उत्तरी मकवानपुरको २५८४ मिटर उचाइमा अवस्थित दामन क्षेत्रमा महभारत पर्वत शृङ्खलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ पर्दछ । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरू र दक्षिणतर्फ होचा पहाडका मनोरम तरेली र समथल भूभाग दृश्यावलोकन गर्न सकिन्छ । हिमवर्षाको रमणीय दृश्य, दुर्लभ वनस्पति, जैविक विविधतायुक्त खानीको रुपमा यो क्षेत्र परिचित छ । काठमाडौँ र हेटौँडाको समदूरीमा पर्ने यस क्षेत्रमा त्रिभुवन राजपथबाट करिब २ घन्टामै सजिलै पुग्न सकिन्छ । यात्राको क्रममा सडकको दायाँ बायाँ पर्वतीय शितोष्ण वातावरणमा पाइने बाक्लो जङ्गल, चिसो शान्त हावापानी, विविध किसिमका सुनगाभा र रातो लालीगुराँस फुलेको रमणीय दृश्य साँच्चै लोभ– लाग्दो देखिन्छ । यस क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरूः