www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

सिमभन्ज्याङ (हेटौँडाबाट ५२ कि.मि. उत्तर)

मकवानपुर जिल्लाको २५८४ मिटर उचाईमा अवस्थित महाभारत पर्वत श्रृंखलाको दोस्रो उच्च शिखर सिमभन्ज्याङ हो । यस क्षेत्रबाट विश्वको उच्च आठ प्रमुख हिमशिखरहरु र दक्षिणतर्फ होचा पहाडका मनोरम तरेली र समथल भू(भाग दृश्यावलोकन गर्न सकिन्छ । हिम वर्षाको रमणीय दृश्य, दुर्लभ वनस्पति, जैविक विविधताको खानी, पर्बतीय सितोष्ण वातावरणमा पाईने बाक्लो जङ्गल, चिसो शान्त हावापानी, विविध किसिमका सुनगाभा र रातो लालिगुरास फुलेको रमणीय दृश्य मनमोहक रहेका छन् ।

महाभारत पर्वत शृङ्खलाको सम्भवतः दोस्रो उच्च शिखर सिमभन्ज्याङ मकवानपुर जिल्लाको सर्वोच्च स्थान हो । यहाँ हिउँदमा हिमवर्षाको रमणीय दृश्य छाउँदा हिउँमा खेल्न आउनेको सङ्ख्या अत्यधिक रहन्छ । चैत्र वैशाखको उखरमाउलो गर्मीमा पनि यहाँ न्यानो कपडा जरुरी पर्दछ । प्रकृतिक शीत भण्डारको रूपमा यस क्षेत्रलाई लिन सकिन्छ । यस उच्च भूभागबाट तल हेर्दा लाग्छ हामी बादल माथिको गाउँमा छौँ । तलबाट हुस्सो उड्दै आएर गम्ल्याङ अँगालो हाल्दा स्वर्गीय अनुभूत हुन्छ । यहाँको थप आकर्षणको रुपमा मैत्री बगैँचा र यहाँ निर्मित मानव अधिकार स्तम्भ हुन् ।

घेरैले पढेको

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक