www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

प्रमुख जात्रा तथा मेलाहरु

मकवानपुर जिल्ला विभिन्न जात्रा तथा मेलाको लागि पनि प्रसिद्ध मानिन्छ । ऋषेश्वर महादेवस्थान दामनमा लाग्ने ऋषेश्वर जात्रा, वज्रवाराहीमा मनाइने बाराही जात्रा, चित्लाङ गाविसमा ५०० वर्षदेखि मनाउँदै आएको कार्तिक नाच, भैँसेखानीमा मनाइने स्यार्से कालिकाको जात्रा, पालुङमा मनाइने इन्द्रायणी माईको जात्रा, चुरियामाई गाविसको चुरियामाई, भीमफेदीमा मनाइने भीमसेन जात्रा, भैँसेको त्रिखण्डी जात्रा तथा हेटौँडामा मनाइने कृष्ण जात्रालाई व्यापक जनसमूह भेला हुने जात्राहरूका रूपमा लिइन्छ ।

सिस्नेरीको नारायण मन्दिर, मकवानपुर गढीको वंशगोपाल, भैंसेको त्रिखण्डी मन्दिर, नवलपुरको पुण्यक्षेत्र र हटियाको राजदेवी मन्दिर आदिमा पनि ठूलो मेला र जात्रा लाग्दछन् । यसैगरी पालुङ र वज्रवाराही क्षेत्रमा देखाइने बाह्र बर्षे नाच, राजारानी नाच तथा तीन बर्षे मेलाहरू अति भव्यताका साथ मनाइन्छ । यी मेला तथा जात्राहरुमा विभिन्न जिल्ला तथा मित्र राष्ट्र भारतदेखिका तीर्थालुहरू आउने गर्दछन् ।

घेरैले पढेको

हेटौंडा उपमहानगरपालिका – एक परिचय

१.१ भूमिकाशक्तिस्वरुपिणी माता भुटनदेवी र महाभारतकालिन इतिहासका पात्र “हेडम्बा”...

Puspalal Park

Puspalal Park, one of the pleasant sites to visit,...

मकवानपुर जिल्ला – एक परिचय

१. पृष्ठभूमि:देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण...

The first Tunnel of the Country

The tunnel, 9-kilometer away form Hetauda City, was constructed...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक