हेटौडा, मकवानपुर

पर्यटन

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ सुरुङ र आसपासका क्षेत्रमा स्थानीय सरकारले...

नयाँ गन्तव्यहरु

प्रमुख गन्तव्यहरु

कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)

हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र कौशवाही (चुरे पर्वतको कुसको जङ्गलबाट उत्तर बगेकी) नदीको सङ्गम...

ऐतिहासिक मकवानपुरगढी दरबार ( हेटौंडाबाट १७ कि.मि. पूर्व )

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। परम्परागत तर उन्नत...

शहिद स्मारक (हेटौंडाबाट ४.५ कि.मि. पश्चिम)

राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाका लागि इतिहासको विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्ने सहिदहरको प्रतिक स्वरुप बाह्र जना सहिदका आकृति एउटै २५ टनको शिलामा कुँदेर जनस्तरबाट...

इन्द्रसरोवर ताल (हेटौडाबाट ४० किमि उत्तरतर्फ)

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित एसियामा नै नमूनाको रुपमा रहेको मानव निर्मित ७ किमि लामो जलासय पर्यटकीय दृष्टिले मनमोहक मानिन्छ । मार्खु र कुलेखानीबीचको गहिरो भागमा...

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी...

भुटनदेवी मन्दिर

हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु...

कुष्माण्ड सरोवर (१०८ गौमुखी धारा)

हेटौँडा नगरपालिकाको वडा नं. ९ को पश्चिम र पदमपोखरी गाविसको पूर्वी भागमा रत्नावती, कर्णावती र...

फाईल तस्बिरहरु

एैतिहासिक

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न...

धार्मिक

भुटनदेवी मन्दिर

हेटौँडा नगरपालिकाको मध्य भागमा अवश्थित छ । महाभारतकालीन इतिहास बबोकेको यस मन्दिरमा दैनिम जसो हिन्दु धर्मावलम्बी भक्तजन तथा आन्तरीक यर्यटकहरूको आउने गर्दछ भने हिन्दुहरूको...

पर्यटकिय

सिमभन्ज्याङ (हेटौँडाबाट ५२ कि.मि. उत्तर)

मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरु र दक्षिणतर्फ...

होटेलहरु

महत्वपुर्ण लिङ्कहरु

फोटो ग्यालरी

www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

मन लोभ्याउने मकवानपुरको इन्द्रसरोवर

गर्मी बढेसँगै इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत् आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। पछिल्लो ३ वर्षयता नेपाल विद्युत् प्राधिकरण तथा कुलेखानी आयोजनाले सर्वसाधारणको अवलोकनको लागि यो क्षेत्र खुकुलो बनाएको छ।

मकवानपुरको मार्खुमा निर्माण भएको जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टाको दुरी पर्छ। त्यसैगरी, हेटौंडादेखि करिब डेढ घण्टाको दुरीमा रहेको यो क्षेत्रमा चिसो हावापानी, मनोरम प्राकृतिक दृश्य, पर्याप्त भौतिक सुविधा भएकाले पनि आन्तरिक पर्यटक आउने गरेका छन्।

ताल वरपर रहेका स्थानीय होटल तथा खाजा घरले आन्तरिक पर्यटकको आवश्यकता परिपूर्ति गर्छन्। यहाँ सामान्य खाजा घरदेखि ‘थ्रिस्टार’सम्मका होटल रहेका छन्, जहाँ खाजा, खाना तथा बासको व्यवस्था छ। तालको मनोरम दृश्यसँग रमाउन आउनेको कारण विशेषगरी शुक्रबार र शनिबार ताल वरवर भीड लाग्ने गरेको होटल इन्द्रसरोवर एन्ड लजका सञ्चालक रामप्रसाद प्रधानले बताए। पर्याप्त सवारी पार्किङ व्यवस्था, मनोरञ्जनका लागि बोट (ढुंगा)को सुविधा भएकाले पनि आन्तरिक पर्यटक बढेको स्थानीय रेडियो इन्द्रसरोवरका सञ्चारकर्मी पुष्कर गोले सागरले बताए।

गाइड नभएको कारण घुम्न आउनेलाई समस्या हुने गरेको स्थानीयको भनाइ छ। डुंगा सयर गरेर आनन्द लिन चाहनेका लागि २ दर्जन बढी डुंगाको व्यवस्था गरिएको छ। डुंगा व्यवसायी संघ इन्द्रसरोवरले ढुंगामा चढ्नेको सुरक्षाका लागि ‘लाइफ ज्याकेटको व्यवस्था गरेको छ। सार्वजनिक बिदाको दिन २ हजारको हाराहारीमा पर्यटक आउने गरेको सञ्चारकर्मी सागरले बताए।

छोटो दुरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्ति सरोवर घुम्न आउन लालयित देखिन्छन्। यहाँ पछिल्लो समय डुंगा सयर गर्दै पिकनिकमा रमाउनेको संख्या बढ्दो छ। काठमाडौं तथा हेटौंडाबाट स्कुल र क्याम्पसका विद्यार्थीले यसलाई ‘पिकनिक स्पट’का रूपमा रोज्ने गरेका छन्। अन्य दिनको तुलनामा चाडपर्व वा बिदाका दिन सरोवर घुम्न आउनेको संख्या बढ्ने डुंगा सञ्चालक सुवास तामाङले बताए।प्राकृतिक मनमोहक सुन्दरतासँगै इन्द्रसरोवर ताल झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु पर्यटकका लागि गन्तव्य बन्ने गरेका छन। राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा बनेको ऐतिहासिक दरबार मार्खु बजारको बीचमा रहेको छ।

