हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिका
शक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा” को अपभ्रंस नै हेटौँडाको ऐतिहासिक आधारभूमि र सुविख्यात भूगर्भविद डा. टोनी हेगनको परिकल्पना नै आजको आधुनिक हेटौँडाको पृष्ठभूमि मान्न सकिन्छ । देशकै दुइ प्रमुख राष्ट्रिय राजमार्गहरू पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको संगमस्थल, हेटौँडा काठमाडौ जोड्ने कान्तिलोकपथको प्रस्थान विन्दु, हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौ सडक, हेटौँडा कुलेखानी फाखेल काठमाडौ सडक, धरान चतरा मध्यपहाडी पहुचमार्ग आदिका कारण हेटौँडाको अवस्थिति अत्यन्त रणनीतिक महत्व रहेको देखिन्छ । मकवानपुर जिल्लाको
सदरमुकामको रुपमा रहेको हेटौँडा नगरपालिकाको स्थापना २०२६ सालमा भएता पनि यसको आर्थिक पृष्ठभूमिको रुपमा २०२० सालमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रको स्थापना, २०३९ सालमा साविक जिल्ला सदरमुकाम भिमफेदीलाई हेटौँडामा स्थानान्तरण, २०७१ साल मंसिरमा बृहत्तर हेटौँडाको अवधारणा अनुसार भएको क्षेत्र बिस्तार तथा उपमहानगरपालिका तहमा भएको स्तरवृद्धि पछि उपमहानगरको पूर्वी सिमाना फुर्केचौर नजिक भई जाने काठमाडौ निजगढ दु्रतमार्ग र बुधुने हेटौँडा लिङ्क रोड जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूका कारण हेटौँडा उपमहानगर देशकै सफा स्वच्छ सहर, सृजनशील र सम्बृद्ध औद्योगिक नगरको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत पहिचान बनाउन सफल भएको छ भने आधारभूत तथा अत्याधुनिक शहरी पूर्वाधार सुविधा निर्माण तर्फको यात्रामा द्रुत गतिमा अगाडि बढिरहेको छ ।

१.२ भू–भौगोलिक अवस्थिति
मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत मकवानपुर जिल्लाको सदरमुकाम हेटौँडा उपमहानगरपालिका २७.३१ डिग्री उत्तरी अक्षांश, ८५.११ पूर्वी देशान्तरमा समुद्री सतहदेखि ३०० देखि ३९० मि.उचाईमा अवस्थित छ । क्षेत्रफलको हिसाबले २६१ वर्ग कि.मि. क्षेत्रफललाई प्रशासकीय हिसाबबाट २९ वडामा विभाजित छ । पूर्वमा छतिवन गा.वि.स., पश्चिममा मनहरी, हाँडीखोला र सरिखेत गा.वि.स., उत्तर नामटार, भैंसे र मकवानपुरगढी गा.वि.स. र दक्षिणमा वारा, पर्सा रहेको छ । नगरक्षेत्रभित्रको कूल १९ हजार ५११ हेक्टर भूमि मध्ये ५४.५ प्रतिशत अर्थात ९५६० हेक्टर जमिन आवादी जमिन, ३४.७ प्रतिशत अर्थात ६७८१ हेक्टर वनक्षेत्र, ६.६ प्रतिशत अर्थात ११५७ हेक्टर नदी तथा खहरे र ४.२ प्रतिशत अर्थात ७४१ हेक्टर जमिन वसोवास क्षेत्र भइसकेको अवस्था छ ।

नगरको वस्तुस्थिति विवरण

२.१ भौगोलिक तथा भौतिक स्थिति विवरण
२.१.१ भोगोलिक अवस्थिति, सीमाना तथा राजनीतिक विभाजन
हेटौँडा नगरपालिका काठमाडौँबाट नारायणढ हुँदै २२४ कि.मि. नौविसे–दामन हुँदै १३२ कि.मि. तथा राजधानीबाट जोड्ने दु्रतमार्ग ७६ कि.मि. दुरीमा अवस्थिति रहेको छ ।

सिमाना
नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत मकवानपुर जिल्लामा पर्ने हेटौँडा नगरपालिका देशको मध्यभागमा अवस्थित छ । यो नगरपालिका २७ डिग्री ३१ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री ११ मिनेट पूर्वी देशान्तर समुद्री सतहदेखी ३००–३९० मिनेट उचाइमा रहेको छ । कूल क्षेत्रफल २६१ वर्ग कि.मि रहेको यस नगरपालिकामा २९ वटा वडा रहेको छन् । यसको सिमाना गा.वि.स.हरू पूर्वमा छतिवन गा.वि.स. पश्चिममा मनहरी, हाँडीखोला र सरिखेत गा.वि.स., उत्तरमा नामटार, भँैसे र मकवानपुरगढी र दक्षिणमा बारा र पर्सा जिल्ला रहेको छन् ।

२.१.२ भूक्षेत्र (टोपोग्राफी)
हेटौँडा नगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम रहनुको साथै नेपालको व्यापारिक मार्गको रुपमा पनि रहेको छ । यस नगरपालिकाको कूल क्षेत्रफल २६१ हेक्टर जसको १२१ भूभाग कृषि योग्य जमिन रहेको ११८ क्षेत्र वनजङगलले ढाकेको छ ।
यस नगरमा पर्ने नदिहरूमा राप्ती, कर्राखोला, सामरी आदि रहेका छन् ।

२.१.३ माटोको बनावट
हेटौँडा नगरपालिका उत्तर पश्चिम तर्फ पहाडको फेदमा फुस्रो बलौटो माटो रहेको हुनाले यहाँका जमिन प्रायःकृषि योग्य छ । उक्त क्षेत्रमा मकै, कोदो जस्ता बाली लगाईन्छ । ग्रामीण वडाहरू ७, ८, ११ र ६ क्षेत्रमा कृषि योग्य भू–भाग रहेको छ ।

२.२ जनसंख्याको विवरण तथा प्रक्षेपण
२.२.१ जनसंख्याको आकार तथा बनावट
वि.स २०६८ सालको जनगणना अनुसार यस नगरपालिकाको कूल जनसंख्या १५२९०३ रहेको छ भने जसमध्ये महिलाको जनसंख्या ७७९२१ र पुरुषको जनसंख्या ७४९८२ रहेको छ । जस अनुसार महिलाको जनसंख्या पुरुषको जनसंख्या भन्दा २९३९ ले बढी छ र जम्मा घरधुरी ३४२७० रहेको छ ।

वडागत जनसंख्या को विवरण हेर्दा वडा नं. ४, ५, र ९ मा सबै भन्दा बढी जनसंख्या रहेको छ भने सबै भन्दा कम जनसंख्या वडा नं. २५ मा रहेको छ । त्यसै गरी लिङ्गका आधारमा वडागत महिला पुरुष जनसंख्या वितरण हेर्दा वडा नं. २, ३ र ४ मा महिला भन्दा पुरुषको संख्या बढी रहेको छ भने अन्य वडाहरूमा पुरुष भन्दा महिलाको जनसंख्या बढी रहेको छ ।

हेटौँडा उपमाहानगरपालिका कार्यालयको तथ्याङ्कीय जानकारी

२.२.२ जनसंख्या बृद्धिदर
राष्ट्रिय जनगणना २०६८ अनुसार नगरको जनसंख्याको स्थिति अध्ययन गर्दा नगरको हालको वार्षिक जनसंख्या बृद्धिदर२.३६ प्रतिशत रहेको छ ।

२.२.३ धर्म, जनजाति तथा भाषगत जनसंख्या वितरण
हेटौँडा नगरपालिकामा विभिन्न खालका जातजातिहरू बसोबास गर्दै आइरहेका छन् । यहाँ मुख्यतया ब्राह्मण, नेवार, मगर, तामाङ, क्षेत्री, राई, चेपाङ, धिमाई जातजातिहरू बस्दछन् । नगरपालिकामा ब्राहमण्मको बाहुल्यता बढी रहेको देखिन्छ । त्यसपछि नेवार, तामाङ, क्षेत्री, मगर, चेपाङ, धिराई, धामी जाति छन् ।

मातृभाषाको आधारमा जनसंख्या विवरण

मातृभाषाको आधारमा जनसंख्याको विवरण हेर्दा यहाँ आधा भन्दा बढी मानिसहरू नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्दछन् । त्यसैगरी यहाँ नेपाली भाषा बाहेक अन्य भाषाहरूमा नेवारी, तामाङ र हिन्दी भाषा पनि मातृभाषको रुपमा बोल्ने गरिन्छ ।

धर्मको आधारमा जनसंख्या विवरण

धर्मको आधारमा जनसंख्या विवरण हेर्दा यस नगरमा हिन्दु धर्म मान्नेहरूको बाहुल्यता बढी रहेको पाइन्छ ।

२.३ भू उपयोग
२.३.१ वर्तमान भू उपयोग
हेटौँडा नगरपालिकाको भू–उपयोगमा आधा भन्दा बढी भू–भाग कृषि भूमिले ओगटेको छ । कृषि पछि वनले करिब ११८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने यहाँ खुल्ला क्षेत्र करिब न्यून नै रहेको देखिन्छ ।

२.३.२ कृषि क्षेत्र
भू–उपयोगकै क्रममा हेर्ने हो भने नगरपालिकाका वडाहरूलाई करिब ३ समूहमा विभाजन गर्न सकिन्छ । शहरी, अर्ध शहरी तथा ग्रामीण । नगरपालिकाको शहरी वडाहरूमा १,२,३,४,५,१० रहेका छन् । जसमा वस्ती विकास भईसकेको छ भने वडा नं. ६,७,८,९ र ११,२८,२९ अर्धशहरी वडाको रुपमा रहेको छ ।

२.४ शहरीकरणको स्वरुप
भू–उपयोगकै क्रमलाई हेर्ने हो भने नगरपालिकाका वडाहरूलाई करिव ३ समूहमा विभाजन गर्न सकिन्छ । शहरी, अर्ध शहरी तथा ग्रामीण । १,२,३,४,५ र १० शहरी वस्ती विकासको क्रम तिब्ररुपमा भइरहेको देखिन्छ । वडा नं. ६,७,८,९ र ११ मा वस्ती विकास गर्न सकिने सम्भावना रहेको छ भने यी क्षेत्रहरूमा ग्रामीण क्षेत्रको पनि रुप देख्न सकिन्छ ।

वडा नं. ८ मा रहेको औद्योगिक क्षेत्र लगायत वडा नं. ११ नयाँ उद्योग संचालनको कारण यी क्षेत्रहरूमा पनि शहरीकरणको रुपमा विकास भएको पाईन्छ । औद्योगिक क्षेत्रको विस्तार एवं देशको मध्यभागमा रहेको हुनाले यस क्षेत्रमा रहेको उद्योगपति, मजदुर लगायत व्यापारीहरूको लागि आवास क्षेत्रको रुपमा नगरलाई विकास गर्नुपर्ने देखिन्छ ।

२.५ आर्थिक तथा रोजगारी स्थिति
२.५.१ श्रमशक्ति तथा रोजगारीको स्थिति
नगरको आधा भन्दा बढी जनसंख्या ६५ प्रतिशत आर्थिक रुपले सक्रिय छन् जसमा पुरुषहरूमा ५१ प्रतिशत छन् भने महिलाहरूमा ४९ प्रतिशत छन् । झण्डै ५० प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न देखिन्छ भने कृषि लगायत नोकरी, मजदुर विभिन्न आर्थिक संघ संस्थामा वा व्यापार व्यवसायमा संलग्न रहेको देखिन्छ ।

२.५.२ पेशाको अवस्था
नगरक्षेत्रमा बसोबास गर्ने महिला पुरुषको पेशागत विवरण हेर्दा पुरुषहरूको घर बाहिरको काममा नोकरी, मजदुर लगायत आर्थिक संस्थाहरूमा बढी देखिन्छ भने महिलाहरू घरभित्रको काममा बढी रहेको पाइन्छ ।

२.५.३ आर्थिक श्रोतहरू
यस नगरमा बसोबास गर्ने व्यक्तिहरू विभिन्न आर्थिक स्रोतको कार्यमा संलग्न छन् । जसमा ५८ प्रतिशत घरपरिवार बहुआयामिक स्रोत रहेको छ भने १७ प्रतिशत परिवारहरू औद्योगिक क्षेत्रका कार्यरत छन् ।

उद्योग क्षेत्रको स्थिति

२.५.४ उद्योग तथा व्यापार क्षेत्रको स्थिति
हेटौँडा नगरपालिका एक औद्योगिक क्षेत्रको रुपमा परिचित हुँदै आइरहेको छ । यस नगरपालिका भित्र रहेका हेटौँडा औद्योगिक क्षेत्र नेपलकै प्रमुख औद्योगिक क्षेत्र हो । २८२९ रोपनी क्षेत्रफल ओगटेको यस औद्योगिक क्षेत्र देशकै ठूलो औद्योगिक क्षेत्र हो । यस उद्योग क्षेत्र वि.सं. २०२९ सालमा अमेरिकी सरकारको सहयोगद्वारा स्थापना भएको हो ।

हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग संचालनको लागि आवश्यक पर्ने सम्पूर्ण भौगोलिक पूर्वाधारहरू उपलब्ध हुनुको साथै विद्युत आपूर्तिका लागि छुट्टै फिडर समेत जडान गरिएको छ । त्यसैगरी फोहोर पानी उपचार संयन्त्र पनि रहेको छ ।

यस क्षेत्रमा विभिन्न प्रकारका उद्योगहरू संचालनमा आएपछि औद्योगिक क्षेत्रको रुपमा यो नगर विकास हुन थालेको हो । हेटौँडा औद्योगिक क्षेत्रमा स्थापना भएका उद्योगहरूमा करिब ४००० जनाले रोजगारीको अवसर पाएका छन् भने विभिन्न कारणले बन्द भएको उद्योगहरू संचालन भएको खण्डमा थप रोजगारको अवसर सिर्जना गर्न सकिन्छ । त्यसैगरी वि.सं. २०४२ सालमा आएर हेटौँडामा नेपालको सबै भन्दा ठूलो सिमेन्ट कारखाना स्थापना भएपछि यस क्षेत्रमा उद्योग लगायत व्यापारको पनि विकास हुन थालेको हो । उक्त सिमेन्ट कारखानाले मात्र १०९ जना लाई रोजगार दिलाएको छ ।

हाल आएर यस औद्योगिक क्षेत्र भित्र १०२ वटा उद्योग रहेको छन् भने जसमा चालु अवस्थामा ७० वटा, १३ वटा निर्माणाधीन अवस्थामा छन् । ७ वटा जग्गा सम्झौता तथा १२ वटा उद्योगहरू विभिन्न कारणले बन्द रहेका छन् । यस बाहेक अन्य साना उद्योगहरू औद्योगिक क्षेत्र भन्दा बाहिर विभिन्न ठाउँमा समेत रहेका छन् । औद्योगिक क्षेत्र भित्र संचालित उद्योगहरूको विवरण अनुसूचि–१ मा दिईएको छ ।

प्रमुख स्थानीय उत्पादनको बजारीकरणको स्थिति
नगर भित्र संचालन भएका उत्पादनमुलक उद्योगहरूले आफूलाई आवश्यक्ता पर्ने आंशिक कच्चा पर्दाथ स्थानीय रुपमा उपलब्ध हुन सकेको भए तापनि धेरै मात्रामा भारतीय बजारका साथै तेस्रो मुलुकबाट आयात गर्नैपर्ने अवस्था विद्यमान छ । नेपाली उधोगहरू पूर्णतया स्थानीय कच्चा पर्दाथमा आधारित हुन सकेका छैनन् । त्यसैले उपलव्धता छ भने बहुसंख्यक उधोगहरूलाई पर्याप्त मात्रामा उपलव्ध छैन । जसले भारतीय बजार तथा अन्य तेश्रो मुलुकको आयातमा निर्भर हुनुपर्ने हुन्छ ।

व्यापार व्यावसाय
यस नगरपालका मकवानपुर जिल्लाकै एक व्यापारिक केन्द्रको रुपमा रहेको हुुुुुुुुनाले यस नगरपालिकामा व्यापार तथा सेवाको स्थिति राम्रो देखिन्छ । देशको मध्यभागमा अवस्थित रहेको, राजधानस्बाट वीरगंजको नाका तर्फबाट सामान सजिलै संग निर्यात तथा आयात गर्न सकिने देखीन्छ । व्यापारिक क्षेत्रको रुपमा विकास भएक क्षेत्रहरूमा राजमार्ग छेउ वरीपरी बैङक रोड लगायत अन्य भित्री केही भागहरू रहेको छन् ।

