The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

आलेख: मधेश मामिलामा वर्ग, क्षेत्र र जात


विचार/दृष्टिकोण 51 पटक पढिएको डा. कृष्ण पौडेल २०७४ भाद्र ०६ मंगलवार


आलेख: मधेश मामिलामा वर्ग, क्षेत्र र जात
भाद्र ०६ मंगलवार, हेटौंडा । यतिखेरको मुख्य समस्या भनेको जातीयभन्दा पनि वर्गीय हो। आर्थिक रूपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु प्रमुख आवश्यकता हो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समग्र मधेश एक प्रदेशको मुद्धा पुनः व्युताउन खोजिदैछ । सत्तारुढ माओवादीकेन्द्रका नेता मातृका यादवको पहलमा यही प्रयोजनका लागि केही दिनअघि आयोजित एक कार्यक्रमले मधेशी भ्वाइस एसेम्बलीसमेत गठन गरेको छ । यो प्रयास र एसेम्बलीमा स्वयम् माओवादीकेन्द्र अलावा मधेशकेन्द्रीत दल राष्ट्रिय जनता पार्टी, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी), नेपाल संघीय समाजवादी दल, नयां शक्तिलगायत दलका नेताहरु सामेल भएका छन । एसेम्बलीले समग्र मधेश एक प्रदेशसंग मधेशका अन्य सवालहरुलाई एकसाथ उठाउने कुरा गरिदैछ । २०६३/०६४ को पहिलो मधेश आन्दोलनको मुख्य विषयवस्तुको रुपमा अघि सारिएको र त्यही आन्दोलनको नायक एवम् त्यसपछि नेपालको राजनीतिमा क्षेत्रीय शक्तिको रुपमा उदाएको हाल उपेन्द्र यादव नेतृत्वका तात्कालिन मधेशी जनअधिकार फोरमले एक मधेश एक प्रदेशको मुद्धालाई छाडिसकेको छ । त्यही मुद्धा अनि मधेशको पहिचान र अधिकारको नाममा मूल फोरम टुक्रिने र धेरैवटा मधेशकेन्द्रीत दलहरु बन्ने सिलसिला नै चल्यो । फोरमपछि अर्को शक्तिको रुपमा उदय भएको तराईमधेश लोकतान्त्रिक पाटी (तमलोपा), २०४६/०४७ को परिवर्तनसंगै स्थापित भएको सदभावना पार्टीलगायतका छ वटा मधेशकेन्द्रीत दलहरु मिलेर केही महिनाअघि बनेको राष्ट्रिय जनता पार्टी पुनः विभाजनको संघारमा छ । ती सबै मधेशकेन्द्रीत दलहरु जो एक मधेश एक प्रदेशको नाराको जगमा स्थापित भई अघि बढेका थिए । ती सबै दलहरु समग्र प्रदेश एक प्रदेशको नाराबाट धेरै टाढा पुगिसकेका छन । माओवादीले आफनो प्रभाव विस्तार र स्वार्थसिद्धीका लागि प्रस्तुत गरेको जातीयताको आधारमा संघीयताको अवधारणा नै समग्र मधेश एक प्रदेशको आधार हो । जसबाट मुलुकलाई उतार्न धेरै कठिन भएको अवस्थामा पुनः यो मुद्धाको उल्झनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खतरा देखा पर्दैछ । 

मधेश आन्दोलनको पूर्वसन्ध्यामा जन्मिएको र आन्दोलनको अगुवाई अनि रापतापमा हुर्किएको उपेन्द्र यादव नेतृत्वको फोरम अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी राष्ट्रिय पार्टीसंगको एकीकरणपछि मधेशको क्षेत्रीय पार्टीबाट राष्ट्रिय पार्टीको रुपमा अघि बढन खोज्दैछ । पछिल्ला दिनहरुमा डा. बाबुराम भट्टराई नेतृत्वको नयां शक्ति नेपालसंगको एकता प्रयासले यो पार्टीलाई अझै परिष्कृत बनाउदैछ । त्यही फोरम फुटेर बनेको विजय गच्छेदार नेतृत्वको पार्टी पनि आफुलाई विभिन्न पार्टीहरुको एकताको नाममा मधेशबाट उठाउदै नेपाल लोकतान्त्रिक फोरममा रुपान्तरित गरेको छ । अर्थात यी यादव र गच्छेदारले आफुलाई मधेश र मधेशीको तहबाट माथि उठाउन कोशिश गरेका छन । त्यसैले मधेशमा उनीहरुको ग्ल्यामर केही हदसम्म घटेको छ । अहिले मधेश ग्ल्यामर केही हदसम्म राजपाले नै उठाउन खोज्दैछ । दोस्रो चरणको स्थानीय निर्वाचनमा मधेशको मांग पुरा नभएको बहाना बनाएर राजपाले भाग लिएन । निर्वाचनमा भाग लिएका दुवै फोरमप्रति मधेशमा राजपाले आक्रोश र आक्रमणको निशाना बनाएको थियो । एमाले र कांग्रेस अनि तीनका कार्यकर्ताहरु निशानामा पर्दै आएकोमा यसपटक आन्दोलनकारी राजपाको निशानामा उपेन्द्र यादवको पार्टी र कार्यकर्ताहरु परेका थिए । मधेशका नाममा जनतान्त्रिक र अनेकन् नामका दुई दर्जन हिंसात्मक शक्तिहरु पनि देखा परेका थिए । राजनीति भन्दा पनि खुला सीमानाको फाइदा उठाएर चन्दा र आतंकका क्रियाकलाप चलाएका कारण ती शक्तिहरु अस्तित्वमा रहिरहन सकेन । मधेशलाई सिंगो मुलुकको राष्ट्रियताबाट अलग बनाउदै छुट्टै राष्ट्र बनाउनका लागि डा. सिके राउतको अभियान अस्तित्वमा छ र आफनो प्रभाव विस्तारको कोशिशमा छ । मधेश मुद्धा यतिखेर नेपाललाई अस्थिर बनाउने खेलको कडी बनिरहेको छ । यो आन्तरिक मात्रै नभएर बाह्य चलखेलको विषय पनि बनेको छ । 

झापादेखि कञ्चनपुर एक प्रदेश हुन नसक्ने निष्कर्षमा सिंगो मुलुक पुगेको बखत सत्तारुढ दल माओवादीकेन्द्र नै पुनः यो मुद्धा व्युताउन लाग्नु आश्चर्यको विषय बनेको छ । सात दशक लामो संघर्ष विशेषतः २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्ति, दश वर्षे सशस्त्र विद्रोह अनि मधेश आन्दोलनको उपलव्धिस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान २०७२ ले मुलुकलाई सात प्रदेश स्थापित भएको छ । पूर्वदेखि पश्चिम तराईमधेशलाई छ वटा प्रदेशले छोएपनि मूलतः चार वटा प्रदेशमा विभाजित छ । गच्छेदार फोरमबाहेक मधेशकेन्द्रीत दलले संविधानमा स्वामित्व नलिएको अवस्थामा उनीहरुले यो अवस्थालाई नस्वीकार्नु स्वभाविक होला । पूर्वको झापा, मोरड्ड र सुनसरी अनि पश्चिममा कैलाली कञ्चनपुर शक्तिशाली आयोगमार्फत पछि टुंग्याउने एकखालको सहमति भएको थियो । मधेशकेन्द्रीत दलहरु अहिले मधेशलाई दुई वटा प्रदेशमा विभाजित गर्नुपर्ने पक्षमा छन । त्यही मांगकै पक्षपोषण हुने गरी नै प्रदेश नं. ५ को मधेश भूभागलाई अलग गर्ने गरेर आन्दोलनरत मधेशकेन्द्रीत दलहरुलाई खुशी पार्ने प्रयास सत्तारुढ कांग्रेस र माओवादीले गरेकै हुन । प्रमुख प्रतिपक्षी दलले संसद र सडक दुवैतिर आन्दोलन छेडेपछि फिर्ता लिन बाध्य हुनपरेको स्थिति हो । यतिखेर माओवादीले एक मधेश एक प्रदेशको सवाल मात्रै होइन, संविधानको पूर्ण कार्यान्वयन नहुदै कार्यकारी राष्ट्रपतिको पक्षमा अघि बढने निर्णय लिएको छ ।

