हेटौडा, मकवानपुर

पर्यटन

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ सुरुङ र आसपासका क्षेत्रमा स्थानीय सरकारले...

नयाँ गन्तव्यहरु

प्रमुख गन्तव्यहरु

कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)

हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदीको सङ्गम...

शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट...

इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी...

भुटनदेवी मन्दिर

हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु...

कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)

हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र...

फाईल तस्बिरहरु

एैतिहासिक

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...

धार्मिक

भुटनदेवी मन्दिर

हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको...

पर्यटकिय

मन लोभ्याउने मकवानपुरको इन्द्रसरोवर

गर्मी बढेसँगै इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। पछिल्लो ३ वर्षयता नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी...

होटेलहरु

महत्वपुर्ण लिङ्कहरु

फोटो ग्यालरी

www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

ऐतिहासिक मकवानपुरगढी दरबार ( हेटौंडाबाट १७ कि.मि. पूर्व )

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरुप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काएको देखिन्छ ।यस नजिकै रहेको ऐतिहासिक ढुङ्गेगढी र रानीगुफाको अवलोकन आफ्नै महत्व रहेको छ । यस क्षेत्रमा हालै स्थानीय तामाङ्ग र मगर संस्कृति झल्कने नाचँगान सहितको घरबास होमस्टेको शुरुवात भएको छ ।

सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। कम्तीमा यसको ऐतिहासिक पक्षबारे चर्चा हुनुपर्ने हो, तर त्यो पनि भएको पाइँदैन।

नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए। काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो। नेपाल एकीकरणमा मकवानपुर गढीको महत्व यसले देखाउँछ।९ भदौ १८१९ मा पृथ्वीनारायण शाहको फौज विजय भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए, नवाव मिरकासिमसँग सहयोग माग्न।

दिगबन्धन सेनले मिरकासिमको सहयोगमा दुईहजार लडाका र एकहजार बन्दोबस्तीसहित ३००० फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुर गढीमा १० माघ १८१९ मा आक्रमण गरे। गढीमा उक्लिने क्रममा सिकरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो। त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए। गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए। इतिहासकारहरूका अनुसार उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका १७०० सैनिक मारिए भने बाँकी भागेर गए। नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाको हात पर्‍यो।

दिगबन्धन सेनले तीन कारणले मकवानपुर गढीमा पुनः प्रत्याक्रमण गरेका थिए। पहिलो त उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे। दोस्रो, मकवानपुर गढीमा अंग्रेजको पनि चासो जोडिएको थियो। भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरूसँगको अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो। तेस्रो, उपत्यकाका मल्ल राजाहरू पनि मकवानपुरबाट गोर्खालीहरू धपाइएको हेर्न चाहन्थे। त्यसरी मकवानपुर प्रत्याक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो।

यस्तो ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्छ। चीन, भारतलगायतका मुलुकले यस्ता ऐतिहासिक स्थलहरूको संरक्षण गरेर पर्यटनमा राम्रो सफलता हासिल गरेका उदाहरण काफी छन्। दुःखको कुरा आज मकवानपुर गढीलाई ओझेलमा पार्ने काम नेपाल सरकारबाटै भएको छ। गोर्खालीले बंगाली फौजबाट लिएका गोली गठ्ठा र तोप २०३६ सालसम्म गढीमै थिए। २०३६ सालमा गढीबाट उठाएर हेटौंडास्थित तत्कालीन शाही सेनाको सुपारेटार व्यारेकमा ल्याइएका ती गोलीगठ्ठा र तोप आज कहाँ छन्? सुनिएअनुसार ती ऐतिहासिक सामग्री अमेरिका पुर्‍याइएको छ। ती चिजलाई मकवानपुर गढीमै संरक्षण गरेर देशको इतिहास जोगाउनुपर्ने दायित्व बोकेको सरकार नै गायब गराउन लागेपछि कसको के लाग्छ!

नेपालमा ठूला–साना गरी करीब दुईसय गढी छन्। ती सबैका आ–आफ्नै महत्व छन्। त्यस हिसाबले पनि मकवानपुर गढीको महत्व फरक छ। मकवानपुर गढीमा प्रयोग गरिएका शिलाहरू कति परिश्रमले, कसरी त्यहाँ पुर्‍याइए होलान्, अहिले हेर्दा आश्चर्य लाग्छ। गढीमा प्रयोग गरिएका ढुंगा, इँटालगायतका वस्तुहरूले चीनको ‘ग्रेटवाल’ को झ्ल्को दिन्छ।

यस्तो महत्वपूर्ण गढी संरक्षणका लागि स्थानीय तहबाट केही प्रयास भएका छन्। सात वर्षअघि स्थानीय नागरिक समाजको अग्रसरतामा गठित ‘मकवानपुर गढी पर्यटन विकास समन्वय समिति’ ले वर्षेनि मकवानपुर गढी र शिखरकटेरीमा कार्यक्रम आयोजना गर्दै आएको छ। समितिकै सक्रियतामा शिखरकटेरीमा उद्यान निर्माण भएको छ। यद्यपि, स्थानीय तहबाट गढी संरक्षणका लागि भएका प्रयास सांकेतिक मात्र हुन्। यसको संरक्षणमा सरकार नै लाग्नुपर्छ। यसको लागि सरकारमाथि धान्नै नसक्ने व्ययभार पर्ने पनि होइन। त्यसमाथि, यो लगानीको नभई देशको गौरवको विषय हो।


घेरैले पढेको

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक