The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

डा. केसीको सत्याग्रह र मौन सरकार


विचार/दृष्टिकोण 57 पटक पढिएको मिना श्रेष्ठ २०७४ श्रावन २५ बुधवार


डा. केसीको सत्याग्रह र मौन सरकार
श्रावन २५ बुधवार,हेटौंडा । ढुक्क भएर जनताले स्वस्थ्य सुबिधा लिन पाउनुपर्ने, चिकित्सा शिक्षा र स्वस्थ्य क्षेत्रको सुधार हुनुपर्ने लगायत अडानका साथ ७ बुँदे माग राखी डा. गोबिन्द केसी ११औं पटक आमरण अनसन बसेको आज १५ दिन भैसकेको छ ।

देश, जनता र चिकित्सा शिक्षा क्षेत्रको हितको निमित्त डा. केसी पटक-पटक मृत्यु सैयामा सुतेका हुन् । यसरी आन्दोलन गर्दा केसीको माग सम्बोधन गर्नुको साटो सरकार टालटुले काम कुरा गरिरहेको छ ।

स्वदेशमै एमबिबिएस गरेका विद्यार्थीहरु मेडिकल काउन्सिलको डाक्टरी लाइसेन्स परीक्षामा ३५ प्रतिशत फेल भएका छन् । रेमिटको आधारमा विद्यार्थी भर्ना नगरी निजी मेडिकल कलेजले धनी बाबुको बिगे्रको सन्तान भर्ती गरेको कारण यस्तो समस्या आएको हो । यो हालसम्मकै सबैभन्दा उच्च प्रतिशत मानिएको छ । आगामी समयमा यस्तो अवस्था हुन नदिन समयमै सरकारको ध्यान पुग्नुपर्ने हो । तर, विभिन्न दलका नेता नामका भ्रष्ट, दलालहरु मेडिकल माफियाहरुको एजेण्ड बनेर खडा भएका छन् । 

काउन्सिललाई कुन-कुन कलेजका कति-कति विद्यार्थी फेल भए भन्ने सार्वजनिक नगर्न दबाब दिरहेका छन् । नेताहरु यतिधेरै नांगो पाराले भ्रष्टचारमा देखिनुको कारण अत्यन्तै महंगो चुनाव पनि हुनसक्छ । यस्तो चुनाव प्रक्रियाको अन्त्य हुन जरुरी छ । साथै भ्रष्टाचार बिरुद्ध शून्य सहनशिलता अपनाउन आवश्यक छ । नत्र यस्ता भ्रष्टहरुले देश नै बेच्न पछि पर्ने छैनन् ।





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12907832 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top