हेटौँडा नगरपालिकाको थोक तथा खुद्रा व्यापार स्थिति राम्रो रहेको देखिन्छ । थोक तथा खुद्रा व्यापारमा सबै भन्दा बढि दैनिक उपभोग सामानका पसलहरू रहेको देखिन्छ । त्यस पछि निर्माण सामाग्रीहरू र सिमेन्टका डिलरहरू लगायत फेन्सी सामानका पसल र सेवामूलक पसलहरू रहेका छन् । नगरक्षेत्र भित्र रहेका थोक तथा खुद्रा व्यापार सम्बन्धी विवरण अनुसूची २ मा दिईएको छ ।

नगरमा पहिचान भएका केहि पर्यटकीय क्षेत्रहरू

२.५.५ पर्यटन तथा सेवा क्षेत्रको स्थिति
नगरमा धार्मिक पर्यटकीय क्षेत्रमा भुटनदेवी मन्दिर, पुण्य क्षेत्र, वनस्खण्डी मन्दिर आदि गरी १२ वटा मन्दिर तथा देवालयहर रहेका छन् । त्यसै गरी मनोरञ्जन पर्यटकीय क्षँेत्रमा शहीद स्मारक, पुष्पलाल पार्क, मनमोहन भ्यू टावर आदि रहेका छन् । अन्य मनोरञ्जनको रुपमा वडा नं. ४ मा रहेको ओम्याक्स चलचित्र मन्दिर पनि रहेको छ ।

नगरका केही पर्यटकीय क्षेत्रहरू

क) भुटनदेवी मन्दिर
भुटनदेवी मन्दिर हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको महान चाड बडा दसैको अवसर तथा विषासय पुजामा धर्मालम्बी एवं पर्यंटकहरूको भीड लाग्ने गर्दछ ।

ख) सहिद स्मारक
(हेटौँडाबाट ७ कि.मि पश्चिम) नेपाल राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासका विविध कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूको प्रतिक स्वरुप बाह् जना (सरदर भक्ति थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, भीमदत्त पन्त, विरेन राजवंशी, क्यापटेन यज्ञ बहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार बान्तवा, प्रभाकर पौडल) सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदी स्थापना गरिएको सहिद स्मारक यर्थार्थतामा जनस्तरबाट निर्माण गरिएको छ । एक अद्धितीय धरोहरको रुममा स्वीकार गरिएको छ । जिल्लाको पर्यटकीय सूचना केन्द्र, सहिद ग्यालरी, आकर्षक सहिद स्तम्भ, आकर्षण उधान, दृष्यावलोकन टावर, नमुना चिडियाघर, मदनवाटिका, बाल उधान, स्वीमिङ पुल आदिको पूर्वाधारयुक्त यस सहिद स्मारकमा देशका विभिन्न स्थानहरूबाट र मित्र राष्ट्र भारतको सीमा क्षेत्रका पर्यटकहरूका लागी उपयुक्त गन्तव्य स्थल भएको छ ।

ग) कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)
हेटौँडा नगरपालिकाको वडा नं.९ को पश्चिम र पदमपोखरी गा वि स को पूर्व भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदी को सङगम स्थलमा कुष्माण्ड सरोवर अवस्थित छ । तीन नदीको सङगममाम बसेर कुष्माण्ड भगवतिले तपस्या गरी सिद्धि प्राप्त गरेको भनी स्कन्द पुराणको हिमवत खण्डको ७६ औ श्लोकमा उल्लेख भएको हुँदा यस पवित्र भूमिमा कुष्माण्ड भगवतिको स्थापना गरी १०८ गौमुखी धारा स्थापना गरिएको छ । यहाँ माघ स्नना गर्ने र कार्तिक महिनामा कुभिण्डो दान गर्ने प्रचलन छ ।
घ) पुष्पलाल पार्क
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापित पुष्पलाल पार्क सुन्दर बगैचा र पोखरीको अवलोकन गर्ने मनोरम स्थान हो । यस स्थानमा नगरपालिकाको सहयोगमा नगर कै ठूलो पुष्पलाल स्मृति पुस्तकालय समेत सञ्चालित छ ।

