www.hetaudaonline.com.np the first internet website dedicated to the people of Hetauda.

प्रथम सहिद लखन थापाको स्मृतिमा बाटिका निर्माण हुने

हेटौंडा। नेपालका प्रथम सहिद लखन थापाको स्मृतिमा मकवानपुरमा बाटिका निर्माण गर्न लागिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, सिग्रेनीमा रहेको परिवर्तन सामुदायिक वन क्षेत्रमा बाटिका निर्माण गर्न लागिएको हो । सरकारले २०७३ सालमा लखन थापालाई नेपालको पहिलो सहिद घोषणा गरेको थियो । उहाँको सम्मानमा नेपाल मगर संघले लखन बाटिका निर्माणको अभियान सुरु गरेको मगर संघ मकवानपुरका पूर्व अध्यक्ष तथा बाटिका निर्माण अभियानका संयोजक विश्व आलेले जानकारी दिनुभयो ।

बाटिका निर्माणका लागि पर्सा राष्ट्रिय निकुञ्ज र परिवर्तन सामुदायिक वन उपभोक्ता समूहले १ दशमलव १२ हेक्टर जग्गा हस्तान्तरण गरेको छ । निकुञ्ज र सामुदायिक वनले ४ वर्ष अगाडि नै जग्गा हस्तान्तरण गरेको भए पनि आवश्यक पूर्वाधारको काम गर्न नसक्दा काम अगाडि बढ्न नसकेको आलेले बताउनुभयो । अहिले पार्क निर्माणका लागि प्राप्त जग्गामा तारबार गरी विभिन्न जातका ५ सय बिरुवा लगाउने काम सम्पन्न भएको छ । हेटौंडा बजारबाट पदमपोखरी, सिग्रेनी, मनहरी गाउँपालिका ओहारदोहोर गर्ने बाटो नजिक पर्ने हुनाले सो क्षेत्र बाटिका निर्माणका लागि अत्यन्तै उपयुक्त रहेको स्थानीयले बताएका छन् ।

साझा सन्देश अनलाईन न्यूज पोर्टलवाट

घेरैले पढेको

चुरीयामाइमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा पर्ने चुरीयामाइ...

Drive To Bandipur | Historic Place | Friends & Family

https://www.youtube.com/watch?v=csLrEwZ6kcI

Khalte to Kathmandu | Highway Ride with HASO

https://www.youtube.com/watch?v=vyKrROyESco

Khalte, Sindhuli to Hetauda | BP Highway | Mahendra Highway

https://www.youtube.com/watch?v=3zzzDcy2RyM

Trikhandi Ride | Chau-Chau Pizza

https://www.youtube.com/watch?v=tNvVh5CToR4

सहिद स्मारक एक परिचय

सहिद शब्द नै गरिमामय छ । मानव इतिहास भनेकै...

सम्वन्धित समाचार

धेरैले पढेको शिर्षक