Hetauda Online - म कहिल्यै बुढो हुन्न,बरु मर्छु
The first website dedicated to the people of clean and green city Hetauda.
अन्तरवार्ता

म कहिल्यै बुढो हुन्न,बरु मर्छु


अन्तरवार्ता 6 पटक पढिएको महेन्द्र ओझा २०७४ बैशाख ०३ आइतवार


म कहिल्यै बुढो हुन्न,बरु मर्छु
हेटौंडा अनलाईन बरिस्ठ संगीतकार मणिकमल क्षेत्री नेपाली साङ्गीतिक आकाशमा चिनाईरहनु पर्ने नाम होइन । भारतको दार्जीलिङ्गमा जन्मिएर जीवनभर नेपाली गीत सङ्गीतको आकाशमा होमिएका उहाँले नेपाली गीत सङ्गीतमा ठुलो गुन लगाउनुभएको छ।

मणिकमल क्षेत्रीले नेपालीभाषामा गाइएका १५ सय भन्दा बढीगीतमा संगीत भर्नुभएको छ । क्षेत्री भारतको दार्जीलिङ्ग राजबारीमा ७ मार्च १९४९ मा स्वर्गीय माता: रत्नमाया र स्वर्गीय: पिता नरसिंह क्षेत्रीको जेष्ठ सन्तान हुन । कला संगीतमा स्नातक गरेका उनि नेपाल आएपछि संगीतमा होमिए । सबल गुरुहरुको सिकाईलेनै कमजोर र निकम्मा संगीत गाउन र सिक्न कहिल्यै दिएन । आफ्ना “गुरु गोपाल योञ्जन सिकाउने क्रममा निकै कडा र प्रोत्साहित पार्न उस्तै सिपालु हुनुहुन्थ्यो” क्षेत्री गुरुलाई सम्झिनुहुन्छ । अरुणा लामाले सबै भन्दा बढि एउटै कुनै संगीतकारका गीत गाईन् त उनका गाईन् यो उनको दाबि मात्रै होइन सत्यपनी हो । लामा संग ३ दशकको भाईटिकाको नाताले उनलाई साख्यै माईती बनाईदियो । त्यसैले उनि अरुणा लामालाई दिदी सम्बोधन गर्छन् ।

“दिदीले मेरा संगीतमा ३६ वटा गीत गाउनु भएको छ ” एउटै संगीतकार संग यति बढि अरु संग छैन ।” 

नारायणगोपाल संगको सम्बन्ध भने सुखद रहेन । “दाई राष्ट्रिय नाचघरको जीएम हुदा म भेट्न आईरहन्थें,त्यहि बेला उहाँले मेरो संगीतमा गाउन ६ वटा गीत छान्नु भयो तर, त्यो योजना पूरा हुन नपाउँदै उहा बित्नु भयो ”  ति गित मैले कसैलाई गाउन दिएको छैन, सायद म आफै गाउछु होला ।”झण्डै डेढ दर्जन गीतमा मात्र आवाज दिएका मणिकमलले योजना सुनाउनुभयो । नयाँ पुस्ताका गायनशैली उहाँलाई मन परेकै छैन । “अचेल गाउने हरुले मेहनत गरेजस्तै लाग्दैन” उहाँले टिप्पणी गर्नुभयो “खाली गाउन पाए भइहाल्यो ,सुर एकातिर बगेको सुन्छु गाउने अर्कैतिर कुदि रहेको हुन्छ ।” पुरानो चलननै राम्रो सम्झदै उहाँ भन्नुहुन्छ मैले रेडियो नेपालमा एक बर्षको कुराइपछि पाएको ५ मिनेटमा बडो होसियारी पुर्वक गीत रेकर्ड गराएको “अहिले त प्रबिधिले पनि मान्छे लाई अल्छि बनायो । मेहनत गर्नै पर्दैन, एउटा गीत बिस,पच्चीस टेक लिएर गाए पनि भईहाल्छ,अनि गित गाउन किन साधना गर्छ र मान्छेले ।” 

बिदेशी सस्कृतिले मौलिक नेपाली पनमा छिरेर बिकृति पैदा गरेको छ । रिमेक र रिमिक्स संस्कृती उहाँलाई मनपरेको छैन । “क्षमता र प्रतिभा हुने त आफै पो गीत गाउनु र सृजना गर्नुपर्छ त” अर्काको नक्कल गर्नु र भएको सृजना भताभुङ्ग पार्नु पनि कला हो ? प्रति प्रश्न गर्दै उहाँलाई थप्नुभयो मुल सर्जकको अनुमति बिनानै पनि रिमिक्स गर्ने प्रचलन देख्दा त साधनाको क्षेत्रमापनि अनुशासनहिनता बढेजस्तो लाग्छ । दार्जीलिङ्ग सरकारको संस्कृती बिभागको निर्देशक पदबाट अबकाश पाएर नेपाल आएका उहाँ नेपालका प्रत्येक ढिस्का र पाखाहरुमा पर्यटकीय संस्कृतिक महत्व देख्नुहुन्छ र भन्छन यहाका सबै ईच्छा शक्ति भयोभने पाखा र फांटहरुमा सृजनाको फूल फुलाउन सकिन्छ । ६ दशक पारगर्नुभएको क्षेत्री सृजना र बुढ्यौलीको सम्बन्धमा बिश्वास गर्नुहुन्न । हिम्मत साथ भन्नुहुन्छ एकमुठि श्वास रहेसम्म संगीत र सृजना गरिरहन्छु । "म कहिल्यै बुढो हुन्न,बरु मर्छु" आफ्नो उत्तरलाई सहि दाबिगर्न थप्नुभयो “सर्जकहरु बुढो भएभने बुढेसकाल महशुुस गरियो भने मायाँ प्रेमका भाका कहाँ सृजना गर्न सकिन्छ र ।


अन्तरर्वार्ता अंश:

१. नेपाली संगीत क्षेत्रको बारेमा लेखिएका कुनै साहित्यक पुस्तक छन् ?

छ नेपाली कला संगीतमा पुस्तकको कमि महसुस भएर सङ्गीत शिक्षा नामको पुस्तक प्रकाशन भएको छ ।

२. संगीत क्षेत्रमा उम्रिदै गरेका मुनाहरुलाई पढ्न योग्य पुस्तक रचना गर्नुभएको छ ?

हाल म यो पुस्तक को तयारीमा छु । सरल भाषामा रहने पुस्तक जुनसुकै उमेरकालाई उपयोगी हुन्छ भन्ने मान्यता छ ।

३. नेपाली संगीतको आकार र स्थिति कस्तो छ ? केहि कारण खुलाउन सकिन्छ ?

पहिलाको दाँजोमा नेपाली संगीतको स्थर घटेको छ । स्टुडियो,प्रबिधि,तालिम,हरु त पुराना भन्दा अझै परिमार्जित छन । तर, स्तर खस्किदो हुनुमा मान्छेले मनले गाउन छोडेर सोख र चर्चित बन्नको निम्ति प्रयोग गरेर होकि जस्तो लाग्छ ।

४. तपाईंको अनुभवमा नेपाली गित,संगीत कस्तो रचिनुपर्छ ? स्तरीयता मापन गर्ने कुनै सांगीतिक जमात छ ?

नेपाली गित,संगीत मौलिक हुनुपर्छ ! छ नि संगीतको इतिहास हेर्दा १९६० को दशकलाई स्वर्णिम युग मान्न सकिन्छः । त्यो समयका गायक हरुमा तारादेवी,अरुणा लामा, नारायण गोपाल,गोपाल योन्जन,मान सिंह थुलुङ,भक्तराज,कुमार सुब्बा,लाई लिन सकिन्छ यि कालजयी स्वर: लाई कसैले भुल्न सक्छ ।

५. समग्रमा संगीतकार र श्रोताबीच कस्तो प्रकारको सम्बन्ध अन्तर्निहित रहेको हुन्छ ?

हाड र मासु जस्तो एउटा अशल संगीतकारले सृजनालाई संगीत भर्दा आफ्नो फिलिंङ्गमा भर्छ समग्र फिलिंङ्गभरि उ आफै श्रोता बनेर भरेको त्यो संगीत पुन: श्रोतालाई फर्काई दिन्छ नासो सम्झेर ।

६.नेपालको भूगोलभन्दा बाहिर भारतको दार्जीलिङ्गमा जन्मिएर यतिधेरै नेपालीपन कसरी सम्भब ?

कुनै चिजको महत्व त्यो बस्तुको अभावमा मात्र थाहा हुन्छ । “हाम्रो देश छैन” त्यसैले नेपालाई हामी आफ्नो देशको रुपमा हेर्छौ । नेपालीलाई दु:ख पर्दा हामीलाई दुख्छ ।

७.गित,संगीत क्षेत्रमा संलग्न हुनुहुन्छ । नेपाली संगीतक्षेत्रमा आएका केहि नयाँपन भए बुझ्न सक्छु ?

पुरानो नेपाली मौलिकपन गुमेको छ । फेसन प्रचारप्रसार आधुनिकीकरण र ब्यबसायीकरण राम्रो पक्ष हो । चर्चित हुन शोखले महिनामा दुई तिन वोटा एल्बम निकाल्नु र गायन शैलीमा पास्चात्य पन छिर्नु नराम्रो पक्ष हो ।

८. अनेकौ मौलिक पर्ब विशेष आउने गित संगीतको विकृतिलाई कसरी निर्मुल पार्न सकिन्छ ?

