यो मन्दिर हेटौँडाको निकट उत्तर–पूर्वी डाँडामा अवस्थित छ, जहाँबाट हेटौँडा नगरको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यो मन्दिरलाई गोरखा मनकामनाको बहिनीका रूपमा लिइन्छ र हिन्दुहरूको पवित्र मन्दिर रहिआएको छ । यहाँ प्रत्येक बिहान प्रभातफेरी गर्दै दर्शनार्थीहरूको घुइँचो पुग्ने गर्दछ ।
मकवानपुर गढी गाविस ९ र हेटौँडा नगरपालिका ५ सीमाना नजिकै उच्च भागमा रहेको मनकामना मन्दिर वि.सं. २०१६ सालमा स्थापनाम गरेको पाईन्छ । हेटौँडाको मुख्य बजार क्षेत्रबाट १ घण्टाको पैदल यात्रामा पुगिने उक्त धार्मिक एव. पर्यटकीय क्षेत्रमा जिल्ला भित्र तथा जिल्ला बाहिरका भक्तजन र पर्यटकहरूको भीड लाग्ने गर्दछ ।