सिंगो मधेश एक प्रदेश कुनै पनि हिसावले सम्भव छैन । हिमाली तथा पहाडी क्षेत्रलाई विभिन्न प्रदेशमा विभाजन गर्ने अनि आधा जनसंख्या भएको पूर्वपश्चिम लामो मधेशलाई एउटै प्रदेशमा राख्ने कुरा अर्थात झापा र कञ्चनपुरलाई प्रदेशको नाममा एकै ठाउमा ल्याउन खोज्नु असम्भव नै छ । संघीयताको आशय नागरिकलाई अधिकारसम्पन्न बनाउनु र राज्यको तर्फबाट दिइने सेवासुविधालाई सम्भव भएसम्म नजिक र घरदैलोमा पुर्याउनु हो । रणनीतिक रुपमा कसैको स्वार्थसिद्धीका लागि मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई दाउमा लाउने विषय स्वीकार्य हुन सक्दैन । हिजो निरंकुश, एकात्मक, सामन्ती, राजतन्त्रात्मक शासनप्रणालीको घनचक्करमा नेपाली जनता परेकै हुन । सिंगो मुलुक र सीमितबाहेक अधिकांश जनताले शोषण, दमन र उत्पीडन भोग्नुपर्यो । मधेश पछि पर्यो, मधेशी जनतामाथि विभेद भयो । कर्णाली, सुदुरपश्चिम, हिमाल र पहाड पनि पछि परेकै हो । संसारकै सुन्दर, स्रोतसाधनसम्पन्न र विकासको अथाह सम्भावना बोकेको मुलुक दोस्रो गरीवको रुपमा बदनामित हुन पुग्यो । शासनसत्ता मुलुकको परिवर्तन र समृद्धिका लागि हुन सकेन । लामो समय सामन्ती राजतन्त्र र त्यसका वरिपरी रहेका मुठीभरका शासकहरुको प्रभावमा मुलुक जकडिएको कारण विश्व परिवेशको परिवर्तन र विकासको पर्याप्त अनुभुति हुन सकेन । 

राजनीतिक एवम् भौगोलिक हिसावले प्रदेश र स्थानीय सरकारको अवधारणाले धेरै समस्या हल गर्ने प्रक्रियामा छ । यसपछि चाहे मधेश चाहे पहाड, चाहे पूर्व चाहे पश्चिम यतिखेर मुख्य समस्या भनेको जातीय भन्दा पनि वर्गीय हो । आर्थिक रुपमा पछि परेका र पारिएका नागरिक र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउनु हो । भौतिक पूर्वाधार र मानव सूचकहरुमा परिवर्तन ल्याएर जीवनपद्धतिमा परिवर्तन ल्याउनु हो । मधेशको मुख्य आवश्यकता भनेको शिक्षा, रोजगारी र क्षमता विकास हो । चेतनाको कमी र पुरातन मानसिकताको कारण मधेशमा महिलाहरुमाथि विभेद छ, दलित र पछि परेका समुदायमाथि जुन विभेद छ । त्यसको समूल अन्त्य गर्दै उनीहरुको क्षमता र सामथ्र्यता विकासमा ध्यान पुग्नु पर्दछ । वास्तविक मधेशी जनता अहिले पनि समग्र मधेश एक प्रदेशको पक्षमा छैनन । यो मांग मधेशको वास्तविक मांग पनि होइन । यसको पक्षमा कुरा गर्नु संघीयताको अस्वीकार हो । सबै प्रदेशमा निर्वाचन भएर पनि विशुद्ध मधेश प्रदेश नं. २ को स्थानीय निर्वाचन बांकी छ । असन्तुष्ट राजपालाई समेत विश्वासमा लिएर घोषित मिति अशोज २ गते निर्वाचन सम्पन्न गर्नु अहिलेको कार्यभार हो । स्थानीय तहको निर्वाचनको सम्पन्नतासंगै प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने दिशामा अघि बढन अग्रसर हुुनुपर्दछ । 

साभारः नागरिक दैनिक





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12901098 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top