तामाङ जातिको सर्वाधिक बाहुल्यता रहेको यो जिल्ला च्योबाङ अर्थात् चेपाङ (प्रजा) जातिको विशेष वासस्थान रहेको छ भने यस जिल्लाको हाँडिखोला गाविसमा बसोवास गर्दै आएका अति पिछडिएको देशकै एकमात्र वनकरिया जातिको बसोवासक्षेत्र र तिनीहरूको सांस्कृतिक, मौलिक पहिचानको लागि पनि प्रसिद्ध छ । त्यसैगरी अल्पसङ्ख्यक दनुवार, माझी, पहरी, थामी आदि जनजातिको पनि बसोबास रहेको छ । डाँडाखर्क गाविसको बैकुण्ठमा तामाङ जातिद्वारा नाचिने घाटु नृत्य, पालुङ उपत्यकामा नेवार समुदायको बाह्र वर्षे नृत्य र इन्द्रायणी नृत्य अत्यन्त लोकप्रिय मानिन्छन् । जिल्लाको पूर्वी क्षेत्र फापरबारी गाविसको झुरझुरेमा दनुवार राजाको दरवार थियो भनिन्छ । त्यसैगरी फापरवारी–७ को गोल्मी डाँडामा गोल्मे राजाको दरवार भएको र बेतीनीमा पनि दरवारको अवशेषहरू पाइएको स्थानीयवासी बताउँछन् ।
शिर्षकहरु
- English
- Historical
- Pilgrims
- Tourism
- Travelling
- आकर्षक स्थलहरु
- ईन्द्रसरोवर गाउँपालिका
- एैतिहासिक
- एैतिहासिक, धार्मिक, पर्यटकिय
- गढी गाउँपालिका
- गन्तव्यहरु
- तत्कालिन गाविस क्षेत्र
- तस्बिर
- थाहा नगरपालिका
- धार्मिक
- नयाँ गन्तव्यहरु
- नयाँ तस्बिर
- पर्यटकिय
- पर्यटकिय केन्द्रहरु
- पुरानो तस्बिर
- प्रमुख गन्तव्यहरु
- प्रमुख पर्व, जात्रा तथा मेलाहरु
- फोटो ग्यालरी
- बागमती गाउँपालिका
- भीमफेदी गाउँपालिका
- मकवानपुर
- महत्वपुर्ण लिङ्कहरु
- राक्सिराङ गाउँपालिका
- समाचार
- हेटौँडा उपमहानगरपालिका
- हेटौंडा, मकवानपुर
- होटल
More
धेरैले पढेको शिर्षक