोलमा रमाउने वातवरण बनाउनु भएको छ ।

कुवेतबाट धुर्मुस-सुन्तलीको मुसहर बस्ती निर्माणमा दश लाख सहयोग - 2017-04-20

हेटौंडा अनलाईन धुर्मुससुन्तली फाउण्डेसनले निर्माण गरिरहेको महोत्तरीको बर्दिबास स्थित नमूना मुसहर बस्ति निर्माणमा कुवेतबासी नेपालीहरुले दश लाख सहयोग गरेका छन् |

अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907861 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top