माकन्दपुरबाट अपभ्रंश भई नामकरण भएको मकवानपुर, ऐतिहासिक सेनवंशीय पृष्ठभूमि, प्राकृतिक सौन्दर्य, बहुजातीय सांस्कृतिक एवम् भाषिक विविधता, बहुधार्मिक तीर्थस्थलको महŒव समेटेको र नमुना जलविद्युत केन्द्रसहित औद्योगिक विकासतर्फ अग्रसर यो जिल्ला मुलुकको मध्यभागमा अवस्थित छ । विश्व भूगोलको ८४०४१’ देखि ८५०३१’ पूर्वी देशान्तरसम्म र २७०१०’ देखि २७०४०’ उत्तरी अक्षांश बीच हात्तीढुङ्गाको १६६ मी.बाट उकालिँदै सिमभन्ज्याङको २५८४ मी. उचाइसम्मको २४२६ वर्ग कि.मी. क्षेत्रफलमा पैmलिएर रहेको छ ।

उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा चुरेभावर एवम् समथल भूभाग ओगटेको यस जिल्लामा वि.सं. २०६८ सालको जनगणना अनुसार करिब ४ लाख २८ हजार जनसङ्ख्या रहेको छ । अल्पसङ्ख्यक समेत यहाँ ८० विविध जातजातिहरू पाइन्छन् ।

काठमाडौँ र ललितपुर जिल्लाको दक्षिण साँधमा जोडिएको हुँदा केही घन्टाकै यात्रामा यो पर्यटकीय जिल्लामा आइपुग्न सकिने र पर्वतीय सौन्दर्यको अवलोकन गर्दै दक्षिणको उष्ण क्षेत्रीय जङ्गलमा हात्ती चढेर गैंडा, बाघ, आदि वन्यजन्तु हेर्न सजिलै पुग्न सकिन्छ । मकवानपुर जैविक विविधता अध्ययनका लागि एक खुल्ला विश्वविद्यालय पनि हो । जडिबुटी, वनस्पति लालीगुराँस र सुनगाभाको धनी यो जिल्ला आश्चर्यजनक भूबनोट र जिज्ञासा जगाउने जनजातीय स्वरूपका कारण अनौठो रहेको छ । समशीतोष्ण हावापानी रहेको यस जिल्लाको सदरमुकामबाट करिब ५० कि.मि. उत्तर जाँदा हिउँ पर्ने हावापानी र ५० कि.मि. दक्षिण जाँदा उष्ण हावापानी पाइन्छ ।