www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

हेटौंडाका गौरवका योजनाः भ्यूटावर, साईक्लिङ्ग ट्रयाक, चक्रपथ निर्माण

जनपत्र अनलाईन पोर्टलवाट

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आउँदो आर्थिक बर्ष २०७६–७७ मा बिभीन्न महत्वपूर्ण काम गर्ने योजना अगाडी सारेको छ । पाँचौ नगरसभाबाट महत्वपूर्ण योजना अगाडी सार्दै काम गर्ने योजना बनाएको हो । नगर क्षेत्रको यातायात व्यवस्थापनलाई सुरक्षित, भरपर्दो एवम् प्रभावकारी बनाउन व्यवस्थित बस टर्मिनल भवन निर्माण कार्यको थालनी गरिने योजना बनाएको छ । त्यस्तै स्थानीय पर्यटनको प्रवद्र्धनमार्फत नगरको आर्थिक समृद्धिमा टेवा पुर्याउन आगामी आर्थिक वर्षमा हेटौंडाको मुख्य बजार क्षेत्रमा आधुनिक सुविधायुक्त संरचनासहितको भ्यू टावर निर्माण कार्यको प्रारम्भ गरिने हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

साईक्लिङ्ग ट्रयाक निर्माण

उपमहानगरपालिकाभित्र साईकल यात्रीहरुलाई सुरक्षित आवागमनको लागि साईक्लिङ्ग ट्रयाक निर्माण आगामी आर्थिक वर्षमा निरन्तरता दिइनेछ । हेटौंडामा पछील्लो समयमा साइकल यात्रीहरु ब्ड्दै गएकाले साइकल चलाउनका लागि ट्रयाक निर्माण गर्न लागिएको हो प्रमुख महतले बताउनुभयो । उपमहानगरपालिकाबाट सञ्चालन गरिने विकास निर्माणसम्बन्धि योजनाहरुमा प्रयोग हुने निर्माण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न आधुनिक प्रविधिमैत्री ल्याब टेष्ट स्थापना गरी सञ्चालनमा ल्याइने उपमहानगरपालिकाको योजना छ ।

बस पार्कलाई थप व्यवस्थित गरीने

भरपर्दो र सुरक्षित यातायात सञ्चालन गर्न हेटौडा १० मा सञ्चालनमा रहेको बस पार्कलाई थप व्यवस्थित गरी हेटौडा बजारबाट नगरको पूर्वी क्षेत्र जाने सवारीसाधनका निम्ति उपयुक्त स्थानमा बसपार्क निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य प्रारम्भ गरिने तयारी रहेको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा नगरपालिका स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव समारोह भव्य, सभ्य र उल्लासपूर्णरुपमा मनाइने गरी बजेट पनि छुट्याइएको छ ।

चालु आर्थिक वर्षबाट निर्माण प्रारम्भ भएको कर्रा करीडोर निर्माण आयोजनालाई विस्तृत परियोजना प्रस्ताव तयार गरी आगामी वर्ष पनि निरन्तरता दिईने तयारी रहेको प्रमुख महतले बताउनुभयो । उपमहानगरपालिकाको टीसीएन क्षेत्रमा रहेको जग्गामा नगरपालिका भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाईने भएको छ ।

हेटौंडामा चक्रपथ निर्माणको तयारी

नगरवासीको आर्थिक तथा सामाजिक रुपान्तरणको आधारको रुपमा रहेको हर्नामाडी, हटिया, चुरियामाई हुँदै पदमपोखरी जोड्ने ६३ किलोमिटर लामो चक्रपथको स्तरीकरण गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन सङघीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी निर्माण कार्य प्रारम्भ गरिने भएको छ । यो चक्रपथका कारण नगरका सबै नागरिकलाई फाईदा पुग्ने उहाँले बताउनुभयो ।

सङ्घीय तथा प्रादेशिक सरकारसंगको समन्वय र सहकार्यमा नगर क्षेत्रको भूमिलाई व्यवस्थित गरी अनियन्त्रित र अव्यवस्थित सहरीकरणलाई रोक्न भू(उपयोग नीति, नगर यातायात गुरुयोजना, योजना तथा भवन निर्माण मापदण्ड एवम् कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरिने तयारी छ । नगरक्षेत्रभित्र रहेका ऐलानी तथा पर्ती जग्गा एवम् सार्वजनिक जग्गा र सम्पदाहरुको संरक्षण गरी त्यस्ता जग्गा एवम् सम्पदाहरुको अभिलेखलाई व्यवस्थित बनाइने भएको छ ।

हेटौडा १६ स्थित चिसापानी क्षेत्रमा एकीकृत जग्गा विकाससम्बन्धी कार्यक्रम

हेटौडा १६ स्थित चिसापानी क्षेत्रमा एकीकृत जग्गा विकाससम्बन्धी कार्यक्रम आगामी आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने गरी सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ । साथै अन्य वडाहरुमा संभाव्यता अध्ययन गरी कार्य प्ररम्भ गरिनेछ । आधुनिक सभ्यताको मानक नै सुविधायुक्त र व्यवस्थित सहर भएको तथा विकासको यथार्थ स्वरुप सहरी पूर्वाधारबाटै प्रतिविम्बित हुने यथार्थतालाई बोध गर्दै यो कार्यक्रम ल्याउन लागिएको हो ।

भूकम्प पीडितको बस्ति स्थान्तरण गरिने

हेटौंडा १५ चिप्लेटी बाँसघारी क्षेत्रमा विगतमा गएको विनाशकारी भूकम्पबाट भूमी चिराचिरा परी पानीको मुहान सुकी वसोवासयोग्य नरहेको र अन्य प्रदेश हुदै उक्त क्षेत्रमा जानु पर्ने समस्यालाई मध्येनजर गरी उक्त क्षेत्रका वासिन्दाहरुलाई प्रदेश सरकारको सहयोगमा नगरको उपयुक्त स्थानमा वस्ती स्थानान्तरण गरिने हेटौंडा उपमहाँनगरपालिकाका उपप्रमुख मिना कुमारी लामाले बताउनुभयो ।

जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न आगामी वर्षभित्रै नगरक्षेत्र भित्र सञ्चालनमा रहेका जीर्ण काठेपुलहरुको विस्थापन गर्ने कार्य सम्पन्न गरिनेछ । यसैगरी साविकमा नगर विकास समितबाट थालनी गरिएका जग्गा विकास सम्बन्धी परियोजनाहरुको अधुरा पूर्वाधार निर्माणका कामहरुलाई क्रमशः कार्यान्वयन गरिने तयारी रहेको उहाँले बताउनुभयो । साविकमा विभिन्न वडाहरुमा सुरु गरिएका भूमिगत सिंचाई सम्बन्धी आयोजनाहरुको बाँकी पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइनेछ ।

नगरभित्रका सार्वजनिक हुना बाँकी रहेका सडकहरुमा परेका जग्गाहरुलाई सार्वजनिक गर्ने कार्यलाई आगामी आर्थिक वर्षमासमेत निरन्तरता दिइने उपप्रमुख लामाले बताउनुभयो । सङ्घीय सरकारको सहकार्य र समन्वयमा गौरीटार रंगशालाको थप पूर्वाधार निर्माणका लागि पहल गरिने बताइएको छ ।

घेरैले पढेको

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक