The first website dedicated to the people of clean and green city Hetauda.
विचार/दृष्टिकोण

बिकाश र निकाशको निम्ति स्थानीय चुनाव


विचार/दृष्टिकोण 86 पटक पढिएको जयदेश श्रेष्ठ २०७४ बैशाख २१ बिहीवार


बिकाश र निकाशको निम्ति स्थानीय चुनाव
हेटौंडा अनलाईन योग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ ।

गणत्रान्त्रिक नेपाल लोकत्रान्त्रिक व्यवस्थामा स्थानीय चुनाव हुन लागेको छ । धेरै समय देखीको जन प्रतिनिधि बिहिन भएर जनस्तरमा सेवा सुरक्षा र विकास हुन सकिरहेको छैन । केन्द्र स्तरको चुनावले सरकार बनाउने र गिराउने धुनमा लागेर संविधान सभाको दोस्रो कार्यकालले लामो समयमा बनाएको संविधान समेत लागु गर्न नसकिएको अवस्थामा तराई आन्दोलनको मुद्धालाई थाती राखेर चुनाव घोषणा गरियो । अब आएर दुई चरणमा चुनावी प्रकूया अगाडी बढाउने भएको छ अब चुनावको तयारीको साथै प्रतिफल हेर्न बाँकी छ ।

सर्वा्धिक अधिकार जनता निहित भएको गणतन्त्रात्मक मताधिकारको अधिकार भएको व्यवस्थामा , जनचाहना अनुरूपका स्वच्छ छवि निस्वार्थ ईमान्दार व्यक्तिहरू पदमा पुग्नु पर्ने हो तर अहिलेको चुनाव र परिस्थितिले यो अवस्था देखिन्दैन ।

सत्ता भोगी नेताहरू पद र नैतिकताको दुरुपयोगबाट सुख सुविधा भोग गरिसकेको हुँदा पद र पावरको लोभमा पार्टी र शीर्ष नेताहरूको चाकरीमा लागेका देखिन्छन् । आफूले पद पाउने भए कुनै पार्टी सिदान्त सँग सरोकार राख्दैनन् । जन स्तरमा व्यक्ति छनोटमा विवाद भए पछि स्वार्थी नेताहरू जो टिकट पाउनको लागी दिन रात मरिहत्य गरी लेनदेनमा लाग्नेहरु पार्टीको निर्णयमा अनेकौ सौदाबाजी गरेर पनि टिकट पाउन थालेका छन् । पावरको भरमा चुनावी मैदानमा उत्रने नेताहरूलाई जनताहरुले भोट दिने हो ।

पार्टीले टिका लगाई दिएको नेताहरूले पार्टीको चुनाव चिन्हमा भोट माग्ने भए पछि जस्तै सुकै बेईमान र नकारात्मक छवि भएका व्यक्ति पनि चुनाव लडन पाएर जनता सामु आफू चोखिएर नैतिकवानको बिल्ला भिर्ने अवसर पाएका छन् । स्थानीय चुनाव गाँउ सहर बनाउने अभियानमा जनताहरुको चाहनाको नेता छान्ने भन्दा पार्टीले उठाएका व्यक्तिलाई जनताहरुले छनौट गर्ने अवसरको रूपमा यस चुनावलाई लिन सकिन्छ ।

पद र सत्ताको लागी जुनसुकै हर्कट गर्न पछि नपर्नेहरु बागी उमेरदार बन्ने धम्की दिएर पनि चुनावी टिकट हात पारेका छन् । भने अन्य पार्टीबाट आयातित धुलमुले नेताहरूले मौकाको फाइदा उठाउने सक्ने छन् । आफ्नो गाँउ सहरलाई व्यवस्थित बिकाशपथमा अघि बढाउने योग्य कर्मठशिल स्थानीय जिम्मेवार व्यक्तिहरूको खाँचो छ । पद पाएर पदको दुरुपयोग गर्ने व्यक्तिहरूलाई निरुत्साही बनाउनु पर्ने हो । जसको शक्ति उसको भक्ति भन्ने राजनीतिक अस्वस्थ खेलले आजको परिवेशमा नेताहरूले देश र जनताहरुको भलो गर्न सकिरहेको छैन ।

हाम्रो देश नेपाललाई निरङ्कुश राणा शासन र पन्चायत व्यवस्थाबाट मुक्त गरिएको भनिए पनि लोकतन्त्र भित्र जनताहरुले स्वतन्त्रता गाँस, बास, र कपासको व्यवस्था हुन सकिरहेको छैन । देशमा विकासको अनुभूति गर्न पाएको छैन । नेताहरूको प्रचारमुखी आश्वाशनले मात्र देश विकास हुन सक्दैन । देशभक्ती राष्ट्रियता प्रति माया हुनु पर्दछ । जनआन्दोलन २०४६ को सफलता खुसीयाली सभामा गिरिजा प्रसाद कोइरालाले खुलामञ्चमा यो जित पन्चहरुको पनि जित हो भनेर जन आन्दोलको उपलब्धिलाई उपहास गरेको हुँदा जनस्तरबाट हुटिङ गरेर गिरिजालाई बोल्दै दिएको थिएन ।

ठुलो विरोधको कारण गणेशमान सिहले पटक पटक माफी माग्नु परेको थियो । बहुदल पश्चात् देशमा सबै जसो मुख्य दलहरूले सरकार चलाउने अवसर पाएर पनि स्थिर र सक्षम सरकारको रूपमा कुनै पनि दलहरू आउन सकेनन् । त्यसैले पनि जनताहरुमाझ कुनै पनि पार्टी लोक प्रिय भएर जनताहरुको मन जित्न सकेको छैन । गिरिजा प्रसाद कोइराला भने आफ्नो बोलीमा सधैँ अडिक रहे । व्यवस्था र सिद्धान्तलाई हराएर त्यस भित्रका नेता ब्यक्ती भने कहिल्यै नहार्ने हुदा जुनसुकै पार्टीले सरकार चलाए पनि नेताहरु कहिल्यै हारेनन् । बहुदल पछि पनि पंन्चहरुले शासन चलाए । सत्ता प्राप्तिको लागी जुन सुकै विपक्ष पार्टीहरू सँग गठबन्धन सरकार चलाए ।

त्यसैले याहाँ कुनै पनि दलहरूको सिद्धान्त नराम्रो छैन । पार्टीहरूको घोषणा पत्र नराम्रो छैन । व्यवस्था नराम्रो होइन तर जुनसुकै पार्टीमा पनि योग्य, निस्वार्थ ईमानन्दार व्यक्तिहरूको खाँचो छ । योग्य व्यक्तिहरूले नै गाउँ सहर देश बनाउने हो । त्यसैले स्थानीय चुनावमा आफ्नो पार्टी, आफ्नो मान्छे मात्र हेर्ने होइन । राम्रो मान्छेलाई आफ्नो भनौ, योग्य, सक्षम राष्ट्र प्रेमी स्वच्छ छवि भएको व्यक्तिलाई आफ्नो मत दिएर विजय गराऔ । हामी नेपाली हाम्रो नेपाल भनेर स्वाभिमानी नेपाली भनेर बाँच्न र बाँच्न सक्ने आधार बनाऔ । भोलीको दिनमा हामी र हाम्रो संन्ततिहरु समूद्धि नेपाल देशका नागरिक भनेर बिश्वसामु गर्वले बाँच्न सकोस् । स्थानीय चुनाव सफलताका साथ संम्पन्न हुन सकोस् । देशको मुहार समृद्विमा फेर्न सकोस् सबैमा शुभकामना !





कमेन्टसहरु



अन्तरवार्ता

  • माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
    जेष्ठ २७ शनिवार, चितवन ।
    माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।
  • हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
    रीता ताम्राकार
    समाज सेवी एवं साहित्यकार रीता ताम्राकार कोशि अञ्चल संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोलमा बि.सं २०२२-०२-०९ मा पिता स्व.श्री सानुकाजी ताम्राकार तथा माता श्रीमति देवी माया ताम्राकार को जेठी सन्तान हुनुहुन्छ ।
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
    डा.झमक घिमिरे
    जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।

सूचना/जानकारी

बन महासंघको शुभकामना तथा चियापान

अशोक सुजन श्रेष्ठ
असोज ०९ सोमबार, हेटौंडा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरले बिजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११३८, छठ पर्व, ल्होसार र क्रिसमसको अवसरमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
नेपाल नाई ट्रेड युनियन बाराको बैठक सम्पन्न: सातैदिन सेवा सञ्चालन
सुप्रिया ढकाल

अबदेखी बाराका जिल्लाभरी नै बिहिबारपनि सैलुन सञ्चालन हुने भएको छ । सैलुन ब्यवसायीहरुको छातासंगठन नेपाल नाई ट्रेड युनियन बाराको निजगढमा बसेको बैठकले सेवाग्राहिको हितलाई मध्यनजर गर्दै यसैसातादेखी बिहिबार पनि सैलुन खोलेर सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।
सेतीनदीले बगाउँदा तीन मजदुर बेपत्ता
हेटौंडा अनलाइन

हिजो साँझ नुहाउने क्रममा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन् ।
सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धि सूचना ।
हेटौंडा अनलाइन

हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका साविकका ११ वटा वडा भित्र रहेका सामाजिक सुरक्षा भत्ता बितरणको लागि हेटौंडा उपमहानगरपालिकाले निम्न मिति र समय तोकेको छ ।


12868343 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top