The first website dedicated to the people of clean and green city Hetauda.
logo
अन्तरवार्ता

नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी



अन्तरवार्ता   190 पटक पढिएको   हेटौंडा अनलाईन संवाददाता   २०७४ बैशाख २६ मंगलवार  

हेटौंडा अनलाईन करिव दुई दशकको प्रतिक्षापछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा युवा उम्मेदवारहरुको गाउँठाउँ विकास र सम्पन्नताले हराभरा बनाउने आ-आफ्नै योजनाहरु छन् :
नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी

यसपटक 

४५९९ मतदाता भएको हेटौडा उपमहानगरपालिका वडा नं. ८ का जोसिला युवा उम्मेदवार धर्मराज पुडासैनीसँगको कुराकानीमा छौ । उहाँ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । 

तपाईको उम्मेदवारी के-का निम्ति ?

–हिजोको दिनमा पुराना नेताहरुले वडामा परिवर्ततन गर्न सकेनन्, खाली जनतालाई झुक्याउने र भोटको मात्र राजनीति गर्दै आए। जिते पछि समस्याहरुको समाधान भएन जस्ताको तस्तै रहे । खाली आफ्ना्े मान्छ् र वरिपरिको मान्छेलाई मात्र आफ्नो प्रवृति रह्यो । वडाको विकास भन्दा पैसाको राजनीति मात्र हुँदै आयो । 

मैले त्यसको अन्त्य गर्न र समग्र वडाको विकास गरी नमूना वडा बनाउने स्पष्ट भिजन ल्याएको छुँ । जनताको असल नेता बन्न को लागि पुरानो संस्कार तोड्दै नयाँ संस्कारको विकास गरी समग्र वडाको विकास गर्नको लागि मेरो उम्मेदवारी रहेको छ ।

विजय पश्चात तत्काल रुपमा नागरिकले अनुभूत गर्न सक्ने विकास र परिवर्तनका लागि मैले थुप्रै योजनाहरु बनाएको छु । जस्तो कि शिक्षामा गुणस्तर बृद्धिसगै, अतिरिक्त क्रियाकलापमा ध्यान दिँदै विद्यालयको जमिनमा खेलकुद स्थल निर्माण गरी उक्त स्थलमा विद्यालयमा असर नपर्नेगरी वडाका सम्पूर्ण युवाहरुको लागि खेलकुद संचालन गर्ने । सडकसँग जोडेको जमिनमा व्यवसायी भवन निर्माण गरी विद्यालयको आर्थिक स्तर बृद्धि गरिने । 

आवश्यक भवन र तालिम व्यवस्था गरी शिक्षकको सीप अभिवृद्धि सँगै कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यममा निशुल्क शिक्षा प्रदान गर्ने ।

युवाहरुको लागि खेलकुद एकेडेमी खोलिने, स्थानीय व्यापारी उद्योगपति अन्य व्यक्तिहरुसँग लगानी गर्ने वातावरण बनाई उनीहरुको लगानी सुरक्षित गरी घरेलु उद्योगहरुलाई प्रोत्साहन गरी आम वडाको बृद्धिको लागि रोजगारी सिर्जना गर्ने । 

बृद्धबृद्धाका लागि सम्पूर्ण उपचार निशुल्क  गरी घरमा बृद्धभत्ता बुझ्ने व्यवस्था मिलाउने । बृद्ध, अपाङ्ग अशक्तलाई निशुल्क यातायातको व्यवस्था मिलाउने । 

प्रत्येक नगरमा जनतको सुझाव पेटिका राख्ने

आम नागरिकलाई सुसूचित गर्न सामुदायिक ई –लाइवेरी व्यवस्था गर्ने । 

म होइन हामीको विकास गरी साझा अवधारणा ल्याई वडाको सम्पूर्ण विकास गर्ने । 

नगरविकासको जग्गामा बसेको बस्तीलाई नगरविकाससँग समन्वय गरी लालपुर्जाको व्यवस्था गर्ने । 

वडालाई भ्रष्टचारमुक्त पार्दै आफूलाई आउने सम्पूर्ण सुविधाहरु स्वास्थ्यकोष खडा गर्ने भ्रष्टचार गर्नु र आमाको रगत खानु वराबर हो भन्ने बचनबद्धता सहित कर्राखोलाको किनारमा पूर्वपश्चिम हरित सडक निर्माण गरी व्यवस्थित बनाइने। 

समस्या

बाटोघाटो, युवाको रोजगारी, बृद्धभत्ता, खानेपानीको समस्या, सुकुम्बासी बस्तीमा लालपुर्जाको समस्या, भूकम्पबाट पुर्ण क्षति भएका पीडितले राहत नपाएको। 

छुटेका केही कुरा,

पार्टी भन्दा पनि सक्षम उम्मेदवारी छान्नुप¥यो, स्थानीय तहमा वडालाई सही ढंगले लानको लागि साझा उम्मेदवार छान्नुप¥यो । समग्र विकासको लागि म हैन हामीको संस्कार सहितको साझा उम्मेदवारी छान्नुप¥यो । पुरानो नेतृत्वले खासै वडाको विकास गर्न नसकेको, त्यहि पुरानो अनुहारले नयाँ भन्दै भोट माग्दैछन त्यस्तालाई नभई  ।राम्रो युवा र समाजप्रति समर्पित दृद्ध संकल्प सहित होमिएको युवालाई छान्नुहोस् । 







भरखरै प्राप्त
धेरैले पढेको
सम्पर्क
हेडम्बा पब्लिकेशन प्रा.लि.
ठेगाना: हेटौडा, -११
मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np

हाम्रो समुह
महेन्द्र ओझा , संचालक, +977 -9841957389
नानीमैया बिष्ट, प्रधान-सम्पादक, +977 -9855018118
प्रमेश प्रधान, प्रविधि संयोजक, +977 -9845028275
इश्वोर न्यौपाने , संचालक, +977- 9845228120
शुभलक्ष्मी विश्वकर्मा, सह-सम्पादक, +977 -9855085123
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube

13224835   Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Top