वज्रवाराही र यसका आसपासका क्षेत्रहरूमा प्राप्त लिच्छविकालीन अभिलेखहरू र उपलब्ध अभिलेखहरूले यो क्षेत्र ऐतिहासिक रूपमा अत्यन्त महŒवपूर्ण क्षेत्रको रूपमा रहेको प्रमाणित हुन्छ । सतीदेवीको पीठ पतन भई उत्पत्ति भएको उन्मत्तेश्वर महादेवको मन्दिर र राजा अंशुवर्माको दरबार आदि यसका थप प्रमाण हुन् । वज्रवाराही मन्दिरमा प्रत्येक तीन बर्षमा तीन दिन मनाइने वज्रवाराही अजिमाको मेला, पालुङ, वज्रवाराही क्षेत्रमा मनाइने बाह्र बर्षे नाच, राजारानी नाच आदि यस क्षेत्रका अद्वितीय नाच तथा मेलाहरू हुन् ।