ङ) हेटौँडा औद्योगिक क्षेत्र
वि.स २०२० सालमा स्थापना भएको हेटौँडा औधोगिक क्षेत्र हेटौँडाको दक्षिण भागमा अवस्थित छ । राष्ट्रिय तथा बहुरामष्ट्रिय कम्पनीहरूको लगानीमा विभिन्न उद्योगहरू मकवानपुरवासी उवं अन्य क्षेत्रका व्यक्तिहरूको रोजगारीका लागि मुख्य श्रोत रहेको छ ।

च) मत्स्य विकास केन्द्र
नगरको पूर्वी भागमा कान्तिराजपथ छेउ अवस्थित मत्स्य विकास केन्द्र, नगरको आकर्षण रहेको छ । विभिन्न जातका माछा पालन गरिने यहाँका पोखरीहरू अवलोकन योग्य छन् । यस क्षेत्रमा हिउँदताका आगन्तुक चराहरू आउने गर्दछन् । राप्ती नदीमा आईबिसबिल जस्ता दुर्लभ चराहरू समेतको अवलोकन गर्न सकिन्छ ।

छ) मठ मन्दिरहरू
हेटौँडा नगरको मध्य भागमा अवस्थित भुटनदेवी मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रुपमा लिईन्छ । त्यस्तै हिन्दुहरूका आराध्या देव पशुपतिको मन्दिर समेत हेटौँडाको मध्यभाग वडा नं. ४ मा प्रतिस्थापित छ । भैरवडाँडामा पाथिभरा देवीको मन्दिर, हेटौँडा–वीरगञ्ज मार्गको बीचमा पर्ने चुरे श्रृङखलामा राणाकालमा निर्मित नेपालको पहिलो सुरुङमार्गको दक्षिणी मोहडामा हिन्दुहरूको प्रसिद्धशक्तिपिठ चुरियामाईको मन्दिर रहेको छ । मकवानपुर जिल्लाका विभिन्न गाविसमा बौद्ध गुम्बा स्तुपाहरू पनि थप्रै छन् । हेउमनपा–११, नवलपुरको पुण्यक्षेत्रमा शयनमुद्राको नारायणको आकर्षक शिला रहेको छ ।

ज) वनस्खण्डी
हेटौँडा नगरपालिका वडा नं. २ मा अवस्थित वनस्खण्डी नगर क्षेत्रको पिकनिक, सार्वजनिक कार्यक्रम तथा मनोरञ्जनको लागि रमणिय स्थान हो । पहाड फेदी र हराभरा वनजङ्गलको बीचमा स्थापना गरिएको यस क्षेत्रमा दशैँको फुलपाती भि×याउने कार्य अति नै रमाईलो ढङ्गले गरिन्छ ।

झ) वन विज्ञान सङ्ग्राहलय
वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेस्ट्री क्याम्पस) परिषरमा दक्षिण एसियामै जैविक विविधताको अनुपम ३६ प्रजातिको सल्लो बगैचा समेत रहेको वन विज्ञान सम्बन्धी सङ्ग्रालय हेटौँडा बजारबाट १ कि. मि. दक्षिण तर्फ अवस्थित छ ।

ञ) मनकामना मन्दिर
मकवानपुर गढी गाविस ९ र हेटौँडा नगरपालिका ५ सीमाना नजिकै उच्च भागमा रहेको मनकामना मन्दिर वि.सं. २०१६ सालमा स्थापनाम गरेको पाईन्छ । हेटौँडाको मुख्य बजार क्षेत्रबाट १ घण्टाको पैदल यात्रामा पुगिने उक्त धार्मिक एव. पर्यटकीय क्षेत्रमा जिल्ला भित्र तथा जिल्ला बाहिरका भक्तजन र पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

ट) गुम्बा डाँडा

ठ) जोरेथुम पार्क

ड) चुरीयामाई मन्दिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here