www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

हात्तीसार

त्रिभुवन राजपथको निर्माणपूर्व उपत्यका र तराई जोड्ने मूल नाकाको रूपमा ख्याती कमाएको व्यापारिक केन्द्र भीमफेदी तत्कालीन समयमा जङ्गल सवारीको प्रयोगमा ल्याइने हात्तीहरू सुरक्षित राख्न निर्माण गरिएको हात्तीसार र हात्तीचढी सम्बन्धी अन्य सामाग्रीहरू आज इतिहास प्रतिविम्बित हुने सङ्ग्रहालय बन्न गएको छ । तत्कालीन बेलायतकी महारानी लगायत विशिष्ट पाहुनाहरूको स्वागत, सत्कार र सवारीमा प्रयोग गरिने विभिन्न दर्जाका हौदाहरू अवलोकनीय छन् ।

यस्तो छ ऐतिहासिक महत्व

तत्कालिन बेलायती महारानी एलिजावेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले यस ठाउँमा शिकार खेलेको इतिहास छ । संग्रहालयमा बेलायती महारानी एलिजावेथ र जंगबहादुर राणालगायत राणा परिवारले प्रयोग गरेका हौदाहरु छन् । महारानी एलिजावेथले प्रयोग गरेका ४ वटा शिकारी हौदा र जंगबहादुरले प्रयोग गरेका पिँजडा हौदासहित हात्तीसार भवनभित्र ४२ वटा हौदाहरु रहेका छन् ।

हौदामा शिकार खेल्ने व्यक्तिले हात्तीमा राखेर प्रयोग गर्ने शिकारी हौदा, शिकारीको संरक्षणमा जाने भारदारी र खानपानको व्यवस्था गर्नेहरु बस्ने सुसारे हौदा रहेको छ । पूर्वराजपरिवारका सदस्यहरू चितवन, कोसी, शुक्लाफाँट र बर्दिया राष्ट्रिय निकुञ्जमा यहीँबाट हौदा लिएर श्किार खेल्न जाने गरेको स्थानीयको भनाइ छ ।

हात्तीसारमात्रै नभई त्यतिबेला तराईबाट काठमाडौं पुग्ने मुख्य बाटोसमेत यही थियो । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि भीमफेदी तराई जोड्ने सेतुको रुपमा परिचित थियो । राणाकालमा बेलायती राजा रानीलगायत विदेशी पाहुना हात्तीमा बसेर शिकार खेल्नको निम्ति पनि भीमफेदी नै आउँथे । विगतमा पैदल यात्रुहरुको निम्ति बास बस्न बनाइएका पाटीपौवा र नीजि भवनहरु अहिले जीर्ण छन् । हात्तीसारलाई पर्यटकीयस्थलमा परिणत गर्न तत्कालिन सांसद हिरण्यलाल श्रेष्ठले २०५९ जेठमा आधा दर्जन एक्युरियम राखेर आकर्षक बनाएका थिए । संरक्षणमा निरन्तरता नभएका कारण एक्युरियममा माकुराको जालो लागेको छ ।

घेरैले पढेको

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक