विष्णुकुण्ड पोखरी, डाँडाखर्क

हेटौडा अनलाईन मकवानपुरको डाँडाखर्कको विष्णुकुण्ड पोखरी ऐतिहासिक पोखरी हो जुन पोखरीको नामबाटै त्यो ठाउँको नाम बैकुण्ठ हुन गएकोछ । पोखरीको विषेशता वर्षात्को पानीको भरमा नै त्यो पोखरी कहिल्यै नसुक्ने मुहानरहित पोखरी हो ।

स्थानीय वृद्ध हर्कबहादुरका अनुसार कुण्ड सुकेमा गाउँमा अनिकाल लाग्ने रोगव्याध भएर दुख दिने कार्य हुन्छ । पहिला त्यो कुण्ड निकै गहिरो थियो अहिले त्यो पुरिने अवस्थामा छ । यसको संरक्षण गरी पर्यटकीय बनाउनका लागि अहिले स्थानीय वासिन्दाहरु जुटेका छन् । यसको संरक्षणको निम्ति सम्बन्धित निकाय र जि.बि.स मकवानपुरको ध्यानजान जरुरी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here