www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

आकर्षक पर्यटकीय गन्तव्य बन्दै जुरेथुम

मकवानपुरको हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हेटौंडा उपमहानगरको प्राय सबै क्षेत्रको अवलोकन गर्न सकिने जुरेथुममा पर्यटन विकासको लागि करिब ७ वर्षअघिदेखि हटिया जुरेथुम पर्यटकीय क्षेत्र विकास समिति लागिपरेको छ ।

स्थानीय निकाय र समुदायको सहयोगमा विभिन्न संरचना निर्माणाधीन अवस्थामा छन् । हटिया चोकबाट उकालो कच्ची बाटोको यात्रा गरेर केही मिनेट खुड्किलामा पैदल यात्रा गरेपछि जुरेथुम पर्यटकीय क्षेत्र सुरु हुन्छ । पिकनिक आउनेहरुलाई मध्यनजर गर्दै २ वटा पिकनिक सेड निर्माण गरिनुका साथै खानेपानीको धारा, शौचालयलगायत निर्माण गरिएको छ । पिकनिक सेडकै माथिपट्टी शिवको मन्दिर छ । सोही मन्दिरको पूर्वीभागमा विवाहस्थल पनि निर्माण गर्ने गुरुयोजनामा छ । ४० बिगाहा क्षेत्रफलमा फैलिएको सो क्षेत्रभित्र ठाउ“ठाउ“मा विश्रामस्थल पनि बनाइएको छ । जहा“ प्रेम गर्ने नव जोडीलगायत अन्य घुम्न आउनेहरु सुस्ताइरहेको भेटिन्छन् ।

जुरेथुमको अर्को आकर्षक पक्ष भनेको भगवान कृष्णको पूर्ण कदको मूर्ति हो । करिब तीन वर्षअघि देखिबाट निर्माण सुरु भएको ४२ फिट अग्लो कृष्णको मूर्ति नेपालकै सबैभन्दा ठूलो मूर्ति भएको निर्माणपक्षको दाबी छ । निर्माणको काम थालेको करिब तीन वर्ष भयो । १२ लाख ५६ हजार रुपिया“को ठेक्कामा निजगढका रामप्रसाद तिमल्सिनाले मूर्ति तयार गर्दैछन् । मूर्ति निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दि“दै पर्यटक क्षेत्रका अध्यक्ष रमेश पौडेलले मूर्ति निर्माणमा कुल १५ लाख खर्च हुने बताए ।

कृष्ण मन्दिरको अघिल्तिर अग्लो त्रिशुलको फेदमा नागको आकर्षक मूर्ति बनाइएको छ । सोही स्थानमा शिवालय निर्माण गर्ने समितिको योजना छ । कृष्ण मूर्ति रहेको ठाउ“बाट करिब २० मिटर माथिबाट चारैतिरको दृश्य नियाल्न सकिन्छ । सोही स्थानमा ६० फिट अग्लो भ्यु टावर निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने समितिको योजना छ । भ्यु टावरबाट पूर्वमा हर्नामाडी फा“ट, उत्तरमा हटिया र मकवानपुर गढी, पश्चिममा हेटौंडा बजारका सबै वडा र दक्षिणमा बाराको निजगढ र पर्साको वीरगञ्जसमेत देख्न सकिने समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

चुरेकालिका सामुदायिक वनको जग्गामा रहेको जुरेथुमलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न २०६७ सालदेखि युवाहरु सक्रिय रुपमा लागेका हुन् । सामुदायिक वनले पर्यटकीय पूर्वाधार निर्माण र संरक्षणको जिम्मामा ४० बिगाहा जग्गा छुट्याएको छ । मन्दिर नजिकै सभाहल, गार्डेन, र माथि डा“डासम्म पुग्ने सि“ढी र रेलिङ निर्माणको लागि गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयले २४ लाख रुपिया“ बिनियोजन गरेको थियो । सो रकमबाट सि“ढी निर्माण तथा रेलिङको काम सकिएको अध्यक्ष पौडेलले जानकारी दिए । पर्यटन मन्त्रालयबाट आएका गेट, पिकनिक सेड, शौचालय लगायतको

संरचनासमेत निर्माण गरिएको अध्यक्ष पौडेलले सुनाए ।

संरचना निर्माणाधीन भएकाले समितिले प्रचारप्रसार गरेको छैन । तैपनि सिजनको बेला यस क्षेत्रमा क्षेत्रमा पिकनिकको लागि हप्तामा ४ देखि ७ वटा समूहसमेत पुग्छन् भने घुमफिर, फोटो सेसन अनि रमणीय दृश्य अवलोकनका लागि दैनिक आन्तरिक पर्यटकको चहलपहल हुन्छ । हाल आन्तरिक तथा बाह्य पर्यटक अनि पिकनिक जानेको लागि समितिले कुनै पनि शुल्क उठाएको छैन । स्थानीय रामप्रसाद न्यौपानको भनाइमा पर्यटकीय गन्तव्य बनाउन प्रचार प्रसार, खाने बस्ने व्यवस्था आबश्यक छ । त्यस विषयमा समितिले ध्यान दिए यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने न्यौपानेको दाबी छ ।

घेरैले पढेको

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक

Previous article
Next article