इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा बाँध बाधेर सुरुङ्गबाट भीमफेदी ल्याई जलासयको पानीबाट जलविधुत उत्पादन गरिएको छ।तालको अवलोकन गरी वरिपरिको हरियालीबाट मोहित भई जलविहार गर्न सक्ने व्यवस्था भएको छ ।
मार्खु र कुलेखानी गाविस अन्तर्गत गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय (इन्द्रसरोवर) आफैँमा एक नौलो नमुना हो । ७ कि.मी. क्षेत्रफलमा फैलिएको मानव निर्मित इन्द्रसरोवर एसियामा नै पहिलो मानिन्छ । यो स्थल जलविहार तथा माछा पालनको लागि पनि प्रसिद्ध छ । सिमभन्ज्याङ र दामन भ्युटावरबाट पैदल यात्रा गर्दै यहाँ आउन सकिन्छ ।