मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:
देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हु“दै मकवानपुर भएको हो भन्ने जनश्रुति यहा“ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची–महाकालीलाई राजधानीसँग जोड्ने सेतुको रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्गको निर्माणले केही ओझेलमा पर्न गएको छ ।

उत्तरतर्फ महाभारत शृङ्खला र दक्षिणतर्फ चुरेपर्वत (सिवालिक पहाड) को काखमा यो जिल्ला अवस्थित छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यो जिल्ला राजधानी काठमाडौं र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ । यस जिल्लाको सदरमुकाम हेटौंंडाबाट कुलेखानी–फाखेल, चित्लाङ–थानकोट र कुलेखानी–सिस्नेरी हु“दै छोटो समय (४ घण्टा) मै काठमाडौं पुग्ने वैकल्पिक ग्रामीण मार्गहरु पनि संचालनमा रहेका छन् ।

देशकै जल विद्युत परियोजनाको मेरुदण्डको रुपमा रहेको कुलेखानी जल विद्युत प्रथम र दोस्रो सम्पन्न भइसकेको र तेस्रो निर्माणको अन्तिम चरणमा रहेको यथार्थ सर्वविदितै छ यस्तै देशकै पुरानो र तेस्रो ठूलो औद्योगिक क्षेत्र यस जिल्लामा पर्दछ । यहा“ बहुराष्ट्रिय निगमहरु तथा २ वटा ठूला सिमेन्ट कारखाना गरी ठूला तथा साना ८२ वटा कल कारखानाहरु छन् । यस जिल्लाको ७५% भू–भाग पहाडले ढाकेको छ । यहा“ थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन् । यहा“को शान्त सीतल वातावरणले जोकोहीको मन जित्न सक्दछ। सेन वंशीय राजाहरुको दरबार मकवानपुरगढी (पृथ्वीनारायण शाहको ससुराली), सामारिक दृष्टिले महत्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक आदिले यस जिल्लाको सौन्दर्य अझ बढाएको छ । त्यसैगरी भैंसे गा.वि.स. देखि उत्तरतर्फको छोटो–छोटो दुरीमा पाइने जैविक विविधता, चिसो हावापानी, लालीगुरा“स, सुनगाभा र विविध किसिमका जडिबुटीहरुको प्रचुरताले यो क्षेत्र प्राकृतिक सङ्ग्राहलयको रुपमा लिन सकिन्छ ।

२. ऐतिहासिक पक्ष:
यस जिल्लाको सामाजिक, धार्मिक, सा“स्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न । किम्बदन्ती र फाटफुट निस्केका लेखहरु अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसङ्गमा आउने गरेको छ । वनबासको क्रममा पा“च पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ । हेडम्बा राक्षसकी बहिनी भुटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भुटनीको नामबाट हेटौंडाको प्रसिद्ध मन्दिर भुटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ ।

यस जिल्लामा आदिवासी जनजातिको रुपमा रहेका राई (दनुवार) जातिहरु दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार हजार वर्ष अघिदेखि नै बसोबास रहेको भनाई छ । तत्कालिन समयमा फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरुको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतिनी गाविसमा तामा· जातिहरुको घिसि· राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामा· जातिहरुको बाहुल्य त्यसको सवुत हुन सक्दछ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण चित्ला· गाविसमा फेला परेको सिलालेखले पनि मकवानपुर जिल्लाको ऐतिहासिक पक्ष समृद्ध रहेको विश्वास गर्न सकिन्छ ।

अशोक सम्राट नेपालको भ्रमणमा आउ“दा चिनो स्वरुप स्थापना गरिएको अशोक चैत्य, शिवालयहरु, पालु· र बज्रबाराही क्षेत्रमा फेला पारिएका विभिन्न प्राचिन औजार, मूर्ति, गोपाल तथा महिषपाल वंशीहरुका सन्ततिका रुपमा रहेका गोपाली जाति आदिले मकवानपुर जिल्ला प्राचिनकालदेखि नै एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पुष्टि गर्दछ ।

३. भौगोलिक अवस्थिति:
मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ । पूर्व साघुरो हु“दै पश्चिम तर्फ बेलुन फुलेझै फुकेको आकारमा छ । विश्व भूगोलको ८४० ४१’ देखि ८५० ३१’ पूर्वी देशान्तरसम्म र २७० १०’ देखि २७० ४०’ उत्तरी अक्षांशको बीच भागमा अवस्थित यो जिल्ला २४२६ वर्ग किमि क्षेत्रफलमा फैलिएर रहेको छ । यस जिल्लाले नेपाल अधिराज्यको कूल क्षेत्रफलको १.६५५ भाग ओगटेको छ ।

नौ जिल्लाहरुस“ग सीमावद्ध भएर रहेको यस जिल्लाको पूर्वमा काभ्रे र सिन्धुली जिल्लाहरु पर्दछन् भने पश्चिमतर्फ चितवन र धादि· जिल्लाहरु रहेका छन् । त्यसैगरी उत्तर काठमाण्डौं र ललितपुरहरु पर्दछन् भने दक्षिणतर्फ पर्सा, बारा र रौतहट जिल्लाहरु रहेका छन् ।

क्षेत्रफलको दृष्टिकोणले यस जिल्लाको सबैभन्दा ठूलो गाविस मनहरी हो । यस गाविसको क्षेत्रफल २५६.५७ वर्ग किमि छ । सबैभन्दा सानो गाविस कोगटे हो र यसको क्षेत्रफल १०.३५ वर्ग किमि मात्र रहेको छ । जनघनत्वको आधारमा सबैभन्दा बढी जनघनत्व भएको गाविस मकवानपुरगढी हो भने सबैभन्दा कम जनघनत्व भएको गाविस धियाल हो ।

४. राजनीतिक विभाजन:
मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्दछ । यस जिल्लाको सदरमुकाम हेटौंडा हो । २०४३ सालमा हेटौंडालाई सदरमुकाम बनाइएको हो । यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो । मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रुपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरु यहा“ स्थानान्तरण हुने क्रम बढ्दो छ ।

२०६८ सालको जनगणना अनुसार यस जिल्लाको औसत वार्षिक जनसंख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ जुन ५८ सालको जनसंख्या वृद्धिको तुलनामा १.५१ प्रतिशतले घटेको छ । एक परिवारमा सरदर ४.८८ जना सदस्यहरु रहने
गरेको तथ्याड्ढले देखाउँछ ।

५. जनसाङ्ख्यिक स्थिति:
२०६८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसंख्या ४,२०,४७७ रहेको छ जसमध्ये महिलाहरु ५०.८५ प्रतिशत छन् ।

२०६८ सालको जनगणना अनुसार यस जिल्लाको औसत वार्षिक जनसंख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ जुन ५८ सालको जनसंख्या वृद्धिको तुलनामा १.५१ प्रतिशतले घटेको छ । एक परिवारमा सरदर ४.८८ जना सदस्यहरु रहने
गरेको तथ्याड्ढले देखाउँछ ।

६. प्राकृतिक स्वरुप:
यो जिल्ला मध्य पहाडी जिल्ला हो । यहा“को ७५% भू–भाग पहाडले ढाकेको छ । शिशिर याममा हिउ“ पर्ने २५८४ मिटरको उच्च भू–भाग (दामन गाविसको सिमभञ्ज्या·) देखि दक्षिणतर्फ समुद्री सतहको १६६ मिटरसम्मको होचो भू–भाग (राईगाउँ गाविसको हात्तीढु·ा) यहा“ पाईन्छ ।

मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ । यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रुपमा पनि चिन्न सकिन्छ । छोटो दूरी तथा सानो भू–भागमा पनि ठूलो वातावरणीय विविधताको शृंखला रहेको भैंसेदेखि सिमभन्ज्या·सम्मको उचाईमा ९० जाति (जेनेरा) को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाईन्छ ।

७. हावापानी:
जिल्लाको धरातलीय विविधता सँगसँगै यहा“को हावापानीमा पनि निकै विविधता पाइन्छ । यहा“ मुख्यतया ३ किसिमको हावापानी पाईन्छ जसमा दक्षिणतर्फ चुरे शृङ्खलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फ समशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाईन्छ ।

यस जिल्लामा वार्षिक सरदर २५३५ मिलि लिटर वर्षा हुन्छ । यो अंक नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अंक हो । जाडो महिनाको पुस माघमा न्यूनतम १६.६० से. तापक्रम पाईन्छ भने गर्मीयामको वैशाख जेठमा अधिकतम ३०.३० से. तापक्रम पाईन्छ ।

८. नदी नाला/ताल:
यस जिल्लालाई जलाधारको रुपमा चार जलाधार क्षेत्र र १२५ उप–जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र लोथर हुन् । यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमा नदीको रुपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फ बग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमा नदी लोथर यस जिल्लाका प्रमुख नदीहरु हुन् । यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रुपमा रहेको छ । यो कुलेखानी र मार्खु गाउँ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ ।

स्थायी पानीको स्रोतको अभाव रहेको यी नदीहरुमा वर्षात्को समयमा बाढीको रुपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउ“दमा ज्यादै कम पानी बग्ने गर्दछ ।

९. भू–उपयोग:
यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमिन ६१४८९ हे. (२५.१५%), झाँडी, घाँसे मैदान ४९६८ हे. (२.०३%), खोलानाला तथा बगर १६७१० हे. (६.८३%), वन क्षेत्र १४४५५८ हे. (५९.१४%), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ । जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ ।

१०. मुख्य पर्वत शृङ्खला:
चन्द्रागिरी: फाखेल गाविसदेखि टिष्टु· गाविससम्म
महाभारत: बेतिनी गाविसदेखि खैरा· गाविससम्म
चुरे: राईगाउँ गाविसदेखि मनहरी गाविससम्म

११. पेशा
२०६८ को जनगणना अनुसार मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहा“का मानिसहरुको मुख्य पेशा कृषि नै हो । यहा“को कूल जनसंख्या मध्ये ७६% कृषिमा र १७.३% गैर कृषिमा संलग्न छन् । आर्थिक रुपले सक्रिय जनसंख्याको ६५% कृषिमा र ३५% जनसंख्या गैर कृषि पेशामा संलग्न छन् ।

१२. जाति:
२०६८ को जन गणना अनुसार मकवानपुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरुको एउटा फूलबारी हो । यो जिल्ला तामा· जातिको बाहुल्य भएको जिल्ला हो । यहा“ ४७.८२% तामा· छन् । ७०% भन्दा बढी जनजातिहरुको बसोबास रहेको छ । तामा· जाति पछि दोश्रो स्थानमा ब्राम्हण १४.९%, तेश्रोमा क्षेत्री १०.७१%, चौथोमा नेवार ६.२१%, पा“चौमा चेपा· ४.५७% र छैठौंमा मगर ४.५१% आदि विभिन्न जातजाति प्रमुख रुपमा रहेको छन् । कामि २.८८, राई १.९०, दमाई ०.८३, माझी ०.७६ र अन्य ५.७३ रहेका छन् । जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ ।

१३. धर्म:
२०६८ को जनगणना अनुसार यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन् । तामाङ जातिको बाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरु बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरु न्यून रहेको पाईन्छ । यस जिल्लामा हिन्दूधर्मावलम्वीहरु ४८.२८% छन् भने बौद्ध धर्म मान्नेहरु ४५.५७% छन् । क्रिश्चियन र ईश्लाम धर्मावलम्वीहरु क्रमशः ४.८४ र ०.४२ प्रतिशत रहेको तथ्या·बाट देखिन्छ ।

१४. धार्मिक स्थल:
मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरु उल्लेख्य रुपमा छन् । हेटौंडा नगरपालिका क्षेत्र भित्र गोरक्षेश्वर, भूटनदेवी, भुवनेश्वर महादेव, वनस्खण्डी, कुश्माण्ड सरोवर (१०८ गौमुखी धारा) पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ । चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्ला· गाविसमा शिवालय आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरु छन् ।

१५. प्रमुख बजार केन्द्रहरु:
समाज र जनसंख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरुमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरु र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरु खरिद बिक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरुमा बजार केन्द्रहरु स्थापना र विकास हु“दै गएको पाईन्छ । यसरी स्थापना र विकास भएका बजारहरु हेटौंडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, चौघडा, पालु· (ओखरबजार), हुन् । त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसमा पर्दछन् ।

१६. स्वास्थ्य:
यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रुपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ । हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी ३९ र ३ वटा नगर स्वास्थ्य क्लिनिक रहेको छ । आयुर्वेदिक औषधालय दुईवटा
छन् । यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाईन्छ । कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ ।

१७. शिक्षा:
२०६८ सालको जनगणना अनुसार यो दर बढेर ६७% छ । महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ । यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६%) हो । हेटौँडा उपमहानगरपालिकाको साक्षरता दर ७६.८१% छ ।

१८. कृषि तथा पशु:
कृषि पेशामा ७६ प्रतिशत जनता संलग्न रहेको यस जिल्लामा २५.१५ प्रतिशत भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ । कृषि भूमिको ३७.२८ प्रतिशतमा वर्षभरि र मौसमी सिंचाई सुविधा पुगेको छ । भू–बनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रुपमा वर्गीकरण गर्न सकिन्छ । महाभारत पर्वत शृङ्खलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि बेशी फाँटसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिँउदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ । त्यसैगरी चुरेपर्वत र महाभारत शृङ्खला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ ।

गाईपालन, भैंसीपालन, बाख्रापालन, बंगुरपालन र कुखुरापालन व्यवसाय यस जिल्लाका प्रमुख पशुपालन व्यवसायहरु हुन । यस जिल्लाको आर्थिक विकासमा गाई भैंसीपालन, बंगुरपालन, बाख्रा तथ कुखुरापालन व्यवसायको योगदान क्रमिक रुपले बढ्दै गएको छ भने भेडापालन व्यवसायको योगदान भने क्रमशः घटेको देखिन्छ । हेटौंडा उपमहानगरपालिका र यस वरपरका गाविस लगायत जिल्लाको पूर्वी गाविसहरुमा गाईभैसीपालन, बंगुरपालन, कुखुरापालन व्यवसाय फष्टाएको छ भने जिल्लाका उत्तरी गाविसहरुमा बाख्रापालन व्यवसायबाट कृषकहरुले राम्रो आम्दानी लिइरहेको पाईन्छ । पशुजन्य उत्पादनको लेखाजोखा गर्दा आ.व. ०७०÷७१ मा दुध, मासु र अण्डाको वार्षिक उत्पादन क्रमशः ५४४६५.११ मे.टन, ६५२५.९९ मे. टन र ११२२०.२६ (हजार) वटा रहेको छ भने माछा उत्पादनमा विगत वर्षको तुलनामा सामान्य मात्र बढोत्तरी भएको देखिन्छ । पशुजन्य उत्पादन र जनसंख्याको तुलना गर्दा एक वर्षमा एकजनाको भागमा दुध ९१ लिटर मासु १४ किलो, अण्डा ४८ गोटा पर्न आउँछ । यस जिल्लामा उत्पादित दुध देशकै उच्च गुणस्तरयुक्त रहेको पाइएको छ । यस जिल्लामा पशु वस्तुको नश्ल सुधारको लागि जिल्लामा विभिन्न
सरकारी सेवा केन्द्र तथा निजी एवं सामुदायिक पशु प्रजनन् केन्द्र २७ वटमा २९ जना प्राविधिकहरुद्वारा गाई÷भैंसीमा कृत्रिम गर्भाधान भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र २ वटा सम्पर्क केन्द्र मार्फत सेवा पु¥याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ४ वटा ‘क’ वर्गका सेवा केन्द्र र १२ वटा ‘ख’ वर्गका सेवा केन्द्र मार्फत सेवा पु¥याइरहेका छन् । हालै व्यवस्था गरिएको एक गाउँ विकास समिति एक पशु सेवा स्वास्थ्य प्राविधिक अवधारणा अनुसार ६ वटा गाविसम स्थापना भएको नयाँ केन्द्र मार्फत् पशु विकास तथा स्वास्थ्य सेवा पु¥याइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here