सिमभन्ज्याङ र दामनको बीचमा प्रसिद्ध ऋषेश्वर महादेवको मन्दिर रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरूद्वारा समान श्रद्धाले पुजिने यो मन्दिरको प्राचीन सन्दर्भ बौद्ध धर्मगुरु पद्मसम्भवसँग गाँसिएको तथ्यले यस स्थानको धार्मिक महŒव अद्वितीय मानिन्छ । यो क्षेत्र ध्यानकेन्द्रको रूपमा पनि चिनिन्छ । तत्कालीन राजा त्रिभुवनले यहाँ पूजा गरी छोरा वरदान मागेको र राजा महेन्द्र जन्मेको भन्ने किंवदन्ती पनि छ ।