सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै क्रान्ति, सङ्घर्ष, बलिदान र उत्सर्गको एउटा अथाह सागर हो र हृदयभित्रको अनन्त प्रकाश, प्रेरणाका अजस्र स्रोत हुन् सहिदहरु, जसको मृत्युमा सारा जनता र राष्ट्र नै स्तब्ध हुन्छ । देश, धर्म, संस्कृति र स्वतन्त्रताको निमित्त हाँसीहाँसी छातीमा गोली थाप्न पछि नपरी मृत्युवरण गर्ने याद्धा र आफ्ना आदर्श, उद्देश्य र विचारका निम्ति सर्वस्व अर्पण गर्न कुनै पनि चुनैतीको सामना गर्न अभिप्रेरित गर्ने अमूल्य निधि नै सहिद हुन् जसको पर्याय नै आस्था, विश्वास त्याग एवम् बलिदान हो । सहिद, आस्था, विश्वास त्याग र बलिदानको प्रतीक हुन्। अनन्त विगतदेखि चाहे ब्रिटिस उपनिवेशवादको लडाई होस् वा घरेलु जहानिया राणादेखि निरङ्कुश राजतन्त्रविरुद्धको जनसङ्गघर्षमा होस्, यस नेपाल धर्तीमा असङ्ख्य वीर वीराङ्गनाहरुले शहादत प्राप्त गरिसकेका छन् । ती सबै कालक्रममा ज्ञात अज्ञात कालजयी सहिदहरको गौरवमय गाथा कसरी जीवन्त बनाईराख्न सकिन्छ र ती महान् सहिदहरुको स्वप्न र प्रेरणाबाट अभिप्रेरित हुँदै मूर्तरुपमा रुपान्तरण हुन र गर्न सकिन्छ भन्ने वापन भावनाले नै यस सहिद स्मारक स्थलको जन्म भएको हो ।

संस्थाको सङ्क्षिप्त परिचयः

राष्ट्रिय सुरक्षा, क्षेत्रीय, अखण्डता एवम् देशको सार्वभौमिकताको रक्षार्थ आप्mनो जीवनलाइृ नै न्यौछावर गरी राष्ट्रिहित र जनहितका लागि सदा समर्पित महान् सहिदहरुको संस्मरणलाई जीवन्तता दिन, उनीहरुका त्याग बलिदानका गाथाहरुलाई चिरस्थायी बनाउनका निमित्त सहिद स्मारकको निर्माण गरिएको हो । ऐतिहासिक जनआन्दोलन २०४६ पश्चात् २०४७ श्रावण ७ गते यस उजाड भूमिमा वृक्षारोपण गर्न सहिद स्मृति बाटिका नामाकरण गरी संरक्षण गर्ने कार्यको थालनी गरियो । २०४९ को स्थानीय निर्वाचन पश्चात् यस बाटिकालाई सहिद स्मारकको रुपमा विकास गरेर पर्यटकीय दृष्टिकोणले पनि विकास गर्दै लैजाने हेटौंडा नगरपालिकाको लक्ष्य अनुरुप सहिद स्मारक निर्माण गर्ने प्रयासको थालनी भयो र पूर्ण विकसित अवस्थामा नपुग्दै २०५२ साल माघ १७ गते नेपालकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व. मनमोहन अधिकारीबाट सहिद स्मारकको अनावरण सम्पन्न भयो । त्यसपछि उक्त क्षेत्रलाइृ सहिद तीर्थस्थानका रुपमा विकास गर्दै लैजाने यस महान कार्य योजनाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने हेटौंडा नगरपालिकाको निरन्तर तत्परता, लगानी एवम् जिल्ला विकास समितिको सहयोग, समर्थन र स्थानीय व्यक्तिहरुको श्रमदान आदिको परिणति नै आज एक राष्ट्रिय सम्पदा एवम् निधिका रुपमा विकास हुँदै गैरहेको सहिद स्मारकको पृष्ठभूमि हो । यसको निर्माण अभियानलाई अघि बढाउन र निर्मित सम्पदाको संरक्षण, संवद्र्धन र विकासका लागि सामाजिक संघसंस्था ऐन २०३४ बमोजिम सहिद स्मारक विकास समिति, हेटौंडा २०५१ ग्ठन गरिएको हो । सहिदहरुका योगदानलाइृ निरकालसम्म जीवन्नता दिन र राष्ट्रको निमित्त सहिदहरुले निर्वाह गरेको भूमिकालाइृ सम्मान गर्दै नयाँ पिँढीहरुमा सहिदका आर्दका बारेमा बोध गराउने विहङ्गम उद्देश्यका साथ सहिद स्मारकको निर्माण कार्य थालनी गरिएको हो । हिजोको उजाड क्षेत्र आज शान्त, मनोरम प्राकृतिक छटाले सिँगारिएको छ । यस क्षेत्रमा निर्मित सहिद स्मारक राष्ट्रकै निधिका रुपमा क्रमशः सम्पूर्ण मुलुकवासीका बीच परिचित हुँदै छ र यस अनुकरणीय कार्यको प्रशंसा सबै क्षेत्रबाट भैरहेको र मूलतः यस क्षेत्रका बासिन्दाले मात्र होइन सम्पूर्ण मकवानपुर जिल्लावासीले समेत गर्व गर्ने विषय बनेको छ । प्रारम्भमा सहिदका प्रतिमा निर्माणबाट सुरु गरिएको यस महान कार्यप्रति सबैको सुझाव र सहयोगको आधारमा प्रशस्त पर्यटकीय पूर्वाधारको निर्माण भएको छ । आन्तरिक पर्यटनका दृष्टिले यस क्षेत्रको ख्याति, प्रसिद्धि विस्तार भैरहेको अवस्था छ । विगत ५ वर्षको तथ्याङ्कलाई हेर्दा वार्षिक सरदर ३ लाख पर्यटकहरु यहाँ आउने गरेको पाइन्छ भने खुल्ला सिमानाका कारण प्रवेश शुल्क नबुझाई विभिन्न क्षेत्रबाट प्रवेश गर्नेहरको संङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

