राजधानीलाई तराई जोड्ने सेतुको रुपमा त्रिभुवन राजपथको सर्वाधिक उचाइमा रहेको सिमभन्ज्याङमा अवस्थित दामन भ्यु टावरले नेपालकै पहिलो दृश्यावलोकन टावरको कीर्तिमान कायम गरेको छ । भ्युटावरमा रिसोर्ट पनि सञ्चालनमा छ । यस टावरबाट पालुङ, दामन, वज्रवाराही र चित्लाङको फाँटमा फलेको ताजा तरकारीको हरियो फाँट, पूर्वमा सर्वोच्च शिखर सगरमाथा, पश्चिममा अन्नपूर्ण तथा धौलागिरि लगायत नेपालका उच्च ८ हिमशृङ्खलाहरुको सहज दृश्यावलोकन गर्न सकिन्छ । यो ज्ष्िि त्यउ ब्चभब हो । अत्याधिक गर्मीको बेला, तनावको बेला र बिदा मनाउन चिसो शान्त वातावरणको आनन्द लिन मानिसहरू यहाँ आउने गर्दछन् । यहाँ स्थापित सुविधायुक्त भ्युटावर र पानोरमा रिसोर्ट लगायतका होटल तथा लजहरूले दशकौँदेखि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सेवा पु¥याउँदै आइरहेका छन् ।