यो लोकगित अन्तर्गत पर्ने कुराहो समाजलाई नकारात्मक प्रभाब पार्ने कुरामा ध्यान दिनुपर्छ । लोकगित क्षेत्र गएको १० साल ठुलै फड्को मारेको छ । सर्जक हरुले मौलिकतामा ध्यान दिनुपर्ने देखिन्छ ।

९. समयको गतिसँगै संगीत र सस्कृति सहज भएर बग्न सकेको छ कि छैन ?

समयको गतिसँगै संगीत र सस्कृति परिमार्जन हुनुपर्छ तर मौलिकता भने मार्नुहुन् नत्र नेपालीपन खै कहाँ रहन्छ ।

१०. नेपाली संगीतक्षेत्रमा तपाइको अनुभब कति समयको हो ?

मेरो नेपाली संगीतक्षेत्रमा ५४ बर्ष लामो यात्रा छ ।

११. संगीतले समाजलाई जागरणको सन्देश दिन्छ । यसमा तपाईंको निजी र मौलिक अभिमत कस्तो छ ?

दिन्छ नि ! संगीत उर्जा हो । बिद्रोही हरु परिबर्तनको नारा संगीतमा उनेर गाउँछन् राष्ट्र भक्तहरु स्वदेश गानमा रमाउंछन् हाम्रो रास्ट्रिय गितले जागरणको सन्देश दिदैन त सुतेकालाई ब्युझाउँन संगीतले मुख्य भूमिका खेल्छ ।

१२. संगीतले मन र मस्तिष्कको भोक मेटाउँछ भन्छननि तपाईं के भन्नुहुन्छ ?

हो नि संगीतले रोगीहरूको उपचार पनि गरिदैछ थुप्रैमुलुक ले यो तरिका अपनाएर रोगीको मनस्थितिमा सुधार ल्याएका छन् ।

१३. तपाईलाई सङ्गीत सिकाउने सङ्गीतगुरु को हुनुहुन्थ्यो ?

म कलकत्ता मा हुदाँ टि.एल. राणा पछि दार्जलिंग मा शरण प्रधान र गोपाल योन्जन

१४. जिबनको यतिधेरै मेहनतको पछाडी कसैको हात हुन्छ भन्छन । तपाईको प्रेरणाको स्रोत कसलाई लिनुहुन्छ ?

जो जसले मेरो गित सङ्गीत मन पराउनु भयो ।

१५. मुख्यतः तपाईले सङ्गीत भर्नुभएको गित कुन प्रकारको हो आधुनिक,लोक,लोकपप अन्य ?

विशेष सुगम संगीतमा आधारित अनि, लोक आधारित भजन र स्वदेश गान छन् ।

१६. तपाईंले आजसम्म कतिवटा गीतमा सङ्गीत भरिसक्नुभयो संक्षिप्तमा प्रकाश पारिदिनु हुन्छ कि ?

मैले आजसम्म १५ सय भन्दा बढि गितमा संगीत भरेको छु ।

१७. अबको सङ्गेतिक आकाशामा मणिकमलको भूमिका कस्तो रहने छ ?

आउने जेनेरेशनलाई सहि बाटोमा लानुपर्ने काम छ । मेरो जिबनमा छदै दोश्रो मणिकमल खोज्नु छ , पुस्ता हस्तान्तरण गर्नुपरेन

१८. अन्त्यमा यो अन्तरबार्ता पढ्ने पाठक हरुलाई तपाईको मनमा लागेका कुराहरु भन्नु छ ?

विशेष सङ्गीत क्षेत्रमा लाग्नुहुने भाईबैनिलाई मेरो सुझाव पहिला त एक अशल गुरु चाहिन्छ । सङ्गीत साधना हो, निरन्तरता चाहिन्छ ।

१९. आगामी पुस्ताले मणिकमललाई हेरेर सिक्ने केहि कुरा भए ?

आगामी दिनमा आउने मेरो पुस्तकमा थुप्रै सिक्ने कुराहरु संग्रहित गराउने छु 

२०.बिदेशी भूमिमा जिबन बिताएपनी कर्मले नशा-नशामा नेपाल छ । नेपाल सरकारले तपाइहरुको नेपाली कला,साहित्य,सङ्गीत क्षेत्रको योगदानप्रति खासैचासो देखाएन केहि गुनासो छ ?

हामी प्रबाशीभएरपनि नेपाली कला साहित्य सङ्गीतको क्षेत्रमा निरन्तर साधनारत छौ । साथै आजन्म गरिरहनेछौ विशेष गरेर हामी इन्द्र बहादुर राई,कर्मा योन्जन,शान्ति ठटाल मणिकमल क्षेत्री लगाएतका नेपाली भाषा साहित्य ,कला,सङ्गीत क्षेत्रको स्थरलाई उत्थानको निमित्त योगदान दिएकाले मानार्थ भएपनि नेपाली नागरिकता दिने व्यवस्था नेपाल सरकारले गरे हुनेथियो भन्ने लागेको छ । स्रोत: नव साहित्य





कमेन्टसहरु





12747730 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top