प्रत्येक वर्षजसो तालमा डुबेर घुम्न आउनेको मृत्यु भएपछि पौडी खेल्न निशेष गरिएको छ। अघिल्लो सातामात्रै काठमाडौंबाट शैक्षिक भ्रमणमा आएका छात्रको मृत्यु भएको थियो। डुंगा सञ्चालकले सुरक्षाका उपायको रुपमा ‘लाइफ ज्याकेट’ लगाएर मात्रै डुंगामा चढाउने गरेका छन्।

काठमाडौं, हेटौंडा तथा अन्य सहरमा सरोवरको माछा चर्चित छ। स्थानीय माछाको स्वाद लिँदै पिकनिक मनाउन हिउँदमा धेरै मानिस आउने गर्छन्। घुम्न आउनेले प्रयोग गर्ने खाजा तथा जंकफुडका कारण जलाशय वरपर, प्रदूषण बढेपछि त्यसलाई समिति बनाएर व्यवस्थित गर्ने तयारीमा रहेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए। जलाशय वा ताल छेउमा होटल तथा रेस्टुरेन्टको संख्या बढ्दै छ। त्यसलाई पनि व्यवस्थित गर्न गाउँपालिकाले योजना बनाएको उनले बताए।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा विद्युत् उत्पादन गर्न उक्त जलाशय निर्माण गरिएको थियो। अहिले जलाशयको पानीबाट ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो आयोजना सञ्चालनमा छन्। साथै १४ मेगावाटको कुलेखानी तेस्रो पनि सञ्चालनको तयारीमा छ। २०३४ (सन् १९७७) सालमा निर्माण सुरु भई २०४३ (सन् १९८६) सालमा दुई आयोजना पूरा भएका थिए। दुवै आयोजना करिब ११ करोड ८० लाख अमेरिकी डलर लागतमा पूरा भएका थिए। पानी जम्मा गर्न १ सय १४ मिटर अग्लो र १० मिटर चौडा रक फिल (ढुंगा र माटो मिश्रित बाँध) ड्याम निर्माण भएको छ। ७ किलोमिटर लामो र करिब २ किलोमिटर चौडा जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी सञ्चित हुन्छ। यसमध्ये ७ करोड ३३ लाख घनमिटर पानीमात्र विद्युत् उत्पादन गर्न प्रयोग गर्न मिल्छ। जलाशयमा १५ सय ३० मिटरसम्म पानी भण्डारण गर्न सकिन्छ।

इन्द्रसरोवर जलाशय माछाका लागि प्रसिद्ध छ। प्राकृतिक मनमोहक सुन्दरतासँगै इन्द्रसरोवर ताल झरना ऐतिहासिक मन्दिर राणाकालीन दरबारहरु पर्यटकका लागि गन्तव्य बन्ने गरेका छन। राणा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा बनेको ऐतिहासिक दरबार मार्खु बजारको बीचमा रहेको छ।

विगतमा घोडामा राजा र राणाहरु चित्लाङको बाटो भएर तराई आउँदाजाँदा बस्नको लागि दरवार प्रयोग गर्थे। अहिले दरवारलाई विद्युत् प्राधिकरणले ‘पाहुना गृह’ को रूपमा उपयोग गरिरहेको छ। मार्खुको झोलुंगे पुल तरेर ४५ मिनेटको पैदल यात्रा गरेपछि एउटा आकर्षक झरनामा पुगिन्छ। सदावहार झरिरहने यो झरना ४० मिटर लामो रहेको छ।

आजभोलि काठमाडौंबाट चन्द्रागिरि जाने केही पर्यटक चित्लाङ गाउँको होमस्टेमा रात बिताएर भोलिपल्ट इन्द्रसरोवर पुग्ने गरेका छन्। घुमघामको अवधि लम्वाउन चाहनेहरुले चित्लाङबाट कुन्छाल गाउँको गोपाली गाउँ समेत घुमेर अर्को दिन सरोवर तालमा पुग्दछन।

अहिले ‘हाइकिङ’ अर्थात् पैदलयात्राका लागि पनि यस ठाउँमा पुग्ने संख्या बढ्न थालेको छ। सहरी क्षेत्रमा बसोबास गर्नेका लागि बिदाको दिन घुमघाम गर्न यो ठाउँ उपयुक्त विकल्प बनेको छ।

कुलेखानी दोस्रो र तेस्रो हुँदै बचत रहेको पानी प्रशोधन गरेर हेटौंडाबासीलाई पिउने पानीको रुपमा विस्तार गर्ने पहलसमेत भइरहेको छ।

नेपाल न्युजका लागि सरिता दाहालले लेखेको समाचार हामिले साभार गरेका हौं ।

घेरैले पढेको

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक