मकवानपुरको गन्तव्यहरूको सङ्क्षिप्त परिचय

तस्बिर: शैलेस मानन्धर

ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक मनोरम पर्यटकीय गन्तव्यहरूको सङ्क्षिप्त परिचय

मकवानपुरे परिदृश्य
माकन्दपुरबाट अपभ्रंश भई नामकरण भएको मकवानपुर, ऐतिहासिक सेनवंशीय पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, बहुजातीय सांस्कृतिक एवम् भाषिक विविधता, बहुधार्मिक तीर्थस्थलको महŒव समेटेको र नमुना जलविद्युत केन्द्रसहित औद्योगिक विकासतर्फ अग्रसर यो जिल्ला मुलुकको मध्यभागमा अवस्थित छ । विश्व भूगोलको ८४०४१’ देखि ८५०३१’ पूर्वी देशान्तरसम्म र २७०१०’ देखि २७०४०’ उत्तरी अक्षांश बीच हात्तीढुङ्गाको १६६ मी.बाट उकालिँदै सिमभन्ज्याङको २५८४ मी. उचाइसम्मको २४२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर रहेको छ ।

उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा चुरेभावर एवम् समथल भूभाग ओगटेको यस जिल्लामा वि.सं. २०६८ सालको जनगणना अनुसार करिब ४ लाख २८ हजार जनसङ्ख्या रहेको छ । अल्पसङ्ख्यक समेत यहाँ ८० विविध जातजातिहरू पाइन्छन् ।

काठमाडौँ र ललितपुर जिल्लाको दक्षिण साँधमा जोडिएको हुँदा केही घन्टाकै यात्रामा यो पर्यटकीय जिल्लामा आइपुग्न सकिने र पर्वतीय सौन्दर्यको अवलोकन गर्दै दक्षिणको उष्ण क्षेत्रीय जङ्गलमा हात्ती चढेर गैंडा, बाघ, आदि वन्यजन्तु हेर्न सजिलै पुग्न सकिन्छ । मकवानपुर जैविक विविधता अध्ययनका लागि एक खुल्ला विश्वविद्यालय पनि हो । जडिबुटी, वनस्पति लालीगुराँस र सुनगाभाको धनी यो जिल्ला आश्चर्यजनक भूबनोट र जिज्ञासा जगाउने जनजातीय स्वरूपका कारण अनौठो रहेको छ । समशीतोष्ण हावापानी रहेको यस जिल्लाको सदरमुकामबाट करिब ५० कि.मि. उत्तर जाँदा हिउँ पर्ने हावापानी र ५० कि.मि. दक्षिण जाँदा उष्ण हावापानी पाइन्छ ।

मकवानपुरका पर्यटकीय क्षेत्रहरू

इन्द्रसरोवर (कुलेखानी-मार्खु गाविस):
मार्खु र कुलेखानी गाविस अन्तर्गत गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय (इन्द्रसरोवर) आफैँमा एक नौलो नमुना हो । ७ कि.मी. क्षेत्रफलमा फैलिएको मानव निर्मित इन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ । यो स्थल जलविहार तथा माछा पालनको लागि पनि प्रसिद्ध छ । सिमभन्ज्याङ र दामन भ्युटावरबाट पैदल यात्रा गर्दै यहाँ आउन सकिन्छ ।

चिसापानी गढी र कालीतोप:
(हेटौँडाबाट २९ कि.मि. उत्तर) तत्कालीन राजकीय परिवेशमा सुरक्षा जाँच चौकी, राहदानी चेकपोस्ट तथा सामरिक महत्वको चिसापानी रहेको रहस्यमय बटुक भैरव मन्दिर र आफ्नो भयानक गर्जन र भारतको रक्सौलसम्म प्रहार क्षमता रहेको कालीतोपको जादुइ कथा, यत्रतत्र छरिएर रहेको कार्तुस तथा गोलाहरू आज पनि यस गढीभित्र देख्न सकिन्छ ।

सहिद स्मारक (हेटौंडाबाट ७ कि.मी. पश्चिम):
नेपालको राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आप्mनो जीवन उत्सर्ग गर्ने सहिदहरुको प्रतीकस्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदी स्थापना गरिएको सहिद स्मारक यथार्थतामा जनस्तरबाट निर्माण गरिएको एक अद्वितीय धरोहरको रूपमा स्वीकार गरिएको छ । जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षक उद्यान, दृश्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बालउद्यान, स्वीमिङपुल आदिको पूर्वाधारयुक्त यस सहिद स्मारकमा देशका विभिन्न स्थानहरूबाट र मित्रराष्ट्र भारतको सीमाक्षेत्रका पर्यटकहरूका लागि उपयुक्त गन्तव्य स्थल भएको छ ।

कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा):
हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदीको सङ्गम स्थलमा कुष्माण्ड सरोवर अवस्थित छ । तीन नदीको सङगममा बसेर कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त गरेको भनी स्कन्द पुराणको हिमवत खण्डको ७६ औँ श्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतीको स्थापना गरी १०८ गौमुखी धारा स्थापना गरिएको छ । यहाँ माघ स्नान गर्ने र कार्तिक महिनामा कुभिन्डो दान गर्ने प्रचलन छ ।

पुष्पलाल पार्क:
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैँचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस स्थानमा नगरपालिकाको सहयोगमा नगरकै ठूलो पुष्पलाल स्मृति पुस्तकालय समेत सञ्चालित छ ।

वनस्खण्डी:
हेटौंडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणीय स्थान हो । पहाडको फेदी र हराभरा वनजङगलको बीच स्थापना गरिएको यस क्षेत्रमा दसैंको फूलपाती भि†याउने कार्य अति नै रमाइलो ढङ्गले गरिन्छ ।

ऐतिहासिक मकवानपुर गढी (हेटौँडाबाट १२ कि.मि. पूर्व उत्तर):
आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको मकवापुरगढी हेटौँडा नगरबाट १२ कि.मि. उत्तर–पूर्व गढी गाविसमा पर्दछ । परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुर गढीले तत्कालीन समयको सामरिक महŒव तथा सुरक्षात्मक दूरदर्शिता झल्काइरहेको देखिन्छ । अझ यहाँ स्थापना गरिएको सिंगमरमरको सिक्रीले बाँंधेको वंशीगोपालको मूर्ति पनि उत्तिकै दर्शनीय छ । गढी क्षेत्रमा होमस्टेको व्यवस्था पनि छ ।

मनकामना मन्दिर:
यो मन्दिर हेटौँडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौँडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र हिन्दुहरूको पवित्र मन्दिर रहिआएको छ । यहाँ प्रत्येक बिहान प्रभातफेरी गर्दै दर्शनार्थीहरूको घुइँचो पुग्ने गर्दछ ।

मकवानपुर गढी गाविस ९ र हेटौँडा नगरपालिका ५ सीमाना नजिकै उच्च भागमा रहेको मनकामना मन्दिर वि.सं. २०१६ सालमा स्थापनाम गरेको पाईन्छ । हेटौँडाको मुख्य बजार क्षेत्रबाट १ घण्टाको पैदल यात्रामा पुगिने उक्त धार्मिक एव. पर्यटकीय क्षेत्रमा जिल्ला भित्र तथा जिल्ला बाहिरका भक्तजन र पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

भुटनदेवी मन्दिर
भुटनदेवी मन्दिर हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मालम्बी एवं पर्यंटकहरूको भीड लाग्ने गर्दछ ।

हेटौँडा औद्योगिक क्षेत्र
वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य क्षेत्रका व्यक्तिहरूको रोजगारीका लागि मुख्य श्रोत रहेको छ ।

मत्स्य विकास केन्द्र
नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन् । यस क्षेत्रमा हिउँदताका आगन्तुक चराहरू आउने गर्दछन् । राप्ती नदीमा आईबिसबिल जस्ता दुर्लभ चराहरू समेतको अवलोकन गर्न सकिन्छ ।

वन विज्ञान सङ्ग्राहलय
वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्रालय हेटौँडा बजारबाट १ कि. मि. दक्षिण तर्फ अवस्थित छ ।

१३) मठ मन्दिरहरू
हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिईन्छ । त्यस्तै हिन्दुहरूका आराध्या देव पशुपतिको मन्दिर समेत हेटौँडाको मध्यभाग वडा नं. ४ मा प्रतिस्थापित छ । भैरवडाँडामा पाथिभरा देवीको मन्दिर, हेटौँडा–वीरगञ्ज मार्गको बीचमा पर्ने चुरे श्रृङखलामा राणाकालमा निर्मित नेपालको पहिलो सुरुङमार्गको दक्षिणी मोहडामा हिन्दुहरूको प्रसिद्धशक्तिपिठ चुरियामाईको मन्दिर रहेको छ । मकवानपुर जिल्लाका विभिन्न गाविसमा बौद्ध गुम्बा स्तुपाहरू पनि थप्रै छन् । हेउमनपा–११, नवलपुरको पुण्यक्षेत्रमा शयनमुद्राको नारायणको आकर्षक शिला रहेको छ ।

गुम्बा डाँडा

जोरेथुम पार्क

चुरीयामाई मन्दिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here