संस्थाका मुख्य उद्देश्यहरुः

  • पहिलोपल्ट जनस्तरबाट निर्माण भएको ऐतिहासिक स्मारकको संरक्षण, संवद्र्धन र विकास गर्दै जाने ।
  • सहिदहरुप्रतिको सम्मानलाई केवल औपचारिकतामा मात्र सीमित नराखी साँचो अर्थमा सम्मान गर्ने परम्परा बसाउँदै जाने ।
  • वर्तमानको गम्भीर समस्याको रुपमा रहेका वातावरणीय प्रदुषणलगायतका समस्याहरुलाई पार्क निर्माण, वृक्षारोपण, भू–क्षय आदिको रोकथामका लागि वातावरणीय सन्तुलनमा योगदान पु¥याउने ।
  • यस क्षेत्रलाई आकर्षक पर्यटन स्थलको रुपमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटकहरु आकर्षित गर्दै जाने ।
  • विभिन्न सामाजिक सङ्घसंस्था उद्योगी, व्यापारी लगायत विविध पेसा, व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई यस स्थलको महत्वबारे परिचित गराई यसको थप विकास निर्माणका लागि सहयोग जुटाउन प्रयत्नरत रहने ।
  • सहिदहरुको बारेमा अनुसन्धानात्मक पुस्तक–पत्रिका, लेख रचनाहरु प््रकाशित गरी जनसाधारणहरुलाई अवगत गराउँदै प्रजातन्त्र एवम् मानव हितका खातिर निरङ्कुशता विरुद्ध सङ्घर्षरत रहन प्रेरणादायक कार्यक्रमहरु सञ्चालन गर्दै जाने ।
  • समग्र हेटौंडा नगरीलाई सुन्दर तथा आकर्षण पर्यटक केन्द्रको रुपमा विकास गर्दै जाने ।

सहिद स्मारकका केही विशिष्ट चिनारीहरुः

सहिद स्वयम्मा एउटा जीवन्त इतिास हुन्, आस्थाका पुञ्ज हुन्, प्रेरणाका अजश्र स्रोत हुन् र राष्ट्र निर्माणका मार्गदर्शक स्रष्टाहरु हुन् । उनीहरुको सम्मान दलगत स्वार्थभन्दा माथि उठेर गरिनु पर्छ । यही यथार्थलाई हृदयङ्गम गरी हेटौंडा नगरपालिकाले विभिन्न राष्ट्रिभक्ति पूर्ण युद्ध र विभिन्न जन सङ्घर्षहरुसँग सम्बन्धित १२ जना सहिदहरुको स्मारक निर्माण गरी नेपालकै लागि नौलो थालनी गर्ने जमर्को गरेको छ । हुन त हाम्रो यो प्रयास एउटा सानो सुरुवात मात्र हो । हामीलाई थाहा छ, यो स्मारकले पूर्णता झल्काउन सक्दैन । यो त विभिन्न ऐतिहासिक कालखण्डको संस्मरण गराउने सूक्ष्म प्रयास मात्र हो । स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुङ्गामा कुँदिएको यस स्मारकमा दक्षिणी मोहडामा

भीमसेन थापा (१८०२ – १८७२) अङ्ग्रेज विरुद्ध सङ्घर्ष, देउथल दशरथ चन्द (१२६०–१९९७) राणा विरोधी सङ्घर्ष, शोभा भगवती गङ्गालाल श्रेष्ठ (१९७५–१९९७) राणा विरोधी सङ्घर्ष, शोभा भगवती धर्मभक्त माथेमा (१९६५–१९९७) राणा विरोधी सङ्घर्ष, सिफल शुक्रराज शास्त्री (१९५०–१९९७) राणा विरोधी सङ्घर्ष, पचली

पूर्वी मोहडामा

भीमदत्त पन्त (१९८३–२०१०) डडेलधुरा किसान सङ्घर्ष विरेन राजवशी (२००१–२०२१) सुखानी हत्याकाण्ड क्या. यज्ञबहादुर थापा (२०३५) ओखलढुङ्गा काण्ड दुर्गानन्द झा (१९९९–२०२०) जनकपुर बम काण्ड सुनेश्वरी यादव (२००१–२०४६) यदुकुवा जनकपुर

पश्चिमी मोहडामा

रन्तकुमार वान्तवा (२००८–२०३५) इभाङ हत्याकाण्ड प्रभाकर पौडेल (२०२१–२०३६) विद्यार्थी आन्दोलन हेटौंडा

सहिद स्मृति स्तम्भः

विभिन्न कालखण्डका सम्पूर्ण सहिदहरुलाई एकै थलोमा स्मरण गर्न सहिने सहिद स्मृति स्थललाई पूर्णता दिन १९ मि. डाइको गोलाइमा ६छ फिट अग्लो स्तम्भ, चारैतिरबाट कमलको पूmलको आधार देखिने र जसको भित्री भागमा विभिन्न कालखण्ड झल्कने अमुक आकृति, ४ फोहरा, आकर्षक बगैंचा, अग्रभागमा नेपालको प्राकृतिक नक्सा जसमा मुख्य नदीहरु, हिमशृङ्खलादेखि तराईसम्म बगिरहेको देख्न पाइने यो स्मारकको प्रमुख आकर्षकको रुपमा रहेको छ र निकट भविष्यमा नै उद्घाटनको तयारीमा रहेको छ । जसलाई स्थानीय विकास मन्त्रालय (जगेडा कोष) को सहयोग रहेको छ ।

सहिद ग्यालरीः

अनन्त कालदेखि आजसम्म विभिन्न कालखण्डमा निरङ्कुसताको विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदहरुको बारेमा अध्ययन, अनुसन्धान एवम् खोज गर्न चाहनेहरुका लागि अनुसन्धान केन्द्रको रुपमा सहिद ग्यालरी निर्माण गरिएको छ । अब यसै वर्षभित्र यसले पूर्णता पाउने छ । यस ग्यालरीमा सहिदहरुको बारेमा प्रकाशित पुस्तक, लेख, रचना, फोटो आदि सङ्ग्रह गरी अध्ययन अनुसन्धानका लागि उपलब्ध गराइने छ । यस भवनमा पुस्तकालय कक्ष, लबी, अध्ययन कक्ष, अफिस, काउन्टर र सेमिनार हलको समेत व्यवस्था गरिएको छ ।

मदन स्मारक (मदन बाटिका):

जननेता स्व. मदनकुमार भण्डारीको स्मृतिमा जिल्ला विकास समिति मकवानपुरबाट प्रतिमा, हेटौंडा नगरपालिका तथा सहिद स्मारकको संयुक्त लगानीमा दिवङ्गत मदन भण्डारीको दुःखद् मृत्यु भएको स्थान दास ढुङ्गाको दृश्य प्रतिविम्वित हुने गरी सूर्यको पेष्ठभूमिमा तराई, पहाड, हिमालसहितको टाकुरामा वक्ताको मुद्रामा नेपालकै पहिलो पूर्णकदको मदन प्रतिमा र आकर्षक पदन बाटिका अर्को आकर्षणको केन्द्रको रुपमा रहेको छ ।

प्रजातान्त्रिक पार्कः

ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका प्रेरणाका स्रोत वी.पी. कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारी ४ योद्धाहरुको स्तम्भमा पूर्णकदको प्रतिमा सहित प्रजातान्त्रिक पार्क निर्माणको चरणमा छ । यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गरिनेछ ।

थाहा स्तम्भः

म्कवानपुरका राजनीतिक आकाशमा आप्mनो छुट्टै पहिचान राख्ने जनमुखी सहकर्मी एवम् तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य स्व. रुपचन्द्र विष्टको स्मृतिमा निष्पक्ष सक्रियताको अभ्यास थाहा लेखिएको “थाहा स्तम्भ” हेटौंडा नगरपालिकाबाट निर्माण भएको छ ।

पर्यटक सूचना केन्द्रः

जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य अनुरुप जिविस मकवानपुरको सहयोगमा सूचना केन्द्र निर्माण भई सञ्चालनमा आएको छ । जसमा मकवानपुरमा रहेका ऐतिहासिक, धार्मिक, मानव निर्मित पर्यटकीय स्थलहरुको फोटोहरु राखी विशेष जानकारीको रुपमा मष्कउबिथ display सूचना प्रवाह भइरहेको छ । निकट भविष्यमा यसलाई केन्द्र मानी उक्त स्थान भ्रमणको लागि प्याकेज प्रोग्राम समेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

चिडिया घरः

स्मारकको उत्तरमा करिब १ विगाह क्षेत्रफलमा अवस्थित चिडिया घरमा हाल चितुवा, चित्तल, मृग, रतुवा मृग, मयूर, खरायो, घडियाल गोही, जरायो, कालो, रातो बाँदर, स्याल, राजहंस, बेलायती मुसा लगायतका जीवजन्तु र पन्क्षीहरुमध्ये केहीलाई बन्द कोठामा र केहीलाई खुल्ला क्षेत्रमा राखिएका छन् । यस क्षेत्रको अवलोकनमा आउने बालबालिकाहरु लगायत अन्यको एक महत्वपूर्ण आकर्षक केन्द्रको रुपमा रहेका चिडिया घरको थप सुधार र निर्माण कार्य सम्पन्न गरिएको छ ।

फोहरासहितको पार्कः

नेपाल टोबाकोे कम्पनीको सौजन्यबाट निर्मित कृत्रिम झरना (फाउन्टेन) सहितको पार्कले स्मारकमा थप सुन्दरता थपेको छ ।

बाल उद्यानः

 सहिद स्मारकको अवलोकन पश्चात् बालबालिकाहरुको थप स्वस्थ मनोरञ्जनको लागि चिप्लेटी, हाँसपिङ, जिप, घोडा जस्ता र ठूला मानिसहरुको लागि रोटेपिङ्ग आदि हाल सञ्चालनमा छन् र आगामी दिनमा यसलाई अरु बढी आकर्षक र अत्याधुनिक मनोरञ्जनका साधन सम्पन्न बनाईँदै लगिने गरी निजी क्षेत्रलाई दिइएको छ ।

देवी मन्दिरः

स्थानीय समाजसेवी राजेन्द्र सिङ्घलको सौजन्यबाट निर्माण गरिएको यस देवी मन्दिरले यहाँ आउने धर्मप्रति आस्थावान् यात्रुहरुको मन जिन्त सफल भएको छ । यस मन्दिर क्षेत्रमा विवाह, व्रतबन्ध जस्ता शुभकार्यहरु गर्ने मुख्य केन्द्रको रुपमा विकास भएको छ । यसका अतिरिक्त मकवानपुर उद्योग वाणिज्य संङ्घको सौजन्यबाट प्रेमलाल स्मृति विश्राम स्थल, श्रीकृष्ण प्रणामी परिषद्बाट निर्मित विश्राम स्थल, एशियन पेन्टस्द्वार निर्मित खुल्य प्रवेशद्वार, गोरखा कन्स्ट्रक्सनद्वारा निर्मित कलात्मक द्वार, नेपाल इकरात कम्पनीबाट निर्मित विश्राम स्थल लगायत अन्य आकर्षणहरु रहेका छन् ।

विवाह मण्डपः

धार्मिक गतिविधि सञ्चालन गर्न एवम् विवाह, व्रतबन्ध जस्ता कार्यको लागि विवाह मण्डप भवन निर्माण गरिएको छ । यसको क्षमता करिब १०० जनाको रहेको छ । यसमा सानासाना गोष्ठी, सेमिनार, कार्यशाला पनि गर्न सकिन्छ ।

नर्सरी (ग्रिन हाउस):

समितिलाई आवश्यक पर्ने बिरुवाहरु उत्पादन तथा सरल मूल्यमा बिक्री वितरण समेत गर्ने गरी ग्रिन हाउस सहित आकर्षक बगैंचा निर्माण गरिएको छ । यसले पनि स्रोत परिचालनमा सहयोग पु¥याएको छ ।

पौडी पोखरीः

नगर विकास कोषको (ऋण) सहयोगमा सहरी तथा वातावरणीय सुधार परियोजना मार्पmत विशेष गरी स्कुले केटाकेटीलाई लक्षित गरी २ देखि ६ फिटसम गहिराईको आकर्षक पौडी पोखरी निर्माण गरी सञ्चालनमा ल्याइएको छ । जुन समितिको बलियो आय स्रोतको आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।

पिकनिक सेडः

सहिद स्मारक पिकनिक स्थलको रुपमा समेत प्रसिद्धि पाएको छ । विशेष गरी कार्तिकदेखि फल्गुणसम्म उल्लेख्य पिकनिक समूह आउने गरेका छन् । एक दिनमा ११५ समूहसम्म आएको तथ्याङ्क समितिसँग रहेको छ । पिकनिक सेडको कमीको कारणले पर्याप्त सुविधा उपलब्ध गराउन सकिएको छैन । त्यस्तै आन्तरिक स्रोतबाट पार्किङ्ग क्षेत्रमा १९ सटर र गेटभित्र ४ सटर भएको व्यवसायिक भवन निर्माण भएको । हालसम्म नौ वटा पिकनिक सेड रहेको छन् ।

भावी योजना:

क) क्षेत्रीय स्तरको जातीय सङ्ग्राहालयको निर्माण गर्ने ।

ख) कम्पाउण्ड वाल लगाउने ।

ग) थप पिकनिक सेडहरुको निर्माण गर्ने ।

घ) करिब २५ मि. उचाइको भ्यूटावर निर्माण गर्ने ।

चुनौतीहरुः

क) सहित स्मारक क्षेत्र हालसम्म पनि सामुदायिक वन क्षेत्रभित्र रहेको हुँदा विदेशी लागनी मात्र नभई निजी क्षेत्रको स्वदेशी लगानीकर्ताहरुलाई पनि आकर्षण गर्न नसक्नु ।

ख) सबै क्षेत्र खुल्ला भएको हुँदा चारैतिरबाट आगन्तुकहरु स्वतन्त्र रुपमा प्रवेश गर्न सक्ने कारणले अधिकतम चुहावट हुने र त्यसको नियन्त्रण गर्न नसक्नु ।

ग) मिनी जुको अवधारण अनुसार पालिएका जीवजन्तु र चराचुरुङ्गीहरुलाई प्राकृतिक वातावरण दिन नसक्नु ।

घ) निर्माण भैसकेका संरचनाहरुको संरक्षण, मर्मत सम्भार र व्यवस्थापन खर्च बढ्दै जानु ।

संस्थागत संचरनाः

सहिद स्मारकको विकासलाई निरन्तरता दिन २९ सदस्यीय कार्य समिति सहति १४० जना परिषद् सदस्य रहेको सहिद स्मारक विकास समिति गठन गरिएको छ । हरेक १ वर्षमा वार्षिक साधारण सभा र प्रत्येक ३ वर्षमा नयाँ कार्य समिति गठन गर्ने व्यवस्था रहेको छ ।

कर्मचारी व्यवस्थापनः

हाल यस समिति अन्तर्गत ३३ जना कर्मचारीहरु कार्यरत रहेको छन् ।

स्थायी                १६ जना

अस्थायी               ३ जना

करार                 ८ जना

दैनिक ज्यालादारी १० जना

अझै कर्मचारीको अपर्याप्तता र दक्ष जनशक्तिको अभाव खड्किरहेको अवस्था छ ।

आम्दानीका स्रोतहरुः

सदस्यता शुल्क

प्रवेश शुल्क

पाकिङ्ग शुल्क

सटर भाडा शुल्क

पौडी पोखरी शुल्क

बाल उद्यान शुल्क

पिकनिक तथा सेड शुल्क

विवाह, व्रतबन्ध शुल्क

चलचित्र छायाङ्कन शुल्क

नर्सरी विरुवा बिक्री शुल्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here